Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • खुलेआम मिलोमतोमा पशुपक्षी तस्करी, वन विभाग मौन !
खुलेआम मिलोमतोमा पशुपक्षी तस्करी, वन विभाग मौन !
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, वैशाख ५, २०७९

काठमाडौँ । अचम्म र अनौठो लाग्न सक्छ खुलेआम मिलोमतोमा वन्यजन्तु तस्करी हुन्छ भन्दा । तर यस्तो भैरहेको घटनाक्रमहरूले पुष्टि गरेका छन । भारतबाट बन्यजन्तुहरु ल्याएर नेपालका बिभिन्न पर्यटकीय क्षेत्र तथा जिल्लाहरूमा बिभिन्न ब्यक्तिहरूको मिलोमतोमा वन्यजन्तु बिक्रीवितरण हुन्छन । 

यो तथ्य स्वयम् तस्करहरू नै स्विकार्ने गर्छन् । देशका बिभिन्न सिमानाका प्रयोग गरेर भारतबाट तस्करहरूले पशुपक्षी जन्य वन्यजन्तु ल्याएर विराटनगर, पोखरा, काठमाडौँ लगायतका पर्यटकको आगमन हुने ठाउँमा बेच्ने गर्दछन् ।

ठमेलमा भेटिएका एक तस्कर सँग हाम्रो जम्काभेट भयो । हामीले उनलाई भन्यौँ यसरी चराचुरुङ्गी बेच्नु गैरकानुनी हो । तर उनले दाबी गरे, "कसरी गैरकानुनी ? म त व्यापारी पो हुँँ । मैले नेपाल सरकारलाई भन्सारमा राजस्व बुझाएर यि चराचुरुङ्गी बेच्न ल्याएको हुँँ ।" मैले भैरहवा नाकाका कर्मचारीलाई राजस्व बुझाएको छु ।"

ति तस्करका अर्का मित्रले बाँकेको नेपालगन्ज नाकाबाट भन्सारका कर्मचारीलाई राजस्व बुझाएर पर्ची काटेर अनुमति सहित पशुपक्षी बेच्न ल्याएको दाबी गरे । 

यि केही ब्यक्तिहरू हुन जसलाई हामीले ठमेलमा भेट्यौँ तर यस्तो गैरकानुनी काममा गिरोहनै संलग्न रहेको छ । अहिले यस्ता गिरोह ठमेलमा सलबलाउँदो क्रममा रहेका छन । 

यस विषयमा बुझ्न हामीले वन कार्यालय काठमाडौँ भनेर गुगल गर्‍यौँ र डिभिजन वन कार्यालय बागमती प्रदेश भनेर गुगलमा देखिने नम्बरमा सम्पर्क गर्‍यौँ । तर फोन भने सर्वसाधारणको घरमा उठ्छ ।
 
नेपाल सरकारको एउटा अभिन्न निकायको सम्पर्क नम्बर सर्वसाधारणको घरमा उठ्छ । उक्त नम्बरमा सम्पर्क गर्दा कार्की थरकी एक महिलाले फोन उठाउनुभयो । 

हामीले डिभिजन बन कार्यालयमा सम्पर्क गरेको भन्दा उहाँले आफ्नो दुखेसो सुनाउनुभयो । उहाँले भन्नुभयो, "गुगलमा मेरो घरको नम्बर डिभिजन बन बागमती प्रदेश भनेर राखेको रहेछ । प्रत्यक दिन फोन आउँछ बन कार्यालय भनेर । हामी हैरान भैसक्यौँ । यस विषयमा बन कार्यालयमै गएर जानकारी गराउँदापनी कुनै सुनवाइ भएन ।"
 
कुनै व्यक्ति सर्वसाधारणलाई महत्वपूर्ण सूचना आदानप्रदान गर्नुपर्‍यो वा वनजंगल कुनै विपत्ति आइपर्‍यो (जस्तै आगलागीका घटना) भने इमर्जेन्सी परेको बखत फोन गर्दा फोन सर्वसाधारणको घरमा उठ्छ । 

हामीले बन विभागको आधिकारिक वेब साइटमा रहेको सम्पर्क नम्बरमा सम्पर्क गर्दा फोन उठेन । 
 
