Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया
नेपालकागज
नेपालकागज बिहीबार, चैत १७, २०७८

ललितपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याउनुभएको छ ।

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा जुनसुकै बेला अप्ठेरोमा पर्न सक्नेतर्फ समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्पूर्ण सरोकारवालाको सहभागितामा मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ भन्नेमा आयोग दृढ छ, खर्च गरेर निर्वाचन जित्छु भन्ने मनसाय राख्ने दल र उम्मेदवारले लोकतन्त्रको दुहाइ दिन मिल्दैन, पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ ।”

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन भनेको राजनीतिको कर्मकाण्डी प्रक्रिया नभई विकास, सहभागिता र सुशासन प्रत्याभूतिको प्रक्रिया भएकाले आचारसंहिता पालनाको संस्कृतिलाई अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन भनेको समानता र सभ्यताको प्रणाली हो भने आचारसंहिता स्वावलम्बन र स्वराजको प्रक्रिया हो, प्रजातन्त्र चाहिँ सांस्कृतिक अभ्यास हो । आचारसंहिता पालनाको मुख्य जिम्मेवारी राजनीतिक दल र उम्मेदवारको हो ।”

नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले १८ वर्ष उमेर नपुगेकाले मतदान गर्न पाउँदैनन्, उमेर पुगेका धेरै रोजगारीका लागि विदेशिएको अवस्था रहेको तथा ज्येष्ठ नागरिक मतदान गर्न जान नसक्ने हुँदा  निर्वाचनमा धेरै पैसा केका लागि खर्च गर्नुपर्छ भनी जिज्ञासा राख्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला निर्वाचन लोकतन्त्रको सुदृढीकरण र जनताको हितका लागि नभई राजनीतिक दल र नेताका लागि मात्र हुन पुगेको छ । यस्तो निर्वाचनले देश र जनताका भलो गर्दैन, निर्वाचन सुशासनका लागि कि खर्च गर्नका लागि हुन लागेको छ  ।”

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्वच्छ, स्वतन्त्र र विश्वासनीय निर्वाचन गराउने संवैधानिक दायित्वअनुरुप आयोगले निर्वाचनको तयारीलाई तीव्र र सघनरुपमा अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वच्छ र स्वतन्त्र निर्वाचन सुशासनको कडी हो, आचारसंहितालाई नैतिक र कानुनी बन्देजका रुपमा रहेकाले निर्वाचनमा सबैलाई बराबरको अवसर प्रदान गर्न पूर्णपालनामा जोड दिएका हौँ ।
 
निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडी, सहसचिव यज्ञप्रसाद भट्टराई र  पूर्वमन्त्री माधव पौडेलले  निर्वाचन आचारसंहिता, राजनीतिक दलको आयव्यय तथा कार्यान्वयन र अनुगमनसम्बन्धी बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन मतपरिणामलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन आचारसंहितको पालनामा जोड दिनुभयो । उहाँहरुले निर्वाचनलाई किफायती बनाउन महोत्वस होइन दैनिकीका रुपमा लैजानुपर्छ भनी सुझाव दिनुभयो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचन आचारसंहिता किन, मूलभूत व्यवस्था र पालना गर्नुपर्ने आचरण तथा कार्यान्वयनमा सरोकारवाला पक्षबाट प्रतिबद्धता जाहेर गर्न आयोगले  अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिनुभयो ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठ, माधव पौडेल, नेकपा एमालेका खेमप्रसाद लोहनी र बाबुराम दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा (माओवादी केन्द्र)का खिमलाल देवकोटाले लोकतन्त्रलाई सुदृढ तुल्याउन र निष्ठाको  राजनीतिमा रहेका उम्मेदवार चयनका लागि निर्वाचन आचारसंहिता पालनामा कठोर हुन र स्वतन्त्रपूर्वक काम गर्न आयोग पदाधिकारीलाई सुझाव दिनुभयो ।

नागरिक समाजका तर्फबाट प्राध्यापक कपिल श्रेष्ठ, खेमराज रेग्मी, इन्दिरा श्रेष्ठ, मीन खड्का, आशा बस्नेत, प्रदीप श्रेष्ठ, इन्दु तुलाधर तथा गाउँपालिका महासङ्घका अध्यक्ष वंशलाल तामाङ लगायतले पछिल्ला निर्वाचनमा पैसा खर्च गरेर नतिजा आफ्नो पक्षमा ल्याइएकाले जनप्रतिनिधिप्रतिको आस्था र विश्वास घटेकाले निर्वाचन आचारसंहिताको पूर्णपालना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्‍याउन सरोकारवाला पक्षसँग आग्रह गर्नुभयो ।

आयोग र नेपाल कानुन समाजले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयमा यसअघि मुलुकका सातै प्रदेशसहित १४ स्थानमा कार्यक्रम गरी सकेको छ ।


प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्