Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • कलामार्फत गाईको अस्तित्वको चिन्ता गर्दै कलाकार सिंह
कलामार्फत गाईको अस्तित्वको चिन्ता गर्दै कलाकार सिंह
नेपालकागज
नेपालकागज बिहीबार, भदौ २, २०७९

वासुदेव पौडेल । पोखराको चिप्लेढुङ्गास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीमा लस्करै गाईका विभिन्न स्वरुप कलात्मक रुपमा सजाइएका छन् । 

गाईजात्रा एवं कृष्ण जन्माष्टमीको अवसरमा एकेडेमी र विश्व हिन्दू युवा सङ्घको सयुंक्त आयोजनामा विश्व कलायात्री नगेन सिंहको ११औँ एकल चित्रकला प्रदर्शनीमा ‘गाई’ शीर्षकमा २१ चित्र राखिएका छन् । सङ्कटमा पर्दै गएको गाईको अस्तित्वलाई त्यहाँ चित्रण गरिएको छ ।

प्रदर्शनीमा आउने जो कोहीलाई पनि ती चित्रहरुले भावुक बनाउँछ । एउटा चित्रमा गाईलाई विशेषतः तिहारमा सेतो ढाप लगाउने प्रचलनलाई चित्रण गरिएको छ । गाईको त्यो सेता ढब्बालाई समाजमा बढ्दै गएको हेलाभावका कारण रातो बन्दै गएको कलाकारले देखाउन खोजेका छन् ।

त्यस्तै अर्को चित्रमा उल्टो इन्द्रेणीजस्तो बनाएर राष्ट्रिय जनावर गाईको अस्तित्व सङ्कटमा परेको चित्रण गरिएको छ । प्रत्येक कलामार्फत गाईको अस्त्वि सङ्कटमा परेको देखाउन खोजिएको छ । 

गाईको दूधदेखि गहुँत गोबर सबै आवश्यक मान्निछ । मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा गाईको दूध, दही, गहुँत र गोबर आवश्यक पर्छ । गाईको संरक्षण व्यक्ति, समाज र राष्ट्रको प्राथमिकतामा पर्न नसकेको कलाकार सिंह बताउनुहुन्छ । 

विश्व हिन्दू महासङ्घका सल्लाहकार एवं पूर्ववरिष्ठ उपाध्यक्ष वेदनिधि शर्मा गाई शीर्षकको कला प्रदर्शनीले हिन्दू धर्मको संरक्षणमा टेवा पुग्नुका साथै गाईको महत्वलाई थप उजागर गर्ने बताउनुहुन्छ । 

हिन्दू धर्ममा आमाको रुपमा पूजा गरिने गाईलाई जीवित देवीका रुपमासमेत लिने गरिएको छ । प्रत्येक वर्ष लक्ष्मीपूजामा गाईको पूजा गर्नुका विभिन्न परिकार खुवाउने चलन छ । गाईकै गोवरले घर पोत्ने र गहुँत छर्किएर चोख्याउने गरिन्छ । 

आयुर्वेद विज्ञानका अनुसार गाईको दूध, गहुँत तथा गोबरमा विभिन्न औषधीय गुण हुन्छ । हिन्दू संस्कृतिमा जीवनको अन्त्यावस्थामा गाईदान गर्ने तथा बैतर्णी गरेमा स्वर्गलोक प्राप्त हुने जनविश्वास छ । कृषि प्रणालीमा पनि गाईको उत्तिकै महत्व छ ।  गाईको मलले कृषि उत्पादन बढ्छ । 

प्राचीनकालमा ऋषिमुनिले योगाभ्यास, ध्यान तथा तपस्याका साथै स्वस्थ हुनका लागि गाईको दूध र गहुँत सेवन गर्ने गरेको पाइन्छ । 

प्रदर्शनीकै अर्को चित्रमा बाच्छालाई दूध चुसाउँदै गरेको गाई आगामी दिनको गन्तव्य र अस्तित्व के हुने हो भन्ने देखाउन खोजिएको छ । 

“हाम्रा संस्कार एवं संस्कृतिसँगै कृषि प्रणालीमा जोडिएको गाईका यिनै महत्वलाई उजागर गरी समाजमा चेतना फैलाउन कला प्रदर्शनी गरिएको हो”, नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योति हमालले भन्नुभयो । 

प्रदर्शनी अवलोकन गर्न आउने प्रत्येकलाई चित्रले सङ्कटमा पर्दै गएको गाईबारे एकपटक सोच्न बाध्य बनाउने गरेको पाइएको उहाँले बताउनुभयो । “प्रदर्शनीले गाईको संरक्षणमा लाग्न प्रेरित गर्ने अपेक्षा गरेका छौँ”, हमालले भन्नुभयो । 

प्रदर्शनीले गाईको संरक्षणमा लाग्न कुनै न कुनैरुपमा टेवा पुग्ने कलाकार एवं पुन आर्ट ग्यालरी पोखराका सञ्चालक तीलक पुन बताउनुहुन्छ । 

कलाका माध्यमबाट समाजका हरेक गतिविधिमा योगदान गर्न सकिने भए पनि कला क्षेत्र अझै राज्यको प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ छ ।

सिंहले पानी रङको सहरका रुपमा पहिचान बनाएको पोखरामा गरिएको गाई शीर्षकको प्रदर्शनीमा भने अल्कोहल कलर (रक्सी रङ)को नयाँ प्रयोग गर्नुभएको छ । 

यही भदौ ६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा कलाप्रेमीका साथै कलाका अध्येयता पुग्ने गरेका छन् । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य सिंहले यसअघि १० वटा चित्रकला प्रदर्शनीका साथै दर्जनौँ सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ । 

कलाकार सिंहको जीवनीमा आधारित वीरेन्द्र हमाल निर्देशित नग्न तृष्ण नाटक समेत २०६४ सालमा मञ्चन भइसकेको छ । 


प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०९:४१
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्