Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पारमाणविक बमले निमेषमै ४ लाखको एउटै चिहान बनाएको त्यो दिन, अझै रोइरहेछ हिरोसिमा र नागासाकी...
पारमाणविक बमले निमेषमै ४ लाखको एउटै चिहान बनाएको त्यो दिन, अझै रोइरहेछ हिरोसिमा र नागासाकी...
नेपालकागज
नेपालकागज शनिबार, साउन २१, २०७९

अशोक घिमिरे, काठमाडौँ । सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । 

जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । 

निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो । 

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । 

नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षणभरमा खरानी बन्यो । 

विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले । नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो । 

विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । तर समकालीन विश्वले न सो विध्वंशलाई बिर्सन सकेको छ । न त्यसको भयबाट मुक्त हुन नै । 

विश्वबाट पारमाणिवक हतियार निशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन् । 

अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणिवक हतियार रहेको सार्वजनिक भएका छन् । 

उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ । 

नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७औँ हिरोसिमा–नागासाकी समृति दिवसका अवसर पारेर आज आयोजित कार्यक्रममा सहभागीले अझै पनि पारमाणिवक हतियार निसस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र विभागका प्रा डा मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबीच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताउनुभयो । 

भौगोलिकरूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भए मात्रै नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो । 

“नेपालसँग भौगोलिक रुपमा नजिक रहेका चीन, भारत र पाकिस्तान पनि पारमाणविक हतियारले युक्त छन्”, उहाँले भन्नुभयो, “कुनै कारणले चुहावट भए मात्र पनि त्यसको विकिरणले नेपाललाई ठूलो क्षति पु¥याउन सक्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ ।”

कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायनशास्त्र विभागका प्राध्यापक डा मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाउनुभयो । 

“पारमाणविक आक्रमण भएका हिरोसिमा–नागासाकी क्षेत्रका नागरिकलाई विवाह गर्न, कामकाज गर्न आणविक अछुतको व्यवहार गर्ने गरिन्थ्यो”, तत्कालीन अवस्थाको चित्रण गर्दै उहाँले भन्नुभयो, “हिरोसिमा–नागासाकी अझै पनि रोइरहेको छ ।”

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबीच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताउनुभयो । 

“पारमाणिक हतियार पूर्ण निःशस्त्रीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चीन, भारत र पाकिस्तानको न्यूक्लियर पावरका बीचमा नेपाल रहेको छ, युद्ध मात्र होइन, चुहावट भयो भने पनि हामी प्रभावित हुन्छौँ ।” 

सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले विश्वबाट सबै खालका हातहतियार तथा सैन्य उपकरणको उत्पादन बन्द गरिनुपर्ने बताउनुभयो ।कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्ने बताउनुभयो । 

“मलाई लाग्छ वर्ष दिनमा एक पटक मात्र होइन, यो विषयमा सधैँ बौद्धिक संवाद चलाउनुपर्छ”, उहाँले भन्नुभयो । 

उहाँले पारमाणविक हतियारलाई समाप्त गर्ने र शान्तिलाई अगाडि बढाउने विषयमा आफ्नो निरन्तर प्रतिबद्धता रहिरहने बताउनुभयो । 

उपसभामुख भुसालले विज्ञान प्रविधिलाई सदुपयोग गरेर मुलुकको समृद्धि र विकासमा लैजानुपर्ने बताउनुभयो । 

“हिजोका दिनमा भएका यी घटनाका भोगाइ, तीतो अनुभव भोलिका पुस्ताले भोग्नु नपरोस्, त्यो भोगाई समृद्धि र विकासका लागि ठूलो बाधक हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी समयमै सजग र सचेत बनौँ ।”


प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्