Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • कानुन बनेपनि प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवा
कानुन बनेपनि प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवा
नेपालकागज
नेपालकागज बुधबार, चैत १६, २०७८

काठमाडौँ । सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन  सकिएको छैन । 

कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको क्रममा थुप्रै महिलाको स्वास्थ्य जोखिममा परेको छ । कतिपय अवस्थामा महिलाको ज्यानैसमेत जाने गरेको छ । असुरक्षित गर्भपतनका कारण कति महिलाले अकालमा  ज्यान गुमाउँछन् भन्ने सरकारसँग आधिकारिक तथ्याङ्क छैन । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाद्वारा हालै जारी सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, २०७८ ले सुरक्षित गर्भपतन सेवा सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएको छ  । अझै अधिकांश स्थानीय तहले सो सेवा प्रदान गर्न सकिरहेका छैनन् । आफूहरुसँग पर्याप्त नर्स र चिकित्सक रहे पनि उनीहरुलाई तालिम दिन नसक्दा सेवा सञ्चालन गर्न नसकेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले भन्नुभयो, “कानुनले हामीलाई अधिकार दिएको छ । तालिम प्राप्त जनशक्तिको अभावले चाहेर पनि सेवा दिन सकेका छैनौँ ।” कानुन मात्र बनाउँदैमा सेवा प्रभावकारी नहुने उहाँको भनाइ छ । “सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय भए मात्र सेवा प्रभावकारी बनाउन सकिन्छ”, घिमिरेले भन्नुभयो । 

तारकेश्वर नगरपालिकाले सुरक्षित गर्भपतन सेवा अझै सञ्चालनमा ल्याउन नसकेको छैन । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार साहले भन्नुभयो, “कोरोना महामारी व्यवस्थापनमा ध्यान केन्द्रित हुँदा जनस्वास्थ्यका अन्य समस्या सम्बोधन गर्न ढिलाइ भएको हो ।” सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन पर्याप्त कानुन बनाउनेमा नेपाल अग्रणी मुलुकमा पर्छ । नेपालमा मातृ मृत्युदर घटाउनुका साथै महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न सरकारले २०५९ सालदेखि सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । यसैलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति, २०६० बनाई लागूसमेत गरेको छ । 

विसं २०७२ को संविधानको धारा ३८ को उपधारा २ ले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक प्रदान गरेको छ । संविधान प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षण गर्न सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र नियमावली, २०७७ जारी गरेको छ । यसले सुरक्षित गर्भपतन सेवालाई महिलाको अधिकारका रुपमा स्थापित गर्न मद्दत गरेको छ । यो सेवा सबै महिलाको पहुँचमा ल्याउने दायित्व सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको हो ।  

महिला विकास तथा कानुन मञ्चमा आबद्ध अधिवक्ता सविन श्रेष्ठ ऐन नियमावली कार्यान्वयनको पक्ष फितलो भएकाले समस्या भएको बताउनुहुन्छ । सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ऐन ल्याउने मुलुकमा नेपालसहित फिलिपिन्स, युगान्डालगायत मुलुक मात्रै छन् । 

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले महिला स्वास्थ्यलगायतका क्षेत्रमा नेपालले विगतका वर्षको तुलनामा निकै प्रगति गर्दैआएको दाबि गर्नुभयो  । नागरीक समाज, सञ्चारमाध्यमलगायत क्षेत्रबाट पर्याप्त दबाब दिन सके  अहिलेको अवस्थामा सुधार गर्न सकिने उहाँले बताउनुभयो । 

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष ९५ हजार महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ५७ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सुरक्षित गर्भपतनाई कानुनी मान्यता दिएपछि असुरक्षित रुपमा गरीने गर्भपतनमा केही कमी आएको जानकारी दिनुभयो । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवतीको अवस्था अनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मन्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाइने व्यवस्था उक्त ऐनले गरेको छ । 

यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा पनि महिलाको मन्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था सो ऐनमा छ । 


प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्