Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • ‘कानुन नबन्दा संविधानले दिएको अधिकारबाट वञ्चित’
‘कानुन नबन्दा संविधानले दिएको अधिकारबाट वञ्चित’
नेपालकागज
नेपालकागज आइतबार, भदौ २६, २०७९

बुटवल । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले नागरिकलाई संविधानले प्रदत्त गरेका अधिकारका विषयमा पनि कानुन नबनाइँदा अधिकारबाट वञ्चित हुनुपरेको बताउनुभएको छ । 

मानव अधिकारका बारेमा संविधानमा धेरै कुरा उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले नेपालको संविधानको धारा २६ र ३७ लगायत अन्य धारामा मानवअधिकारसम्बन्धी धेरै विषय समावेश भए पनि कानुन नबन्दा संवैधानिक व्यवस्था कार्यान्वयन हुन नसकेको बताउनुभएको हो । 

उहाँले संविधानमा व्यवस्था गरिएका विषयवस्तुलाई कार्यान्वयनमा ल्याउनका लागि कानुन निर्माणलाई प्राथमिकता दिनुपर्ने भनाइ राख्नुभयो । एम्नेष्टी इन्टरनेशनल नेपालले पोखरामा आयोजना गरेको विषयगत समितिको रणनीतिक योजनातर्जुमासम्बन्धी कार्यशालाको उद्घाटन गर्दै न्यायाधीश आचार्यले आफूले गर्न सकिने योजना मात्र बनाउन आग्रह गर्नुभयो । 

कुनै पनि योजना कागज र कल्पनाको विषय मात्र नबनोस् व्यावहारिक बन्न सकोस् भन्दै उहाँले मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि तहगतरुपमा सरकारले अनुगमन समिति बनाए कार्यान्वयनको पाटो प्रभावकारी हुन नसकेको बताउनुभयो । 

विधिको शासन र मानवअधिकारको संस्कृतिमा सुधार आएको चर्चा गरिए पनि भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रभित्रै भ्रष्टाचारको कुरा चल्नु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ । 

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानवअधिकार र एम्नेष्टीको अभियानको सवल र कमजोर पक्षको गहन समीक्षा गर्दै आगामी वर्षका लागि योजना बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

विश्वमा एक करोड र नेपालमा आठ हजार अभियानकर्मी एम्नेष्टीसँग आबद्ध रहेको जानकारी दिँदै अध्यक्ष बुढाथोकीले विषयगत समितिमा रहेका सदस्यले समेत एम्नेष्टी र मानवअधिकारका विषयमा नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्नेमा जोड दिनुभयो ।

एम्नेष्टी नेपालका पूर्वध्यक्ष सूर्यबहादुर अधिकारीले विश्वका ६५ मुलुकमा एम्नेष्टीका शाखा रहेको र नेपाल शाखाले दक्षिण एशियाका अन्य मुलुकको समेत नेतृत्व गर्नुपर्ने दायित्व रहेको जानकारी गराउनुभयो । एम्नेष्टीमा आबद्ध अभियानकर्मीले मानवअधिकारको अभियानलाई सक्रियतापूर्वक निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । 

अर्का पूर्वध्यक्ष राजन कुइँकेलले एम्नेष्टीले सधैँ शान्ति र मानवअधिकारको पक्षमा वकालत गर्दै पञ्चायती शासनकाल र त्यसयता सशस्त्र द्वन्द्वका क्रममा माओवादी र राज्यपक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनामा सशक्त आवाज उठाउँदै आएको स्पष्ट पार्नुभयो । आगामी दिनमा एम्नेष्टीले अन्तर्राष्ट्रियस्तरमा नेतृत्व लिन सक्नुपर्ने कुइँकेलको भनाइ थियो । 
    
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्यले गठित समितिले प्रभावकारी काम गर्ने बताउनुभयो । एम्नेष्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपालियाले मानव अधिकारको सवाल विश्वव्यापीरुपमा परिवर्तन भइरहेको कुराको चर्चा गर्दै पछिल्लो समयमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल, आदिवासी जनजाति, अल्पसङ्ख्यकलगायतका क्षेत्रमा मानवअधिकारको प्रवद्र्धनको काम गरिरहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगार्इं, महासचिव सञ्चिता कुइँकेललगायतले आआफ्नो भनाइ राख्नुभएको थियो । कार्यशालामा एम्नेष्टी इन्टरनेशनल नेपालअन्तर्गत गठित मानवअधिकार अभियान समिति, आमसञ्चार र मानवअधिकार समिति, युथ पावर एक्सन सञ्जाल, संस्थागत विकास र सदस्यता परिचालन समिति, अन्तर्राष्ट्रिय मानवअधिकार विषय समिति तथा नीति रणनीति र योजनातर्जुमा सल्लाह समितिका संयोजक र सदस्य साथै बोर्डका पदाधिकारीको सहभागिता थियो । 


प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्