Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • नवरात्रको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो : प्रधानमन्त्री मोदी
नवरात्रको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो : प्रधानमन्त्री मोदी
नेपालकागज
नेपालकागज शनिबार, चैत १९, २०७८

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ । 

दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताउनुभएको हो । 

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उहाँले भन्नुभयो, “अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।” प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उहाँले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । 

आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्नुभएका भारतका प्रधानमन्त्री मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भन्नुभयो । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताउनुभयो । दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उहाँले दोहो¥याउनुभयो । 

नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवद्र्धनमा भारतले सघाउने, नेपालले झेल्नु परेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताउँदै उहाँले आजदेखि सञ्चालनमा आएको जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गर्नुभयो । 

भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस्भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा पनि आफूहरूले छलफल गरेको जानकारी दिँदै भारतका प्रधानमन्त्रीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामायण परिपथको विकास, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने बताउनुभयो । 

काठमाडौँको पशुपतिनाथ र वाराणसीको काशीविश्वनाथका कारण दुई देशबीचको सम्बन्ध अनादिकालदेखि विशेष रहेको प्रसङ्ग जोड्दै उहाँले प्रधानमन्त्री देउवाले भोलि गर्नुहुने काशीविश्वनाथको यात्रा फलदायी रहोस् भन्ने कामना पनि गर्नुभयो । 


प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्