Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु
प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु
नेपालकागज
नेपालकागज आइतबार, भदौ ५, २०७९

रमेश लम्साल, काठमाडौँ । राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी ।  

“आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधँै यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उहाँको । 

वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उहाँलाई धेरैले आफ्ना गुरुका रुपमा मानेको तथ्य कार्लमाक्र्सको द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरीलाई प्रमुख प्रशिक्षकका रुपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो । सन् २०१८ मा माक्र्सवादी अध्ययन समूहले त उहाँलाई सल्लाहकार नै राखेको थियो । 

यस आधारमा स्वर्गीय गिरी माक्र्सवादी अध्येताका रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो । तर गिरी काल माक्र्स र भिआइ लेनिनको बौद्धिकताप्रति कम्युनिष्टभन्दा बढी काबिल हुनुहुन्थ्यो । नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्र कार्कीको विचारमा खास अर्थमा गिरी माक्र्सवादी हुनुहुन्थ्यो । 

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई राजनीतिक मुद्दा भएको र सोही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने मुलुकका थोरै नेतामध्ये एक हुनुहुन्थ्यो उहाँ । जुनसुकै मञ्चमा पनि गिरीले वामपन्थ र माक्र्सवादी आन्दोलनको सकारात्मक पक्षकाबारेमा धारणा राख्दै आउनुभएको थियो । 

उहाँले आफूहरुको आन्दोलनलाई राजनीतिक विषय हो, यो आतङ्ककारी क्रियाकलाप  होइन भनेर स्थापित गराउन उत्प्रेरित गर्ने काममा विशेष योगदान गर्नुभएको नेता कार्कीको भनाइ छ । दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको टिप्पणी गर्दै नेता कार्कीले भन्नुभयो, “गिरीमा भौतिक सुख भोगभन्दा बढी ज्ञानको भोक थियो ।”

दिवङ्गत नेता गिरीको सबैभन्दा अनुकरणीय विषय भनेकै उहाँ कोही कसैप्रति अन्धभक्त हुनुहुँदैनथ्यो  । उहाँले कैयौँ सार्वजनिक कार्यक्रममा समेत सो कुरा स्पष्टरुपमा बताउनुभएको थियो । गिरीले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउनसक्ने क्षमता थियो । 

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  गिरीलाई समाजवादी चिन्तनका रुपमा लिनुभएको छ । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यापर्णका क्रममा समेत अध्यक्ष दाहालले गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पु¥याउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोणका साथ सधैँ आफूलाई उभ्याउँदै आउनुभएका गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको अध्यक्ष दाहालको भनाइ छ । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका शब्दमा नेता गिरीले आफ्नै पार्टीका अतिरिक्त नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र)का विरुद्ध पनि चर्को आलोचना गर्नुहुन्थ्यो, असहमति राख्नुहुन्थ्यो । “विभिन्न विषयमा आफ्ना असहमति राखे पनि आफ्नै दलका पक्षमा उहाँले मत राख्नुभएको छ । त्यसआधारमा उहाँ सिद्धान्तभन्दा बाहिर हुनुहुन्थ्यो भन्ने लाग्दैन”, सांसद सुवालले भन्नुभयो । 

गिरीले सोभियत सङ्घका तत्कालीन नेता लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायतका पुस्तकसमेत लेख्नुभएको छ । यस्तै उहाँले ‘विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत सङ्कलन’ नामक पुस्तकको सम्पादन गर्नुभएको छ । 

विसं २०७६ पुसमा राजधानीमा ‘माक्र्स फर्किए...’ नामक नाटक मञ्चन भएको थियो । सो नाटकको प्रदर्शनसँगै कांग्रेसका नेता गिरीलाई नाटकमाथि टिप्पणी गर्न आमन्त्रण गरिएको थियो । त्यसबेला उहाँले गर्नुभएको टिप्पणी थियो, “संसारमा जबसम्म असमानता छ, तबसम्म माक्र्स जिवित रहन्छन् । संसारमा जबसम्म बर्बता छ, तबसम्म माक्र्स जीवित रहन्छन् । आज माक्र्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका माक्र्स आज जीवित माक्र्सभन्दा सयगुना सशक्त भएर आएका छन् । सावधान रहनुहोस् ।”

लेखक चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’को विमोचन गर्दै २०७६ भदौ १४ गते आयोजित समारोहमा गिरीले व्यक्त गर्नुभएको धारणाले माक्र्सवादप्रति उहाँको लगाव कत्ति थियो भन्ने बुझ्न सकिन्छ । 

उहाँले माक्र्सवाद मानवताको दृष्टिकोणले उच्च रहेको छ । पुँजीवादले हार्दै गएको उल्लेख गर्दै उहाँले सन् १९१७ देखि क्युबाको क्रान्ति सन् १९५९ को समयसम्म पुँजीवादले हार्दै गएको बताउनुभयो । उहाँले माक्र्स र लेनिनले भनेका कुरा अहिलेका सन्दर्भमा किन लागू भएन भन्नेबारेमा जवाफ खोज्नुपर्ने बताउनुभएको थियो । 

सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । बनारसमा अध्ययन गर्दा छात्र सङ्घको निर्वाचन लड्ने क्रममा नै उहाँले बिपीको सानिध्य पाउनुभएको थियो । सङ्घर्षले नै मानिसलाई स्पात बनाउँछ भन्ने धारणा राख्नुहुने गिरी आफैँमा बौद्धिक एवं माक्र्सवादी व्यक्तित्व हुनुहुन्थ्यो । 

वामपन्थी लेखक एवं विश्लेषक झलक सुवेदीका विचारमा धेरै कम्युनिष्ट नेताको तुलनामा गिरीको माक्र्सवादप्रति राम्रो दख्खल थियो । उहाँले मानव स्वतन्त्रताका बारेमा अध्ययन गर्नुभएको थियो । लोभ, लालच नभएको र निरन्तर विद्रोह गर्ने स्वभाव भएकाले पनि उहाँलाई माक्र्सवादीका रुपमा लिन सकिने विश्लेषक सुवेदीको तर्क छ । 

चिनियाँ नेता माओ त्से तुङका बारेमा धेरै चासो नराखेपनि माक्र्स र लेनिनबारे राम्रो दख्खल राख्ने विचारकका रुपमा उहाँ स्थापित हुनुहुन्थ्यो । लेनिनबारे नेपाली समाजले बुझ्ने गरी पुस्तक लेख्ने लेखकका रुपमा समेत उहाँ स्थापित हुनुहुन्छ । 

लेखक सुवेदीका अनुसार उहाँ साम्यवादी बाटोमा हुनुहुँदैनथ्यो तर समाजवादी विचारमा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ विचारमा माक्र्स र रोजाबाट तथा जीवन व्यवहार भने लोहिया र जयप्रकाशबाट प्रभावित हुनुहुन्थ्यो । सुवेदीले भन्नुभयो, “उहाँ भौतिवाद र माक्र्सवादबाट प्रभावित हुँदाहुँदै पनि पनि जीवनशैली पूर्वीय दर्शनबाट प्रभावित थियो । उहाँ दैनिक जीवनमा आइपर्ने  सानातिना धक्काबाट प्रभावित नहुने, विशिष्ट खालको अध्यात्मिक उचाइ प्राप्त गरेको व्यक्तित्व हुनुहुन्थ्यो । 

निरन्तर विद्रोही एवं आलोचक तथा यथास्थितीवादका कारण समाजमा देखिएका  विभेदका विरुद्ध उहाँले निरन्तर खबरदारी गरिहनुभयो । अग्रगमन तर्फबाट जान रोक्ने, विचार, संस्था र चिन्तनका विरुद्ध उभिने र  प्रश्न उठाउने र बहस गरी राख्ने स्वभाव थियो नेता गिरीको । 

युवालाई निरन्तर क्रान्तिका प्रति उभिन, दलित, महिला, आदिवासी, मधेसीलाई अधिकार प्राप्तिका लागि प्रेरित गर्ने काम पनि उहाँले गर्नुभएको थियो । आफ्नै पार्टी कांग्रेस र अरु पार्टीको परम्परावादी राजनीतिक दृष्टिकोण तथा यथास्थितीवादविरुद्ध उभिने एक खालको साहस विचारक गिरीमा रहेको लेखक सुवेदी स्मरण गर्नुहुन्छ । “नेपालको  संविधानमा पनि हस्ताक्षर नगरेर उहाँले यो संविधानले नेपाली समाजको प्रतिबिम्व उतार गरेन भनेर अन्तिम समयसम्म पनि लडिरहनुभयो”, उहाँले भन्नुभयो ।  

गिरी माक्र्सवादी आँखाबाट हेर्दा साम्यवादप्रति भरोसा नराख्ने र त्यसमा पुग्नुभन्दा अगाडिको माक्र्सवादलाई ग्रहण गर्ने व्यक्तित्वका रुपमा स्थापित हुनुहुन्थ्यो । युवा अवस्थामा जेल बसेका बेला लेनिन र रोजाका बारेमा पढेर उहाँको जीवनी र शिक्षाका बारेमा सानो पुस्तिका तयार पार्नुभयो । उहाँले ‘राज्य र क्रान्ति’ का बारेमा टिप्पणी गर्नुभएको छ । कतिपय कुरामा उहाँका असहमति छन् तर धेरै कुरामा सहमति छन् । 

नेपालमा लेनिनका बारेमा त्यसरी राम्ररी लेखेको किताब आफूले पढ्न नपाएको लेखक सुवेदी बताउनुहुन्छ । माक्र्सका बारेमा पनि उहाँले लगातार चार वटा आलेख लेख्नुभएको थियो । वामपन्थी पार्टी एवं समूहलेसमेत उहाँलाई माक्र्सवाद पढाउन पटकपटक बोलाउने गरेका थिए । यसरी नेपाली कांग्रेसका नेताभन्दा बाहिर निस्किएर उहाँको चिन्तन माक्र्सवादीहरुको भन्दा अब्बल थियो । त्यसैले उहाँलाई माक्र्सवाद पढाउने गुरुभन्दा फरक पर्दैन । 


प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्