Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • युद्ध मैदानकी चेली : कस्तो दुर्भाग्य ! गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी ।
युद्ध मैदानकी चेली : कस्तो दुर्भाग्य ! गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी ।
नेपालकागज
नेपालकागज बुधबार, वैशाख ७, २०७९

काठमाडौँ । युद्धको मैदानामा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् । 

गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य ! गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले राखी नै रहन्छन् ।  उनका अनेकन प्रयास सफल हुँदैनन् । 

शान्ति सेनामा जाने तयारीसम्मै खुसी हुदैन सिपाहीको मन । मनभरि अशान्ति बोकेर शान्ति खोज्न जानु पो कहाँ ? भाइलाई छटपटी हुन्छ । लगत्तै आएको भाइटीकामा दिदीको घर पुग्छन् भाइ तर दिदीले भाइटीका लगाइदिन्नन् । “अचानक भएको मुठभेडमा कर्तव्य निर्वाह मात्र गरेको थिएँ, सक्छेउ भने माफ देउ”, त्यस दिनको घटना परिबन्दमा परेर भएको कुरा भाइले सुनाउँछन् र घरबाट निस्किन्छन् । “भाइ !”, अली पर पुगेपछि भाइको कानमा दिदीको आवाज गुञ्जिन्छ । भाइ फरक्क पछि फर्किन्छन्, यत्तिकैमा कथा सकिन्छ । 

त्यसपछि के होला ? यही कौतुहल जगाएर सकिने लघु चलचित्र ‘सेनाको चेली’ द्वन्द्वको परिघटनालाई स्मरणमा ल्याइदिने एउटा प्रतिविम्ब हो । जसले नेपालको दश वर्षे सशस्त्र द्वन्द्व र त्यसले उत्पन्न गरेका सामाजिक घाउहरुलाई पुनः एकपटक सम्झाइदिन्छ । 

चलचित्रका शब्द र दृश्यमा जताततै भावना झल्किन्छ । सामाजिक वाध्यता, देशको परिवेशसँगै मानिसका सम्बन्ध र शान्तिका सन्देश छरपष्ट पाइन्छन् सेनाकी चेलीमा । यही कथावस्तु बोकेर लघु चलचित्र प्रतियोगितामा प्रवेश गरेको सेनाकी चेलीले मुल्याङ्कन समितिको ध्यान आकर्षण गर्न सक्यो । जसले यसपालि उत्कृष्ट लघु चलचित्र घोषित हुँदै नेपाली सेनाबाट रु दुई लाख पुरस्कार लिन सफल भयो । 

शान्तिका लागि दौडिरहेको एक कर्तव्यनिष्ट सैनिक जवानको मनभित्रको अशान्तिलाई उधिन्ने लघु चलचित्र सेनाको चेलीमा जनयुद्धको कालखण्ड छुँदै अघि बढेको मर्मस्पर्शी कथावस्तु छ । कलाकार इँगिहोपो कोइँचले उक्त चलचित्रको लेखक, निर्देशक तथा निर्माण गर्नुभएको हो ।

चलचित्रमा सेना र विद्रोहीको अवस्थालाई समेत झल्काइएको छ । उहाँले आफ्ना हजुरबुबा ब्रिटिस लाहुरे, दाइहरु आर्मी भएकाले पनि सेनाको भावनामा चल्ने चित्रमा खेल्न मन लागेको सुनाउनुभयो । गतसाल उत्कृष्ट भएको चलचित्रमा मुख्य भूमिका निभाउनुभएका कोइँचले यसपालि लघु चलचित्र निर्माण गरेरै सफलता प्राप्त गर्नुभयो ।

