Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • 'झ्यालबाट सूचना दिँदा दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, सूचना ढोकाबाट मात्रै दिनुपर्छ'
'झ्यालबाट सूचना दिँदा दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, सूचना ढोकाबाट मात्रै दिनुपर्छ'
नेपालकागज
नेपालकागज सोमबार, चैत २८, २०७८

काठमाडौँ । उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियन्ताले सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । 

स्थानीय तह निर्वाचनका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनको समयमा सही सूचना प्रवाह’ सम्बन्धी अन्तरक्रियामा उहाँहरूले सही सूचना प्रवाहमा कुनै कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । निर्वाचनका समयमा सही सूचना प्रवाह नभएका अवस्थामा छोटो अवधिमा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उहाँहरूले सूचना प्रवाहमा ‘भ्याकुम’ को अवस्था आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । 

सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उहाँको भनाइ थियो । “झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, त्यसैले सूचना ढोकाबाट मात्रै दिनुपर्छ”, सही सूचना प्रवाह गर्ने कमजोर अभ्यासको परिणामबारे सचेत गराउँदै उहाँहरूले भन्नुभयो ।
 
निर्वाचन आचारसंहिताका केही बुँदा सूचनाको हकको प्रावधानसँग बाझिने भन्दै उहाँहरूले जनताको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रहार गर्ने विषयबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । ‘निर्वाचनका सन्दर्भमा सही सूचना प्रवाह र कानूनी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले निर्वाचनका समयमा देखिने भ्रमपूर्ण सूचना प्रवाह गर्ने विश्वव्यापी प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो । 

जिम्मेवार पदमा बसेका व्यक्तिले सूचनाको सम्प्रेषणमा सजगता अपनाउनुपर्ने दाहालले उल्लेख गर्नुभयो । निर्वाचनका समयमा सही सूचना सम्प्रेषण गर्न सूचना आयोग र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनता भयभीत हुने र निर्वाचनप्रति नकारात्मक सन्देश दिने खालको सूचना प्रवाह गर्न नहुने बताउनुभयो ।
 
“सम्बन्धित राजनीतिक दलले उम्मेदवारको व्यक्तित्वका बारेमा मतदातालाई सूचना दिँदै लैङ्गिक र समावेशीताको दृष्टिकोणबाट पनि जनतालाई सूचित गराउनुपर्छ”, उहाँले भन्नुभयो । निर्वाचनको सम्मुखमा मात्र नभई सधैँ मतदाता जागरण, मतदाता शिक्षा सञ्चालन गर्न दाहालले निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । भ्रमपूर्ण सूचनाले मतदाता भयभीत हुनसक्ने भन्दै उहाँले सञ्चारमाध्यमले सही सूचना मात्र सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । “निर्वाचनसँग सरोकार भएका जिम्मेवार व्यक्ति तथा संस्थाले तोकिएका समयमा सही सूचना सम्प्रेषण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
 
लोकतन्त्रको सुदृढीकरण तथा सही सूचना पाउने नागरिकको अधिकार प्रत्याभूत गराउन सूचना आयोग कडाइका साथ प्रस्तुत हुनुपर्ने दाहालको सुझाव छ ।
 
सूचनाका हकका विज्ञ टङ्क अर्यालले सही समयमा उपयुक्त स्थानबाट सही सूचना प्रवाह हुन नसके त्यस अवस्थामा गलत सूचना प्रवाह हुनसक्ने बताउनुभयो । गलत सूचना तीव्र गतिमा फैलने गरेको भन्दै उहाँले आम जनमानसमा ‘डिजिटल’ साक्षरता बढाइनुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवार लक्षित गरेर गलत अफवाह फैलनसक्ने, गलत सूचनाको निरन्तरको प्रवाहले निर्वाचन प्रभावित हुनसक्ने र स्वतन्त्र छलफल र विचारमाथि प्रहार हुनसक्ने उहाँको भनाइ छ ।
 
अधिवक्ता अर्यालले सामाजिक सञ्जालले सूचना प्रवाहमा सजिलो र छरितो बनाए पनि यसले सँगसँगै जोखिम पनि बढाएको बताउनुभयो । सामाजिक सञ्जालमार्फत फैलनसक्ने गलत सूचना रोक्न सम्बन्धित सञ्जालसँग सहकार्य गरेर भ्रामक सूचना रोक्न आयोगले छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।
 
‘राजनीतिमा सक्रिय महिलाविरुद्ध हुने हिंसा’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पानोस साउथ एशियाका निर्देशक दीपक अधिकारीले निर्वाचनका समयमा महिला उम्मेदवारमाथि अनावश्यक लाञ्छाना लगाउने, महिलाको क्षमताको अवमूल्यन गर्ने र घृणायुक्त भनाइमार्फत प्रहार गर्ने पाइएको बताउनुभयो । 

राजनीतिक नेत्रीले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको, गाली बेइजति तथा होच्याउने खालका प्रतिक्रियाको सामना गर्नुपरेको उहाँको भनाइ छ ।
 
पानोस साउथ एशियाले गरेको एक अध्ययनमा सरकार तथा शक्तिको पदमा रहेका महिला राजनीतिज्ञ अनलाइन दुव्र्यवहारको मारमा पर्ने सम्भावना बढी देखिएको, सामाजिक सञ्जालमा सक्रियको हकमा उनीहरुले स्त्रीद्वेषी प्रतिक्रिया र घृणायुक्त भनाइको सामना गर्नुपर्ने अवस्था पाइएको उहाँले जानकारी दिनुभयो ।

 


प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्