Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • सर्वपक्षीय सर्वदलीय समितिको निष्कर्ष; देउखुरीका ४ स्थानीय तहबाट संचालित अस्पतालको अवस्था दयनीय
सर्वपक्षीय सर्वदलीय समितिको निष्कर्ष; देउखुरीका ४ स्थानीय तहबाट संचालित अस्पतालको अवस्था दयनीय
शिव राज खनाल
शिव राज खनाल शुक्रबार, जेठ २१, २०७८

सर्वपक्षिय सर्वदलिय समितिको निष्कर्ष; देउखुरीका ४ स्थानीय तहबाट संचालित अस्पतालको अवस्था दयनीय

दाङ । सर्वपक्षीय सर्वदलीय अनुगमन तथा समन्वय समितिले लमही नगरपालिका वडा नम्बर ५ मा अवस्थित देउखुरीका ४ स्थानीय तहबाट संचालनमा आएको कोरोना विशेष अस्पतालको व्यवस्थापन तथा जनशक्तीको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । राजनीतिक दल,विभिन्न सामाजिक संघसस्थाका प्रीतनिधि सहभागि सर्वपक्षीय सर्वदलीय अनुगमन तथा समन्वय समितिले देउखुरीमा सिमित श्रोत साधनमा उच्च मनोवलका साथ स्वास्थ्यकर्मीले सेवा दिएको निष्कर्ष निकाल्दै अस्पतालको व्यवस्थापन तथा जनशक्तीको अवस्था सन्तोषजनक नभएको औँल्याएको छ । 

देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेको कोरोना अस्पताल र स्वास्थ्य अवस्थाको अनुगमन गर्ने क्रममा स्थानीय सरकारबाट कोभिड १९ नियन्त्रण तथा उपचारको लागि चालिएको प्रयासमा सन्तोष गर्ने अवस्था नभएको टोलीको निष्कर्ष छ । स्वास्थ्यकर्मीबाट सिमित श्रोत साधनका वावजुत पनि राम्रो सक्दो सेवा दिलाउने प्रयासको प्रशंसा गर्दै समितिले स्थानीय सरकारबाट कोरोना विशेष अस्पतालको लागि अँझै धेरै व्यवस्थापन गर्न आवश्यक रहेको ठहर गरेको छ । अनुगमन तथा समन्वय समितिमा सहभागि नेपाली काँग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेले लमहीमा स्थापना गरिएको देउखुरी स्तरीय कोरोना विशेष अस्पतालमा थप सेवा उपलव्ध गराउन र लमहीमा रहेको लमही अस्पताललाई जिल्ला अस्पतालमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका लमही नगर सचिव बसन्त शर्माले यो संयुक्त अनुगमनले देश भर सकरात्मक शन्देश दिएको भन्दै स्वास्थ्यकर्मीको मनोवल बढाउने गरी अपुग भएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने बताउनुभयो । नेकपा एमाले माधव समुहकि मिना गूरुङले स्वास्थ्यकर्मीहरुसंग प्रयाप्त श्रोत साधनको कमि हुँदा पनि दिन रात जनताको सेवामा खटिनुभएको भन्दै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै नेकपा एमालेका क्षेत्रीय इन्चार्ज नारायण छम्पालीले स्थानीय सरकारबाट भएका प्रयास सन्तोषजनक नभएपनि स्वास्थ्यकर्मीले सिमीत श्रोतसाधनमा उच्च मनोवलले काम गर्नु सकरात्मक पक्ष भएको बताउनुभयो ।


उता देउखुरीको राजपुर गाउँपालिकामा स्थापना गरिएको कोरोना अस्पताल रित्तो छ । सङक्रमितले होम आइसोलेसनमा बस्न रुचाएका कारण र सङक्रमतिको संख्या नै कम भएका कारण अस्पतालमा रहेका सबै बेड खाली भएका हुन । 

सकृय सङक्रमितको संख्यामा कमी आएका कारण देउखुरी स्तरीय कोरोना विशेष अस्प्तालमा पनि वेड खाली हुन थालेको छ । देउखुरी कोरोना विशेष अस्पतालका प्रमुख डा. भुसालले २५ बेडको अस्पतालमा १६ जना मात्र कोरोनाका विरामी रहेको जानकारी दिनुभयो । सकृय सङक्रमतिको संख्या घट्दो क्रममा रहेपनि स्थानीय पालिकामा स्वास्थ्य जनशक्तीको अवस्था भने अपुर्ण रहेको बताइएको छ ।

राप्ती गाउँपालिकामा एकजना मात्रै डाक्टर रहेका कारण चौविसै घण्टा सेवा दिइरहनु परेको र स्वास्थ्यकर्मीको जनशक्ती कम भएको स्वास्थ्य शाखाका नारायण रावतले जानकारी दिनुभयो । गाउँपालिका तथा नगरपालिकामा स्थापना गरिएका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव छ । गढवा गाउँपालिले एकजना डाक्टरलाई कोरोना विशेष अस्पतालमा पठाएकाले स्वास्थ्यकर्मीको अभाव भएको छ ।


देउखुरी स्तरीय अनुगमन तथा समन्व्य समितिले लमही अस्प्तालको पनि स्थलगत अनुगमन गरेको हो । समितिले स्वास्थ्यकर्मीसंग कुरा गर्दै उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दै अस्पतालमा देखिएको समस्या हल गर्ने प्रतिबद्धता समेत जनाएको छ । लमही अस्पतालकी प्रमुख डा रन्जीता महतोले सिमित श्रोत साधनमा पनि आफुहरुले सेवा दिइरहेको भन्दै स्थानीय सरकारबाट सकरात्मक आश्वासन पाएकोले अस्पतालको सेवा थप प्रभावकारी बनाउन लागि परेको दाबी गर्नुभयो ।

अनुगमन समितिमा नेपाली काँग्रेसका तर्फबाट भेषराज पाण्डे, जानकीलाल बस्नेत,कर्णवहादुर बुढाथोकी, ने.का का पुर्व महासमिति सदस्य मोहन गिरि, नेकपा एमालेबाट नारायण छम्पाली, धुप नारायण चौधरी, नेकपा माओवादी केन्द्रका बसन्त शर्मा विक्रान्त, नेकपा एमाले माधव समुहबाट मिना गूरुङ, जनता समाजवादीका भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाका हरी वहादुर थापा,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशव पोख्रेल, रोटरी क्लवका रवी आचार्य, चेम्बर अफ कमर्सका अजय न्यौपाने र पत्रकारहरुको सहभागिता रहेको थियो ।
अनुगमनको नेतृत्व नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले गरेको थियो ।

 


प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्