Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • २५ वर्षीय राहुलले अझै पाएनन् नागरिकता...
२५ वर्षीय राहुलले अझै पाएनन् नागरिकता...
नेपालकागज
नेपालकागज आइतबार, असार २६, २०७९

पूर्णप्रसाद मिश्र, काठमाडौँ । बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उहाँले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सक्नुभएको छैन । 

बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले राहुललाई सताइरहन्छ । 

कामका क्रममा ३३ हजार भोल्टको करेन्टले उहाँका दुवै हात गुमेका छन् । सबै कागजात जम्मा पारेर नागरिकता माग गर्दा पनि नपाएपछि साहलाई अपाङ्गता भएकैले राज्यसंयन्त्रबाट फरक व्यवहार गरेजस्तो लाग्छ । 

नागरिकता भएकाले परिवारका सबै सदस्यको मतदाता नामावलीमा नाम समावेश छ । राहुलले भने नागरिकता नपाएकैले २५ वर्ष पूरा हुँदा पनि मतदान गर्ने अवसर गुमाउँदै आउनुभएको छ । 

नागरिकता बनाउनका लागि कुरा राख्दा केही जनप्रतिनिधिले उहाँलाई मत खसाल्नुभएको छ ? भन्ने प्रश्न पनि गर्ने गरेका छन् ।

“परिवारमा नागरिकता नहुने म एक्लै छु, म जिउँदो भए पनि मरेको अनुभूति गर्छु, मर्नुबाहेक अरु विकल्प छैन जस्तो लाग्न थालिसकेको छ, मेरो जस्तै समस्या भोग्ने धेरैले आत्महत्या नै विकल्प हो भन्न थालेका छन्, धेरैको तनावको विषय बनेको यो समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जान सकेन”, उहाँले भन्नुभयो । 

संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप संशोधन नहुँदा राहुलजस्ता करिब १० लाखले नागरिकता पाउन नसकेको आज महिला, कानून र विकास मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा जानकारी गराइएको छ । 

नागरिकता नहुँदा चिकित्सा शिक्षा, इञ्जिनीयरिङलगायत महत्वपूर्ण विषय पढ्न नाम निकालेका युवाले अवसर गुमाउँदै आएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुभयो । 

संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने व्यवस्था भएपनि त्यसअनुसार कानून नबन्दा धेरै युवा, युवती अहिले तनावमा बाँच्न बाध्य छन् । 

संविधानको धारा ३०४ मा सबै कानूनलाई संविधान जारी भएको एक वर्षभित्र संविधानसँग नबाझिने गरी कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिए पनि कार्यान्वयन नहुँदा धेरै नेपालीले आम नागरिक हुनुपर्ने अवस्था आएको हो । 

सरकारले संशोधन मस्यौदा गरेर संसद्मा पेश गरेको विधेयक लामोसम्म प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा अड्कियो । 

समितिले मतदान प्रक्रियाबाट तयार पारी प्रतिनिधिसभामा पेश गरेको विधेयकको प्रक्रिया पनि अघि बढ्न सकेन ।

नागरिक ऐन संशोधन विधेयक अघि नबढेपछि गत शुक्रबार सरकारले त्यसलाई फिर्ता गरी त्यसै दिन अर्को विधेयक दर्ता गरेको छ । समितिले पेश गरेको प्रतिवेदनमा लैङ्गिक अल्पसङ्ख्यकलाई अन्यका नाममा नागरिकता दिन सकिने व्यवस्था थियो । 

तर शुक्रबार सरकारले दर्ता गराएको विधेकमा यो व्यवस्था हटाइएको अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

“समितिले तयार पारेको प्रतिवेदनमा भएका राम्रा कुरालाई पनि काटेर शुक्रबार विधेयक दर्ता भएको छ, यही विधेयक पारित भए पनि राहुलजस्ता करिब १० लाख नेपालीले नागरिकता पाउँछन्, वर्षौंदेखि ठूलो समस्या बनेर बसेको विषयले निकास पाउँछ, थप सुधारको बाटो पनि खुल्छ”, उहाँले भन्नुभयो । 

गृह मन्त्रालयमा भएको तथ्याङ्कअनुसार राहुलका बाबुजस्ता एकला ९० हजार ७२६ जनाले जन्मसिद्ध नागरिकता पाएका छन् । यस आधारमा करिब पाँच लाख जन्मसिद्धका परिवारले अहिले नागरिकता पाउन सकेका छैनन् । 

विसं २०६८ को जनगणनाअनुसार करिब १० लाख बालबालिका बाबुआमाविना नै बस्दै आएका छन् । आमासँगमात्र बस्ने बालबालिकाको सङ्ख्या आठ लाख ९६ हजार छ । 

शुक्रबार मात्र संसद्मा दर्ता भएको विधेयक पारित भए पनि ११ लाख  पीडितले नागरिकता पाउँछन् । 

नागरिकता पीडितको अधिकारका लागि काम गरिरहनुभएकी डेचेन लामा महिला र पुरुषलाई नागरिकता दिने विषयमा समानता नभएको बताउनुहुन्छ । 

महिलाले श्रीमान् र बालबालिकालाई नागरिकता दिलाउन नसक्ने विश्वका ४६ मुलुकमा नेपाल पर्नु लज्जाको विषय बनेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्