Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • नेपालगन्ज उपमहानगरपालिकामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने
नेपालगन्ज उपमहानगरपालिकामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने
नेपालकागज
नेपालकागज शनिबार, साउन २१, २०७९

नेपालगन्ज । सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगन्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारण  घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिनुभयो । 

उक्त शाखा र युनिसेफको साझेदारीमा उपमहानगरपालिकाको समन्वयमा हुन लागेको सर्वेक्षणमा घनाबस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट बच्ने उपायका विषयमा समेत सजग गराउन कार्यक्रम सञ्चालन हुनेछ । 

“हामीले स्थानीय तहसँग समन्वय गरेर धेरै प्रकारका जोखिमको स्थिति पत्ता लगाउछौँ”, उहाँले भन्नुभयो । 

दुई सातासम्म हुने अध्ययनमा पाँच प्राविधिक जनशक्ति परिचालन हुनेछन् । उक्त परियोजनाले एक वर्षसम्म काम गर्ने बताइएको छ । 

घरको सर्वेक्षणका लागि नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, रेडक्रसका जिल्ला सभापति गोवर्धन सिंह ‘सम्झना’ मेतको उपस्थितिमा भएको बैठकले उक्त विषयलाई अनुमोदन गरेको थियो । 

परियोजनाअन्तर्गत जोखिमयुक्त घरहरु पहिचान गरी नगरभित्र विपद पूर्वतयारीका लागि संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ स्थलगतरुपमा प्रविधिक परिचालन गरिएको उपमहानगरपालिकाका विपद् स्रोतव्यक्ति प्रकाश डिसीले बताउनुभयो । 

जिल्ला सभापति ‘सम्झना’ले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनिकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले घरहरुको जोखिम पहिचान भैसकेपछि बीमा कार्यक्रममलाई नगरमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्ववारे जानकारी गराउनु भएको थियो । 


प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १६:०१
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्