Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पहाडी थुम्का च्यातिए, चट्टानका पत्र धजा परे, तीनतलेमा 'गडगड’ ‘पटपट' को आवाज किन आइरहेको छ?
पहाडी थुम्का च्यातिए, चट्टानका पत्र धजा परे, तीनतलेमा 'गडगड’ ‘पटपट' को आवाज किन आइरहेको छ?
नेपालकागज
नेपालकागज सोमबार, चैत १४, २०७८

महोत्तरी । महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ ।  

गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् । ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिनुभयो । उहाँहरुले तीनसम्म पहिरोको स्थलगत अध्ययन गर्नुभएको थियो । 

“यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन”, उपप्राध्यापक प्रकाशचन्द्रले भन्नुभयो, “यहाँ नयाँ र थप अध्ययन गरिनपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ ।” पहिरो गएको पाहाडको शृङ्खला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उहाँको भनाइ छ ।

“पहाडी थुम्का ठाउँठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्”, वातावरणविद्  सरोज भन्नुभयो, “पहिरो गएको पाहाडि थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ ।” घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठी रहेको वातावरणविद् उहाँको भनाइ छ । सबैभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ ।

पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उहाँको भनाइ छ । तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रुप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिनुभयो । अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहनुभएका उहाँले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरुको चासोकै लागि सामाजिक सञ्जालमा तीनतले पाहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताउनुभयो ।

“म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु”, उहाँले भन्नुभयो, “तीनतले मुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो ।” एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिनुभयो । आफूले करिब एक महिनापहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उहाँले बताउनुभयो ।

सुक्खा याममा गत बुधबार मध्यरातपछि तीनतलेमा पहिरो गएको हो । विष्फोटको आवाजले तीन÷चार पटक पहिरो गएको स्थानीयले बताउँदै आएका छन् । पहिरो गएयता पहाडी थुम्का र फेदी नजिक लगातारजसो ‘गडगड’ र ‘पटपट’ जस्तो आवाज सुनिन थालेपछि यो दैवी आपत्तिको सङ्केत भन्दै चुरे काछवासी डराएका छन् । घटनालाई ईश्वर रिसाएर भएको तामाङ बसोबास बाहुल्यताको काछवासीको बुझाइ छ ।

घटनास्थलको अवलोकन गर्नुभएका दुवै विज्ञले यो विशेष प्रकृतिको भौगर्भिक घटना भएको हुँदा यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औँल्याउनुभएको छ । “हामीले स्थलगत अवलोकनपछि समाजका विभिन्न पक्षसँग पनि अन्तरक्रिया गरेका छौँ”, भूगर्भशास्त्री प्रकाश चन्दले भन्नुभयो, “अब हामीले देखे बुझेको कुरा वरिष्ठ भूगर्भविज्ञ (वैज्ञानिक) डा मेघराज धिताल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना पुलचोक ललितपुरका विज्ञलाई दर्शाउँछौँ ।” यो गम्भीर र फरक प्रकृतिको भौगर्भिक घटना भएको हुँदा निरन्तर अध्ययन र अनुसन्धानको चासोमा पर्नुपर्ने दुवै विज्ञको ठहर छ ।

पहिरो गएयता त्यसअघिको ५० मिटरभन्दा फराकिलो खयरमारा खोलाको चौडाइ साँघुरिएर १० मिटरमा झरेको छ । खोलाको भाग खोच बन्दै गएको, पहाडी थुम्का लगातार ठेलिँदै पूर्वतर्फ धकेलिएको र चट्टानमा धजा पर्ने क्रम जारी नै रहेको हुँदा यसले थप जोखिम बढाएको घिमिरेद्वयको निष्कर्ष छ । “चुरे काछका १० भन्दा बढी बस्ती त जोखिममा देखिए नै” उहाँले भन्नुभयो, “करिब तीन किलोमिटर दक्षिणको खयरमारा बजार पनि जोखिम बाहिर छैन ।” अहिले सुक्खायाममै गएको पहिरो बर्खा आउनुअघि समुचित व्यवस्थापन नगरिए अकल्पनीय विपत्ती आइपर्न सक्ने विज्ञद्वयको ठम्याइ छ ।

खयरमारा उत्तरका चुरे काछका पाखा र फेदीका चौरमा गरी १० भन्दा बढी बस्ती छन् । बर्दिबास–१० र ११ मा पर्ने यी बस्तीका बासिन्दा पहिरो गएयता राम्ररी निदाउन सकेका छैनन् । पहिरोबारे सामाजिक सञ्जाल, छापा र विद्युतीय सञ्चारमाध्यममा लगातार समाचार प्रसारण÷प्रकाशन भइरहे पनि जनप्रतिनिधिमूलक र प्रशासनिक निकाय अवस्था हेर्नसम्म पनि नआएका खयरमारा–११ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता विष्णु भण्डारीको गुनासो छ । अब काठमाडौँबाट आएको भूगर्भविज्ञ र वातावरणविज्ञको अवलोकन र अध्ययनले सम्बद्धपक्षको चासो बढाइदिने खयरमारावासीले आश सङ्गालेका छन् ।


प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्