Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • नुवाकोटकोमा यसरी गरियो प्राकृतिक विपदको कृत्रिम घटना अभ्यास
नुवाकोटकोमा यसरी गरियो प्राकृतिक विपदको कृत्रिम घटना अभ्यास
नेपालकागज
नेपालकागज मंगलबार, जेठ ३१, २०७९

नुवाकोट । जेष्ठ महिनाको अन्त्यसंगै चारै तर्फ बादल मडारिएको अवस्था देखिन्छ । केहि समय मै जोड जोडले साइरन बजाउँदै एम्बुलेन्स बिदुर नगरपालिका वडा.न. ५ स्थित पिपलबोट वस्ती किनारा तर्फ आइरहेको देखिन्छ । 

प्राकृतिक विपदमा परि घाइते अवस्थाका केहिलाई स्ट्रेचरमा राखी तुरुन्त एम्बुलेन्समा राखी अस्पताल तर्फ कुदाइ रहेको दृश्य देखिन्छ भने उक्त वस्ती वरपर सेना, प्रहरी, सशस्त्र प्रहरी एवं स्थानीय व्यक्ति सहितको उद्धार टोली खटिएको छ । 

नजिक घाइतेको प्राथमिक उपचारका लागि रेडक्रसको अस्थायी क्याम्पमा रहेका स्वास्थ्यकर्मी भ्याइनभ्याइ उपचारमा खटेका छन । वस्तीमा वरपर छरपस्ट मानिसहरु लडेका छन । अनि ठुलो ठुलो स्वरमा रोइ कराई आफ्नो उद्धारका लागि अपिल गरेको आवाज गुन्जिरहेको छ । 

कतिले पहिरोले लगेको घर भित्रबाटै हात हल्लाई आफुलाई बचाउन आग्रह गरेको आवाज आइरहेको छ । नेपाली सेनाको बिशेष डफ्फाले डोरीको सहायताबाट घर भित्र पुरिएका व्यक्तिलाई तत्काल उद्धार गरेको देखिन्छ । 

जे होस् तत्काल उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन, संघ संस्था र रेडक्रस लगायतको सक्रियतामा विपदमा परेका परिवारलाई तत्काल उद्धार गरि घाइतेको अवस्था अनुसार थप उपचारका लागि अस्पताल पठाइन्छ भने सामान्य अवस्थाका घाइतेलाई प्राथमिक उपचार गरिन्छ । 

साथै पहिरो गएका वस्तीका परिवारका सरसामानहरु घरबाट निकाली स्थानीयको रोहबरमा संकलन गरि पुन: सम्बन्धित परिवारलाई जिम्मा लगाइन्छ । साथै थप राहतका सामाग्रीहरु पीडितलाई वितरण गरिन्छ । अचानक आएको पहिरोका कारण वस्ती वरपर कोलाहालको अवस्था देखिन्छ । 

झट्ट हेर्दा साँच्चिकै घटना झैँ लाग्ने यो दृश्य वास्तविक घटना नभई केवल जनचेतनाका लागि  "मनसुनजन्य विपद व्यवस्थापन सम्बन्धि अभ्यास २०७९" अन्तर्गत मनसुन-२ बाढी, पहिरोमा खोज, उद्धार तथा तत्काल राहत सम्बन्धि डेमोन्स्ट्रेसनको दृश्य थियो । 

वर्षा शुरु भएसँगै हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी जिल्ला विपद ब्यबस्थापन समिति नुवाकोटको आयोजनामा अन्य जिल्ला स्थित अन्य कार्यालय, संघ संस्था समेतको सह-आयोजनामा मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यको पूर्वअभ्यास सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।  

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको आयोजनामा प्राकृतिक विपदको कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद ब्यबस्थापन  समितिका संयोजक नारायण प्रसाद रिसालको अध्यक्षमा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय प्रमुख, कार्यालय प्रमुख/प्रतिनिधि, संघ संस्था, संचारकर्मी एवं स्थानीय समेतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कमजोर भूधरातलीय अबस्थाका कारण नेपाल प्राकृतिक विपदको दृष्टिकोणबाट क्रमस भूकम्पीय जोखिमका हिसाबले ११ औँ, बाढीपहिरो र डुबानका हिसाबले ३० औँ र बहुस्तरिय बिपदका हिसाबले २० औँ स्थानमा रहेको छ । 


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १०:२३
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्