Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दियाका नदीमा पानीको सतह बढेपछि जनतालाई सचेत गराउँदै स्ट्यान्डबाई सशस्त्र र नेपाल प्रहरी
बर्दियाका नदीमा पानीको सतह बढेपछि जनतालाई सचेत गराउँदै स्ट्यान्डबाई सशस्त्र र नेपाल प्रहरी
नेपालकागज
नेपालकागज मंगलबार, भदौ १४, २०७९

हरि गुरुङ, अनोज थारू, बर्दिया । हिजो सोमबार सीमाको रिपोर्टिङ सक्काएर फर्कँदै गर्दा बर्दिया प्रहरीको टोलीले भादा नदी आसपासका जनतालाई केही भनिरहेको वा भनौँ सम्झाइरहेको दृश्य देख्यौं ।

के भएछ भन्दै दर्शकदीर्घाबाट बुझ्दा थाहा भयो, बर्दिया प्रहरीको एउटा टोलीले माछा मार्न आएका स्थानीय तथा त्यहाँ आसपासका जनतालाई आपतविपत परेमा के गर्ने कसरी बच्ने भन्ने कार्य सिकाइ रहेको देख्यौं ।

माछा मार्न गएकाहरूलाई नदीको डिलमा नजान अनुरोध गर्दै थियो बर्दिया प्रहरी । बर्दिया प्रहरीका जवान र अधिकारीहरूले स्थानीय जनतालाई माछा मार्ने क्रममा दुर्घटना निम्तिन सक्ने भन्दै विनम्रता पूर्वक आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै सम्झाउँदै थिए ।

उनीहरू नजिकका घरबस्तीमा छिर्दै त्यहाँको अवस्था र जोखिमको बारेमा अध्ययन गर्दै तथा बाढीबाट हुनसक्ने सम्भावित जोखिमलाई टाल्न के गर्न सकिन्छ भन्ने रिपोर्ट तयार गर्दै जनतालाई सचेत गराउँदै थिए । 

हामीले दर्शकदीर्घाबाट एक प्रहरी जवानसँग कुरा गरेपछि थाहा पायौँ की भादा नदी लगायत बर्दियाका अन्य नदी आसपासका जनताको अवस्था र जोखिमको आँकलन गर्दै पर्व तयारी गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिरेन्द्र बहादुर शाहीले स्थानीय नागरिकहरूलाई सचेत गराउँदै उनीहरूको अवस्थाको बारेमा बुझ्न जिल्ला भरीका मातहतका ईकाइहरुलाई निर्देशन दिनुभएको छ ।

यता सशस्त्र प्रहरी बल ३१ नम्बर गणले पनि भादा नदी, गेरुवा कर्णाली नदी लगायतका नदी आसपास बस्ने बासिन्दाहरूको तथ्यांक निकाल्दै बाढीबाट हुने जनधनको क्षति रोक्न तथा उद्धार कार्यको लागि पुर्व तयारीको रुपमा स्ट्यान्डबाइ हालतमा बस्न आफ्ना मातहतका युनिटहरूलाई निर्देशन दिएको छ ।

अझ सशस्त्र प्रहरी बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जहर सिंह बुढा मगर र सशस्त्रका अधिकारीहरू फिल्डमै गएर तटबन्धन, आसपासका जनताको भौगोलिक स्थितिको अध्ययन गर्दै बाढीको जोखिममा रहेका बस्तीहरूका नागरिकलाई सतर्क रहन र इमर्जेन्सी परेमा सम्पर्क गर्न भन्दै अनुरोध गरिरहनुभएको छ ।

यि त भए हामिले प्रत्यक्ष देखेका घटना विवरण । 

यसरी जनताको घरदैलोमै पुगेर सशस्त्र प्रहरी बर्दिया र नेपाल प्रहरी बर्दियाले गरेका सचेतना मूलक कार्य तथा भौगोलिक अध्ययनका कारण जोखिम युक्त तथा डुबानमा पर्न सक्ने सम्भावित ठाउँहरूमा आउनसक्ने विपद्बाट स्थानीय नागरिक, तिनका परिवार तथा बालबालिकालाई समयमै उद्धार गरेर सुरक्षीत स्थानमा सारेर जिउधनको सुरक्षा गर्न सकिन्छ ।

बर्दियाका सम्पूर्ण सशस्त्रका युनिटहरु जुन डुबान र बाढी प्रभावित हुनसक्ने नदी आसपासका क्षेत्रमा रहेका छन, ती सम्पूर्ण युनिटहरुलाई हाइ-अलर्टमा बस्न सशस्त्र प्रहरी बर्दिया जिल्ला नेतृत्व जहर सिंह बूढा मगरले निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार जिल्ला स्थित सम्पूर्ण युनिटहरु हाईअलर्टमा छन ।

हाल सशस्त्र प्रहरी बल बर्दियासँग एउटा मोटर बोट, ४ समान्य बोट तयारी हालतमा रहेको सशस्त्र प्रहरी बल बर्दिया ३१ नम्बर गणका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) जगदिश जोशीले जानकारी दिनुभयो । 

जिल्ला स्थित डुबान हुने वा हुनसक्ने ठाउँहरु, राजापुर नगरपालिका भित्रका विभिन्न ठाउँहरू, गुलरिया नगरपालिकाका मोहम्मदपुर, रत्नापुर, पशुहाट लाग्ने ठाउँको उत्तर तिरका एरियाहरूमा दुई मिनेट भित्रमा विपद् व्यवस्थापन तथा उद्धारमा परिचालित हुनसक्ने गरि स्ट्यान्डबाइ हालतमा सशस्त्रको अन व्हिल क्विक रेस्पोन्स टिमलाई हाई अलर्टमा राखिएको छ ।

जिल्लाका दुई राष्ट्र सेवक सुरक्षा निकायका नेतृत्वहरूले जनताको सुरक्षामा देखाएको आफ्नो चासो, क्रियाशिलताले बाढी तथा डुबानबाट हुनसक्ने जनधनको क्षति, विपद् व्यवस्थापन र उद्धारमा बर्दियाका सुरक्षा निकाय गम्भीर छन र गम्भीरताका साथ मिहिन ढंगले पुर्व तयारी गरेर बसेका छन भन्ने सन्देश र आत्मविश्वास जनता माझ पुगेको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ११:४१
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्