Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री मोदी : मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय
लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री मोदी : मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय
नेपालकागज
नेपालकागज बिहीबार, वैशाख २९, २०७९

शरदचन्द्र भण्डारी, काठमाडौँ । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । आठ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुनलागेको उहाँको यो पाँचौँ भ्रमण हो ।  

धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । 

प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी योजनाबारे उहाँहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ । 

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका निम्ति भारतसँग अनुरोध गर्ने प्रधानमन्त्री देउवाको सार्वजनिक अभिव्यक्तिले नेपाल र भारतका जनता उत्साहित भएका छन् । 

ऊर्जा सङ्कटले पिरोलिएका भारतका मित्रहरू नेपालमा उत्पादित बिजुली पाउने आशमा उत्साहित भएका हुन् भने अपार जलस्रोतको सम्यक सदुपयोग नहुँदा विकासको बाटोमा गतिहीन हुनुनपर्ने परिस्थितिको परिकल्पनामा नेपालीमा ऊर्जा थपिएको हो । 

यद्यपि उक्त आयोजना निर्माण गर्न लामो समय र विशाल पूँजी लाग्नेछ तर राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति भएमा यस्ता परियोजना बनाउन सकिन्छ । आपसी समझदारी भएमा प्रारम्भिक चरणका प्रक्रियागत कामको थालनी शीघ्र गर्न सकिनेछ । 

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रमले गौतमबुद्धको जन्मस्थलको प्रचारप्रसारमा सहयोग हुने र अन्ततोगत्वा नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ । 

सन् १९५० को शान्ति तथा मैत्री सन्धिको सबल आधारमा अघि बढिरहेको शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सामाजिक र सांस्कृतिकरूपमा मात्र नभई निकट छिमेकीका रूपमा द्विपक्षीय मैत्री अनुपम छ । 

विशेषगरी खुला सिमाना, एकअर्काको भूमिमा निर्वाध आवागमन, जनता–जनताबीचको गाढा सम्बन्ध, पारिवारिक नाता र समान सांस्कृतिक सम्पर्कले यसलाई अझ प्रगाढ तुल्याएको छ । 

नेपाल र भारतबाहेक संसारका कुनै पनि देशका नागरिक बिनाप्रवेशाज्ञा एकअर्काका मुलुकमा बिनारोकटोक आउजाउ र बन्द व्यापार गर्छन् । यद्यपि यसका बेग्लै नकारात्मक पक्ष छन् तिनको व्यवस्थापनमा दुवै देशले सधैँ सजग रहनुपर्ने बाध्यता पनि छ । 

सरकार प्रमुखको दायित्व र कार्यव्यस्तताका कारण उहाँ काठमाडौँसम्म आउन नसके पनि लुम्बिनीबाट प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय थप्न खोजेको सन्देश दिनुभएको छ । 

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारेको भ्रामक सूचना सधैँसधैँका लागि चिर्न र दुई छिमेकीबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वसमुदायमा पुर्‍याउन उहाँको यो भ्रमण उपलब्धिमूलक हुनेमा विमति नहोला । 

भारतको प्राथमिकतामा रहेको नेपाल एक मात्र छिमेकी भएकाले पाँचौँपटक नेपाल भ्रमणमा आउने उहाँको यो यात्रा धार्मिक एवं सांस्कृतिक भए पनि भारतले नेपालसँगको सम्बन्धलाई महत्व दिएको दर्शाउँछ । 

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको सार्वजनिक अभिव्यक्ति भारत सरकारबाट आउनु नेपालका निम्ति सुखद हो । 

यसअघि जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिर र काठमाडौँ आएका बेला पशुपतिनाथ मन्दिरलगायत प्रमुख हिन्दू तीर्थस्थलहरूको भ्रमण र प्रार्थनामा उहाँले बिताउनु भएका क्षणले नेपालका धार्मिक स्थलहरूको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुगेको छ । 

कूटनीतिमा ‘सफ्ट पावर’ को अहम् भूमिका हुन्छ जुन प्रधानमन्त्री मोदीका सांस्कृतिक एवं धार्मिक यात्रामा प्रतिविम्बित भएका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन् । आर्थिक सहयोग एवं पूर्वाधार विकास, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोतलगायत पारस्परिक सम्बन्धका समग्र पक्षमा छलफल गर्न र आत्मीय सम्बन्धलाई नवीकृत भ्रमणको उपयोग हुनुपर्ने उनीहरूको अभिमत छ ।  

विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पार्ने गतिविधि कहिँकतैबाट पनि हुननहुने उनीहरू बताउँछन् । 

कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बनाउन अधिक उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । 

दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त विकासशील मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका विषयलाई टेवा दिनेगरी भारतीय सहयोग जुटाउने प्रधानमन्त्रीतहमा हुने वार्तालाई अवसरका रूपमा नेपालले उपयोग गर्ने मौका पाउनेछ । 

द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि, व्यापार असन्तुलन घटाउने, एकअर्कालाई नजिकबाट बुझ्ने, सुखदुःख सुन्नेसुनाउने तथा साझा रणनीति तयार गर्दै विकासका चुनौती हटाउन भारतको साथ र सहयोगका निम्ति अनुरोध गर्न नेपालका निम्ति यो भ्रमण उपयुक्त हुनेछ ।  


प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १८:३४
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्