Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • कात्तिक अन्तिम वा मङ्सिर पहिलो सातामा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मिति घोषणाको तयारी
कात्तिक अन्तिम वा मङ्सिर पहिलो सातामा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मिति घोषणाको तयारी
नेपालकागज
नेपालकागज मंगलबार, जेठ ३१, २०७९

प्रकाश सिलवाल, काठमाडौँ । आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।

नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । 

ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । 

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । 

दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका  लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो । 

उहाँले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताउनुभयो । 

नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

निर्वाचनमा मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य भएकाले आयोगले नयाँ नाम दर्ता र अद्यावधिकका लागि पुनः समय दिएको छ । 

यसअघि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अगाडि २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेकाका लागि मतदानमा भाग लिन सकिने गरी सो निर्वाचनअगावै नामावली सङ्कलन र अद्यावधिक कार्य खुला गरिएको थियो । 

सो निर्वाचनमा नयाँसहित एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

आयोगले अब हुने निर्वाचनका लागि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने, पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने र मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने तय गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ । 

साथै निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउने निर्णय भएको उहाँले जनाउनुभयो ।

यस्तै कुनै मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गरिदिने, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो निवेदनउपर प्रमाण कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावली अद्यावधिक गर्ने आयोगले जनाएको छ । 

विसं २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।

कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएको कारण मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानूनबमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने छ । 

यस्तो सूचनाको विवरणउपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाणबमोजिम र उजुरी नपरेमा सोहीबमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गर्ने, दोहोरो दर्ता नहुनेतर्फ सचेत हुँदै नाम दर्ता गर्ने व्यवस्था मिलाउने छ । 

कुनै मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्लाभित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजु गरी अघिल्लो दर्तालाई हटाई पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाउने आयोगले जनाएको छ ।

आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन भएबमोजिम आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिदिनेछ ।


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्