Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • कञ्चनपुरका वडा–वडामा लागुऔषध सचेतना कार्यक्रम 
कञ्चनपुरका वडा–वडामा लागुऔषध सचेतना कार्यक्रम 
नेपालकागज
नेपालकागज शुक्रबार, असोज ७, २०७९

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हालेका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले कञ्चनपुरमा लागुपदार्थ खैरो हिरोइनले जरा गाडेको विषय उजागर गर्नुभयो ।
उहाँले जिल्लाभर प्रहरी सक्रिय गराएर झण्डै डेढ सयलाई कानुनी कारवाहीका दायरामा समेत ल्याउनुभयो । कञ्चनपुर भारतका चार जिल्लासित सीमा जोडिएको जिल्ला पनि हो । खैरो हिरोइनले युवापुस्ता कुलतमा फसिसकेको विषय प्रहरी सक्रियतापछि बाहिर आयो । 
    
पछिल्लो समय समाजको ‘क्यान्सर’ नै लागुऔषध भएको जनाउँदै जिल्लामा सक्रियता बढाएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले लागुऔषध नियन्त्रणमा सक्रिय हुनुहुन्छ । लागुऔषध नियन्त्रणका साथै कारबाही र समाजमा लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिरहेका उहाँले अचेल यहाँका वडा तहसम्म पुगेर कक्षा लिइरहनुभएको छ ।

वडास्तरसम्म सचेतना कक्षा सञ्चालन गरिरहेका प्रउ चौधरीले सामुदायिक प्रहरीमार्फत पनि स्कूल र समुदायस्तरमा लागुऔषधबाट बच्न र न्यूनीकरणका लागि सक्रिय बनाएका छन् । “सामाजिक सञ्जाल दुरुपयोग, अभिभावक सन्ततिप्रति गम्भीर नदेखिहुन, पारिवारिक कलह र लागुऔषध पाउने बजार नजिक हुँदा कञ्चनपुर लागुऔषधको नराम्रो फन्दामा छ ।” उहाँले भन्नुभयो, “ लागुऔषधमा प्रहरी र नागरिक एवं सरोकारवालबीच सहकार्य हुनु आवश्यक छ ।”

उहाँले कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीमध्ये ४५ प्रतिशत लागुऔषध मुद्दाका अभियुक्त र दोषी रहेको जानकारी दिनुभयो । “तीन वर्षअघिसम्म यहाँ लागुऔषधका ५५ मुद्दा रहे पनि अहिले एक सय ४३ मुद्दा चलिरहेका छन् ।” उहाँले भन्नुभयो, “मुद्दाको रेकर्डले पनि यसको भयाभहको अवस्था देखाउँछ ।”
    
कारागारका रहेका चार सय २६ कैदीबन्दीमध्ये एक सय ५६ लागुऔषधसम्बकन्धी मुद्दाका रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी मातहतका मुद्दा चल्ने युनिटमा पनि लागुऔषध मुद्दाकै चाप बढी छ । “लागुऔषधको लत र कारोबारमा १८ देखि ३० वर्षभित्रका युवा÷युवती छन् ।” प्रउचौधरीले भन्नुभयो, “युवा शक्ति नै दुव्र्यसनको सिकार बन्दै सहायक अपराध पनि बढ्छन् ।”
उहाँले लागुऔषधकै लतमा परेको व्यक्तिले चोरी, लुटपाट, बलात्कारदेखि हत्या हिंसाजस्ता सामाजिक अपराधमा केन्द्रित हुने गरेको बताउनुभयो । “भारतीय बजारमा लागुऔषध खरिद गरेर भारतीय नै नेपालको सिमानासम्म पु¥याइदिने गरेको तथ्य छ ।” उहाँले भन्नुभयो, “कतिपय बेला भारतीय लागुऔषध नेपालमै ल्याएर किनबेच गरिरहेको बेला पक्राउ परेको स्थिति पनि छ ।”

भारतका चार जिल्ला कञ्चनपुरको सिमानासम्म जोडिने भएकाले प्रहरीलाई समन्वय गर्न पनि समस्या रहेको छ । “लागुऔषधसित अन्य पाँच÷छ वटा अपराधसमेत जोडिएका छन् ।” उहाँले भन्नुभयो, “यसको ओसारपसार र सेवन न्यूनीकरण प्रहरी सक्रियताले मात्रै सम्भव छैन ।” अभिभावले प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्ने काम हो भन्दै सोचेर बसेर मात्रै नहुने प्रहरीको भनाइ छ ।

“खैरो हिरोइन यहाँ उत्पादन नभए पनि यसको माग र पैठारी रोक्ने विषयमा हामी गम्भीर भएर लागेका छौँ ।” उहाँले भन्नुभयो, “सोहीअनुसार ओसारपसारमा संलग्न र सेवनकर्ता धमाधम पक्राउ परिरहेका पनि छन् ।” युवालाई लागुऔषधको लतमा पस्न नदिन व्यायम, साधना र सङ्गीततर्फ लगाउन अभिभावकले जोड दिनुपर्ने चौधरीको भनाइ छ ।

“सवारी दुर्घटना पनि लागुऔषध र मादकपदार्थ सेवनकै कारण बढी हुने गरेको देखिन्छ ।” उहाँले भन्नुभयो, “समृद्ध समाज बनाउन सडकलगायतका पूर्वाधार बनाएर मात्रै हुँदैन, युवा शक्तिलाई नराम्रा लतमा जान नदनि पनि सबैको भूमिका आवश्यक छ ।”

त्यसैगरी धूमपान नियन्त्रणका अभियन्ता मदन चन्दले युवालाई लागुऔषधको कुलतबाट बचाउन अभिभावक बढी जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । “चौतर्फी खुला सिमानाका कारण यहाँ प्रहरी प्रशासनबाट पनि लागुऔषध नियन्त्रणमा चुनौती छ ।” उहाँले भन्नुभयो, “छोराछोरीको आनीबानी, उसको चालचालन थाहा हुने पहिलो अभिभावकलाई नै हो ।” उहाँले स्थानीय सरकारले पनि लागुऔषध नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।“प्रहरी र हामीले कक्षा सञ्चालन गरेर मात्रै पुग्दैन ।” प्रउ चौधरीले भन्नुभयो, “युवा शक्ति लागुऔषधको लतमा फसे समाज नै कता जाने भन्ने चिन्ता छ ।”


प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्