Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बाढीमा परी धनगढीमा २० वर्षीया चौधरी बेपत्ता; दुई घाइते, सेल्टर’ बन्यो हुलाकी राजमार्ग
बाढीमा परी धनगढीमा २० वर्षीया चौधरी बेपत्ता; दुई घाइते, सेल्टर’ बन्यो हुलाकी राजमार्ग वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता
नेपालकागज
नेपालकागज शनिबार, असोज १, २०७९

तस्बिर: गाउँमा बाढी पसेपछि सुरक्षित स्थानमा सर्दै
लगातार तीन दिनदेखी परेको वर्षापछि आएको बाढीले गाउँ जलमग्न भएपछि अग्लो ठाउँ खोज्दै हुलाकी सडकमा जाँदै गरेका भजनी नगरपालिकाका स्थानीय । भजनीका सबै वडा डुवानमा परेका छन् । 

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीमा डुबेर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन् । वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलाली जिल्लाको टीकापुर नगरपालिकाकामा एक र चुरे गाउँपालिकामा पहिराले घर भत्किँदा एक जना गरी दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते हुनुभएको छ । टीकापुर अस्पतालमा उपचाररत उहाँको अवस्था सामान्य रहेको छ । यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका–३ का स्थानीय रामप्रसाद सापकोटाको घर पसल माथिबाट खसेको पहिरामा परी उहाँका आठ वर्षीय छोरा आयुस घाइते भएका छन् । 

पहिराले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ । घाइते बालकको अवस्था सामान्य छ । बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आकलन छ । वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ ।

कैलारी गाउँपालिकाका विभिन्न वडामा गरी एक सय १५ घरमा पानी पसेर क्षति पुगेको छ । डुबानबाट विस्थापितलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सोही गाउँपालिकाको वडा नं ३ मा रहेको खोनपुरस्थित मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलका पिलर बाढीले भत्किएर क्षति पुगेको छ ।

स्थानीय मानबहादुर चौधरीले कैलारी गाउँपालिकाको विभिन्न वडामा गरी झण्डै छ सय घर डुबानमा परेको बताउनुभयोे । उहाँले भन्नुभयो, “मोहनाको बाढीले नदी आसपासको अधिकांश बस्ती डुबेको छ, धेरै परिवार विस्थापित भएको छ ।”

धनगढी उपमहानगरपालिका–१३ को श्रीलङ्का गाउँमा मोहना नदीको डुबानमा परी विस्थापित भएका १४ घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा राखिएको छ । गोदावरी नगरपालिकामा डुबानमा परेका घरका सदस्यको उद्धार गरिएको छ । जोशीपुर गाउँपालिकास्थित काँडा नदीमा आएको बाढीका कारण डुबानमा परेका भित्रिया, फाडिया, मनिकापुर, हस्नापुर, बन्जरियालगायत गाउँका तीन सय घरपरिवार विस्थापित भएका छन् । पपथरैया नदीको बाढीले जोशीपुर गाउँपालिकाको खैरेनी गाउँका ९० भन्दा बढी घर डुबानमा परी विस्थापित भएका छन् । डुबानमा परी जिल्लामा दुई सय ५१ पशुचौपाया मरेका छन् ।

हुलाकी राजमार्ग सुरक्षित स्थानको ‘सेल्टर’ बन्यो

वर्षासँगै भएको डुबानका कारण विस्थापित भएका कैलाली जिल्लाको भजनी नगरपालिका र जोशीपुर गाउँपालिका व्यक्ति परिवारका सदस्यसहित हुलाकी राजमार्गमा पाल टाँगेर बसेका छन् ।

मोहना, काँडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानले विस्थापित भएकाहरू अग्लो भू–भाग रहेको हुलाकी राजमार्गमा बसेका हुन् । विस्थापित कतिपय परिवार नजिकको आफन्तको घरमा आश्रय लिएका छन् । स्थानीय जयप्रसाद ढुङ्गानाले भन्नुभयो, “डुबानको समस्या बढ्दै जाँदा जोखिममा परेकाहरू आफ्ना पशुचौपाया र अन्य धनमालसहित हुलाकी राजमार्गमा पुगेका छन् ।” 

प्रमुख जिल्ला अधिकारी किरण थापाले डुबानमा परेकाको उद्धारका लागि गए रातिदेखि नै प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । प्रहरी टोलीले मोटरबोट र ट्युबको सहायतमा डुबानमा परेका भजनी क्षेत्रका बासिन्दाको उद्धार गरिरहेको छ ।

स्थानीय समाजसेवी खेमराज विनाडीले डुबानका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको बताउनुभयो । डुबानको जोखिम थप बढ्नसक्ने देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पूर्वसूचना गरिँदा मानवीय क्षति हुन नपाएको बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्