Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • गरिब-विपन्न परिवारका लागि पतिङ्गर इन्धन र आय आर्जनको स्रोत बन्यो
गरिब-विपन्न परिवारका लागि पतिङ्गर इन्धन र आय आर्जनको स्रोत बन्यो
नेपालकागज
नेपालकागज शनिबार, चैत १२, २०७८

महोत्तरी । वसन्त ऋतुमा वनका रुख बिरुवाले नयाँ पालुवा फेर्नथालेसँगै गरिब परिवारका सर्वसाधारणका लागि यसले आयआर्जनको अवसर दिलाएको छ । नयाँ पालुवा फेर्न वनक्षेत्रका रुखले झारेका पुराना पात महोत्तरीका गरिब परिवारले घरको इन्धनको रुपमा प्रयोग गर्नाका साथै अतिरिक्त आम्दानी पनि गर्न थालेका हुन् । वनमा पतिङ्गर सोहोर्ने महिलाको सङ्ख्या धेरै देखिन्छ ।

जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको दायाँ–बायाँका वनक्षेत्रमा अहिले टाढाटाढाका गरिब महिला पतिङ्गर बटुल्न व्यस्त देखिन्छन् । पतिङ्गर सोहोर्नेको आवागमनले अहिले वन क्षेत्रमा चहलपहल निकै छ । वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोर्न पुग्नेमा मुसहर र बाँतर जाति समुदायका दलित महिला बढी भेटिन्छन् । बर्दिबास र गौशालाबाहेक जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर, बाँतर जाति समुदायका महिला १५÷२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वनक्षेत्र पुग्ने गरेका हुन् ।

वन क्षेत्रको असरल्ल पतिङ्गर खरेटोले बटुलेर थुर्पानु, ठूलठूला बोरामा हालेर बाँध्नु र ओसार्नु यी गरिबको अहिलेको दिनचर्या बनेको छ । वन क्षेत्रमा बटुलिएको पतिङ्गर आफ्नै लागि खाना पकाउन इन्धन हुने र किसानले किनिदिँदा अतिरिक्त आर्जनसमेत भएपछि यो काममा गरिब महिलाको आकर्षण बढेको हो । उखु, परवल, ओललगायत नयाँ खेती (भर्खर रोपिएको) मा माटोको चिस्यान नजाओस् भन्नका लागि  झ्यासझुस र पतिङ्गरले छोप्ने गरिन्छ । 

पछिल्ला केही वर्षयता परवल र ओल खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दैकाले पतिङ्गरको माग पनि बढ्दै गएको छ । 

“जङ्गलके गिरल पत्ता समेट्क एक ठाम करैछी” (वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं) पतिङ्गर सोहोर्न बर्दिवास–८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुग्नुभएकी भङ्गाहा–४ रामनगरकी भुठ्ठी सादा मुसहरले भन्नुभयो, “खेती करवालासब् अही ठाम आक ललेइछै” (किसानले यही आएर लिने गर्छन्) । सोहोरेर थुपारिएको पतिङ्गरबाट  राम्रै रकम पाउने गरिएको यस काममा लागेका महिलाको भनाइ थियो । 

यी विपन्न गरिब समुदायका लागि बसन्त ऋतुको प्रतिक्षा हुन्छ । “कहिया पतझड (बसन्त ऋतु) आयत, जे पत्ता सम्ट जङ्गल जाइ” (कहिले बसन्त आउला र वनमा पतिङ्गर बटुल्न जाउँ भन्ने प्रतीक्षा हुन्छ) भुठ्ठीकै छिमेकको बस्ती पलारकी बाँतर समुदायकी शिलो बाँतरले भन्नुभयो । किसानले वनमै बोरा र ठूलठूला टालासमेत उपलब्ध गराएर पतिङ्गर जम्मा गरी दिएवापत् रकम दिन्छन् । बटुलेकै ठाउँमा रकम पाएपछि घर फर्कने बेलामा इन्धनका लागि भने आफैंले बोकेर लाने गरेको गौशाला नगरपालिकाकोको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर साहोेरिरहनुभएकी  औरही नगरपालिकाको टिम्किया बस्तीकी इजोतिया सादाले बताउनुभयो ।

अहिले खेतीपातीको  बेला नभएकाले स्थानीय महिलालाई   फुर्सतको उपयोग गर्दै केही आर्जन गर्न वनजङ्गलमा पतिङ्गर सोर्नु  अवसर मिलेकोे छ । मुसहर, बाँतर समुदायको मुख्य पेशा कृषि मजदुरी हो । धान, गहुँ काट्ने र रोपाइँका बेलामा यिनलाई गिरहत (जग्गाधनी किसान) को काममा लाग्नुपर्छ । अहिले खेतीको व्यस्त समय नभएको हुँदा घरको इन्धन र अतिरिक्त आर्जनका लागि पतिङ्गर बटुल्ने  अवसर मिलेको भङ्गाहा–३ सखरीटोलकी उजरी बाँतरले बताउनुभयो ।

“हजुर, अखैन गिरत सबके खेतमे कोनो काम नइ छै” (हजुर अहिले मालिकका खेतमा कुनै काम छैन) उजरीले भन्नुभयो, “तही स दु चार ढौवाके जोगारमे लागल छि (त्यसैले दुई÷चार पैसा आर्जन हुने काममा छौँ) ।”  भङ्गाहा नगरपालिकाका सकरी, वनरा, रामनगर, टिकुलिया, भिमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइलसहितका बस्तीबाट आएका दलित महिलालाई  अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङ्गर सोेहोर्न भ्याइनभ्याइ छ । पतिङ्गर सोहोर्ने, जम्मा गर्ने र ओसार्नेसहितका काममा घरमा भएका पति, भाइ÷भतिजाको साथ पनि पाइएको उनीहरूले बताए ।  यहाँका अधिकांश पुरुष रोजगारीका लागि पञ्जाब, हरियाणा र अन्य ठाउँ गएकाले  यो काममा महिला बढी देखिएका हुन् ।

माघदेखि चैतसम्म वनका रुखका पुराना पात झर्ने र वैशाखमा नयाँ पालुवा पलाउने गर्छ । हिउँदे वर्षा हुँदा वनका असरल्ल पात बटुल्न सजिलो हुने यस काममा लागेका महिलाको भनाइ छ तर यसपालि फागुन लागेदेखि नै वर्षा नभएकाले असरल्ल पातपतिङ्गर बटुल्न बढी समय लाग्ने गरेको छ ।अहिले पछिल्लो एकसातायता दैनिकजसो १००÷१५० को हाराहारीमा मुसहर र बाँतर महिला वनमा पतिङ्गर सोहोरी रहेका भेटिने गरेका छन् । 

बटुलिएका पतिङ्गरले आफूहरुलाई निकै सजिलो भएको  बर्दिवास–४ का परबल किसान रामजी पौडेलको भनाइ थियो।

दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य सङ्घका सचिव ज्ञानबहादुर बस्नेतले  बताउनुभयो ।  

वन क्षेत्रमा पतिङ्गर सोहोर्नेे चहलपहलले वन्यजन्तु र चराचुङ्गी भाग्न थालेका छन् । धुम्रपान (बिडी चुरोट) पान गर्ने लतका महिलाले राम्ररी ननिभाएको बिडी–चुरोटको ठुटा र सलाइको काँटीले वनमा आगलागीका घटना  बढाएको वन हेरालुको गुनासो थियो भने पतिङ्गर सोहोर्न पुगेका महिलाले भने वनक्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौतारिनुपरेको गुनासो गरेका थिए  ।


प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्