अन्य स्रोतबाट एक जना बन अधिकारीलाई सम्पर्क गर्‍यौँ । ति अधिकारीले नाम नखोल्ने शर्तमा आफुहरुलाई वन्यजन्तु तस्करी तथा काठमाडौँमा विक्रिवितरण बारे जानकारी भएको तर एउटा दुईटालाई पक्रेर ल्याएर केहीपनि नहुने बताउनुभयो । उहाँले भन्नुभयो, "हामीले कतिलाई समातेर लिएर आयौँ तर के गर्ने देख्दै विपन्न वर्गका देखिन्छन त्यसैले सम्झाएर बुझाएर छाडिदिन्छौँ । उहाँका अनुसार यो विषय धार्मिक पनि भएकोले केही नगरिएको हो ।" 

उहाँका अनुसार स्वयम्भु, बौद्ध, पशुपतिनाथमा परेवा लगायतका चराचुरुङ्गी भगवानलाई दान गर्ने प्रचलन रहेको छ । पर्यटकहरू चराचुरुङ्गी किनेर उडाउने गर्छन् त्यसैले यो धर्म र पर्यटनसँग अन्तर्सम्बन्धित विषय भएकोले धेरै ठाउँमा केही गर्न नसकिएको हो । 

तस्विर : तस्करका नाइकेहरूले बेचबिखन गर्न राखेका भरियासँग कुरा गर्दै पशु अधिकारकर्मी प्रकाश मल्ल 

यो रिपोर्टिङमा सँगै रहनुभएका पशु अधिकारकर्मी तथा सहयोगी पाइला सामाजिक संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष प्रकाश मल्लले नेपाल कागज सँग भन्नुभयो, "काठमाडौँ जस्तो संवेदनशिल ठाउँमा भारतबाट ल्याएर पशुपक्षी बेच्नु भनेको प्रत्यक्ष नेपाल सरकारको सम्बन्धित निकाय तथा पशुपक्षी कल्याणकारी संस्थाहरू माथि नै ठुलो प्रश्न चिन्ह खडा हुनु हो । पशुपक्षी यसरी खुलेआम बिक्रीबितरण हुनु गम्भिर कुरो हो"

उहाँले भन्नुभयो, "यसरी भारतबाट पशुपक्षी ल्याउँदा पशु सम्बन्धी कानुन उल्लंघन त हुन्छ नै त्यसैमा बिभिन्न प्रकारका रोगहरू समेत भित्रिन सक्छ । यसरी ल्याइने पशुपक्षीमा बर्ड फ्लु लगायतका रोग हुनसक्छन् । यसले नेपालमा रहेका अन्य पशुपक्षीमा असर गर्न सक्छ । यस्ता तस्करहरूलाई कारबाही हुनुपर्छ । के यो लाइसेन्स लिएर वन्यजन्तु पालन, बेचबिखन गर्न पाउनेगरी बन्न लागेको नियमको सुरुवात हो ?"

सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट लाइसेन्स लिएर मृग प्रजातिका दशवटा स्तनधारी प्राणी, १२ चरा र अजिंगर बाहेक सबै सरीसृप पालन, प्रजनन, मासु खान, बेचबिखन र विदेश निकासी गर्न पाइने गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ संशोधन गरेर सरकारले मापदण्ड निर्माण गर्न तयारी गरेको अवस्था छ । 

जे होस् यदि तपाइ ठमेल घुम्न जानुहुन्छ भने यस्ता सङ्गठित तस्करहरूलाई देख्न र भेट्न नसकेता पनि तस्करका नाइकेहरूले बेचबिखन गर्न राखेका सोझासाझा भरियालाई भने देख्न सक्नुहुनेछ । त्यहाँ के भैरहेको छ भन्ने बारे बन विभाग तथा सरकारी निकायलाई थाहा छ तर किन टाउको दुखाइ लिने भन्ने सोँच सरकारी संयन्त्रहरुको छ । त्यसैले सबै खुलेआम मिलोमतोमा भैरहेको छ तर देखेर पनि नदेखेको जस्तो गर्छ सम्बन्धित निकाय । तैँ चुप मैँ चुप !   


प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १४:०८
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्