Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र
हवाई टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र
नेपालकागज
नेपालकागज शनिबार, असोज १५, २०७९

खजुरा । दसैँमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उहाँका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा हुनुहुन्छ । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौँमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो सुनाउँछन् ।
 
अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाजका लागि उहाँहरू निराश अवस्थामा विमानस्थल परिसरमा भेटिनुभयो । बिहीबार नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गरे । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।
 
समिट एयरका कर्मचारीले आइतबार उडान गर्ने समयतालिका रहे पनि टिकट दिन नमान्ने ती कर्मचारीले भन्दै थिए, “हामी यहाँ बसेर सेवा दिइरहेकालाई पेल्ने तर, यतिबेला एउटा पनि विमान यहाँ नराखेर लुक्लातिर गएका कम्पनीहरूलाई केही नभन्ने ?”

हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो पोख्नुभयो । उहाँले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोखिएको बताउनुभयो । अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ । निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ ।
 
यस्तो अवस्थामा पनि नेपालगञ्ज विमानस्थलमा हेल्प डेस्कको व्यवस्था छैन कति यात्रुहरू कहाँका लागि टिकट पर्खिरहेका छन् भन्ने रेकर्ड न विमान कम्पनीसँग छ न विमानस्थल प्रशासनसँग । कर्णालीवासी सर्वसाधारण भने दसैँको मुखमा घरको याद मनमा बोकेर भौतारिइरहेका छन् । चुनराज शाहीले भन्नुभयो, “चुनावका बेला जबरजस्ती बोलाएर टिकट दिएर विमानमा उडाएर लैजाने नेताहरू अहिले कता छन् थाहा छैन ।”

तारा एयरका तीन वटा जहाजमध्ये एक वटा कर्णालीका लागि र दुई वटा अहिले पूर्वतिर उडान भर्ने गरिएको तारा एयरका नेपालगञ्ज स्टेशन म्यानेजर दिलीप कार्कीले बताउनुभयो । उहाँका अनुसार हामीले एक जहाजमार्फत तालिका अनुसार हप्ताको दुई–तीन दिन कर्णालीका लागि उडान गरेका छौँ । उहाँले भन्नुभयो, “अस्तीसम्म यात्रु नै थिएनन् अहिले दसैँ मनाउन विशेष गरी विद्यार्थीहरू मात्रै बढी भएर एकैपटक भीड भएको हो, पालोअनुसार विस्तारै उडाइरहेका छाँै ।” दसैँसम्म सबै यात्रु आफ्नो घर पुग्ने उहाँ विश्वस्त हुनुहुन्छ ।
 
वर्षमा दुई महिना सेप्टेम्बर र अक्टुबर पर्यटक आउने सिजन भएकाले घाटामा हुने गरेको एयरलाइन्सलाई पनि आम्दानी गर्न मुख्य स्रोतको आवश्यकता पर्ने भएकाले पहिलो प्राथमिकता पर्यटकलाई आकषर्ण गरिएको उहाँले बताउनुभयो । स्टेशन म्यानेजर कार्कीका अनुसार अहिले दुई जहाज पूर्व लुक्लातिर पठाएको छ । “हामीसँग चार वटा जहाज थियो एक वटा जहाज जोमसोममा करयाप्स भएपछि तीन वटाले धानेका छौँ”, उहाँले भन्नुभयो ।
 
कर्णालीका जिल्लाका लागि अहिले नेपाल एयरलाइन्स, समिट र ताराले हवाई उडान गर्दै आएका छन् । यसमा नेपाल एयरको जहाज बिग्रिएर उडेको छैन भने अहिले दुई वटा कम्पनीले मात्र उडान गरिरहेका छन् । 


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्