सेनाका जवान घरबाट टाढा हुनुपरेको आफ्नै कथा हुन्छ होला भन्ने कल्पना उहाँमा जाग्यो । त्यसभित्र आफ्ना परिवार इष्टमित्रसँगको सम्बन्ध कति विछोडिन पुग्छ । अझ दिदीभाइको सम्बन्धमा आघार पुग्दा के होला, यस्तै यसतै कुरा मनभित्र छचल्किँदै जाँदा उक्त चलचित्रको कथा तयार भएको उहाँले सुनाउनुभयो । मुख्यत दिदीभाइका भावनालाई उहाँले उन्नुभएको छ । 

मुलुकको कर्तव्यनिष्ट व्यक्तिले कर्तव्य पालनाका सिलसिलामा के सम्म गर्नुपर्ने हुन्छ भन्ने सन्देश यो सानो चलचित्रले दिन खोजेको छ ।  

भाइले ल्याएको उपहारसमेत नलिने गरी दिदीभाइको सम्बन्धमा आएको दरार र सम्बन्ध विस्तारमा भाइले गरेको प्रयास मन छुनेका खालको छ । चलचित्रका केही दृष्य दर्शकको आँसु खसाउने खालको छ ।

“विगतको जनयुद्ध एउटा घटना हो, तर जुनसुकै बेला मानिस आफैँमा अशान्त हुन्छ नी त्यो कुरालाई शान्ति सेनाका माध्यमबाट शान्त बनाउने प्रयास गरेको छु”, चलचित्रको कथाबारे कोइँचले भन्नुभयो । 

कथामा सशस्त्र द्वन्द्व सकिन्छ, त्यसपछि विद्रोही योद्धामा के समस्या आउला, उसले पाउने दुःख के होला, दुःख समस्या मात्रै होइन त्यसले सुख पनि दिनसक्छ भनेर परिवर्तनको सन्देश समेत मिसिएको छ । विगतको सशस्त्र द्वन्द्वमा बाहिर नआए पनि यस्ता घटना नभएका होइन्न । अन्तत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने खालको चलचित्र बनेको छ ।

“मैले तीन घण्टाबीचमा सोचेको कथा हो”, उहाँले भन्नुभयो, “हरेक काम यती हतारमा भएको छ की सम्झनै सकिन्न ।” उहाँका अनुसार १५ दिन भित्रमा ‘स्क्रिप्ट’ तयार पारिएको हो । ‘टप टेन’मा छनोट भएपछि कलाकार टिम खोजेर उहाँले चार दिनमा छायाङ्कन सक्नुभएको सुनाउनुभयो ।

शान्ति सेनामा जाने तयारीका एक सिपाहीका माध्यमबाट घर शान्ति ठूलो कुरा हो भन्ने सन्देश छर्नुभएको छ । अरु देशमा शान्तिका लागि हिँड्न लागेको सेनाको जवानभित्र अशान्तिको भुङ्ग्रो छ, त्यसले मुटुमा हानिरहेको हुन्छ । खासमा त्यो परिबन्द र एक अर्कामा बुझाइमा आएको कमीले हो भन्ने कुरा कथाको अन्तिमतिरको दृष्यले बुझाउँछ ।

उहाँका अनुसार हरेक परिवारमा सम्बन्ध बिग्रिन्छ भने एक पटक कुरा गरेर कारण बुझाउन सक्नुपर्छ, एकपटक मात्रै संवाद भयो भने समस्या हल हुन्छ, तर समाजमा मानिस अरुको कुरा सुन्ने प्रवृत्ति र कुरा नबुझी व्यवहार गर्ने प्रवृत्ति जकडिएको छ, त्यसलाई चिर्न सक्नुपर्छ भनेर देखाउन खोजिएको छ । 

छोटो प्रयासमा बनेको लघु चलचित्र उत्कृष्ट भएर रु दुई लाख पुरस्कार पाउँदा उहाँमा खुसीको सीमा छैन । चलचित्रमका मुख्य भूमिका (दिदीको भूमिकामा कलाकार सङ्गीता थापा मगर र भाइको भूमिकामा किरण चाम्लिङ राई)ले जीवन्त अभिनय गर्नुभएको छ । 


प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्