Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ, साइकलमा लागुऔषध ओसारपसार
लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ, साइकलमा लागुऔषध ओसारपसार
नेपालकागज
नेपालकागज सोमबार, वैशाख १९, २०७९

सप्तरी । जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१  लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ । 

पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । 

उजुरी दर्ता भएकामध्ये पाँच जना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । 

घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । 

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०÷७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ ।

भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो । राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट लागुऔषधसहित विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतो पक्राउ परेका थिए । 

उनीहरूको साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

सप्तरीबाट काठमाडौँ लैजान ठीक पारेको दुई हजार १०० ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३९९ बोतल डाइलेक्स डिसी सिरफ र २८८ क्याप्सुल प्रोक्सीभोन प्रहरीले राजविराज–२ स्थित गुलाब ग्यारेजमा राखिएको ना८ख ५८३७ नम्बरको विशाल मेट्रो बसबाट गत पुस १० गते बरामद गरेको थियो । 

लागुऔषधका पटके आरोपित सोही बसका सहचालक कञ्चनरूप नगरपालिका–८ का सञ्जय भुजेल र बोदेबर्साइन – ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँलाई पक्राउ गरेको थियो  ।

ठूलो परिमाणका कारोबारीसँगै प्रहरीले दुव्र्यसनी र ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेपछि सप्तरी प्रहरीका हिरासत कक्ष अहिले लागुऔषधका आरोपितहरूले भरिएका छन् । 

जिल्ला प्रहरी कार्यालय र मातहतको ‘क’ श्रेणीका तीन  इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अधिकांश लागुऔषध आरोपित रहेको प्रहरीले जनाएको छ । 

बरामद भएका लागुपदार्थको परिमाण र उजुरी दर्ता पनि बर्सेनि बढ्दै गएको छ । प्रहरीले आर्थिक वर्ष ०७६÷०७७ मा लागुऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो । ती मध्ये तीन जना अझै फरार छन् । 

यस्तै आर्थिक वर्ष ०७७÷०७८ मा ८८ उजुरी दर्ता गरी १५३ जनालाई पक्राउ गरेको थियो । ती मध्ये नौ जना फरार छन् । खुला सिमानाको फाइदा उठाउँदै पर्याप्त मात्रामा लागुऔषध छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । 

प्रहरी उपरीक्षक काफ्लेका अनुसार पैदल, साइकल, अटो रिक्सा, मोटरसाइकललगायतमा लोड गरी लागुऔषध भारतबाट सप्तरी भित्रिने र बसमार्फत हेटौँडा, काठमाडौँ, पोखरासम्म पुग्ने गरेको बताउनुभयो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवणसमेत मिलाइ तयार गरिने पदार्थ र सरकारले तोकिदिएको प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ ।

कानुनले लागु पदार्थको अवैध ओसारपसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार लागुऔषध दुव्र्यसनीलाई दुई महिनासम्म कैद र रु दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

दुव्र्यसनीबाहेक अन्य निषेधित कार्य गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र रु एक लाखदेखि २० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो ।

आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई छ महिनादेखि पाँच वर्षसम्म कैद वा रु दश हजारसम्म जरिवाना हुनेछ । घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारीसमेत जफत हुनसक्ने व्यवस्था छ ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले लागुऔषध नियन्त्रणमा सप्तरी प्रहरी आक्रमक शैलीमा लागेको बताउनुभयो । 


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:१३
#अपराध #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्