Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्छ : प्रधान सेनापति शर्मा
नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्छ : प्रधान सेनापति शर्मा
नेपालकागज
नेपालकागज बुधबार, चैत ९, २०७८

दिपायल । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताउनुभएको छ ।

५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्ने र गर्दै आएको स्पष्ट पार्नुभयो । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो ।

प्रधान सेनापति शर्माले भन्नुभयो, 'संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईंहरुले ज्ञान र सीप स्वदेशमा नै उपयोग गर्नूस् ।'

प्रत्येक सेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा भूपू सम्मेलन र स्वास्थ्य शिविर एकैसाथ गर्ने अभ्यास रहिआएको छ । नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वयमा भएको सम्मेलनमा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य सेवा एवम् लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत ब्याजदरमा उपलब्ध गराइने रकमको चेक तथा उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार प्रदान गरियो ।

सम्मेलनमा ज्येष्ठ भूपूसैनिक तथा एकल महिलाको सम्मान तथा अशक्तलाई ह्विलचियर उपलब्ध गराइयो । चारजना वा सोभन्दा माथि सन्ततिलाई सेनामा सेवा गर्न प्रेरित गर्ने बाबुआमालाई पनि सम्मेलनमा सम्मान गरियो । सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट, औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रुपमा लिने गरेका छन् । 

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूसैनिक र निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । सम्मेलनका क्रममा प्रस्तुत भएको यस क्षेत्रका संस्कृति झल्कने नाचगानसहितको झाँकी हेरेर भूपूसैनिक र उनका परिवार फुरुङ्ग देखिन्थे । भूपूसैनिकको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई व्यवसाय सञ्चालन प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएको छ ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले भूपूसैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाट नै दिने उद्देश्यले हिताधिकारीलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

‘बहुजन हिताय, बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका आफ्ना सदस्यलाई स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । सम्मेलनमा दार्चुला,  बझाङ, बाजुरा,  डोटी, डडेलधुरा,  अछाम र वैतडीमा स्थायी  वसोवास भएका करिब ५५० भूपूसैनिकको सहभागिता थियो ।  


प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्