Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै सुरक्षा नीतिको कार्ययोजनालाई कार्यान्वयनमा लग्छौँ : प्रधानमन्त्री देउवा
राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै सुरक्षा नीतिको कार्ययोजनालाई कार्यान्वयनमा लग्छौँ : प्रधानमन्त्री देउवा
नेपालकागज
नेपालकागज बुधबार, चैत २, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजाने तयारी रहेको बताउनुभएको छ । 

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय र निकायमा पठाइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहनुभएका उहाँले  स्थापनाकालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको आकलन गरी वस्तुनिष्ठ मूल्याङ्कन र विश्लेषण गरी सम्बोधनका लागि सरकारलाई सुझाव दिँदैआएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री  देउवाले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन एवं नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्ने दायित्व सुरक्षा परिषद्को रहेको उल्लेख गर्नुभयो । 

सुरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील विषयमा परिषद्ले जिम्मेवारी निष्ठापूर्वक सम्पादन गरेकामा प्रसन्नता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “सचिवालयले आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा र इमान्दारीका साथ सम्पादन गरेको पाउँदा प्रसन्नता अनुभव भएको छ ।” 

राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण विषयको गहन अनुसन्धान गरी राष्ट्रिय सुरक्षाका सम्बन्धमा उचित राय सुझाव प्रदान गर्ने प्रमुख जिम्मेवारीका साथै प्रशासनिक भूमिका निर्वाह गर्दै सचिवालयले आगामी दिनमा थप प्रभावकारी कार्य सम्पादन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा चुनौतीजस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । राष्ट्रिय सुरक्षा नीति, २०७५ सम्बन्धी तयार गरिएको मार्ग निर्देशन आजैका मितिदेखि लागू हुने सो अवसरमा जानकारी दिइयो ।

सचिवालयले  सम्बन्धित मन्त्रालय र  निकायलाई कार्यसम्पादन गर्न स्पष्ट मार्ग निर्देशन गर्ने  विश्वास व्यक्त गरेको छ । नेपालको संविधानको भाग २८ को धारा १६६ मा नेपालको समग्र राष्ट्रियहित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न  तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने कार्यदेशका साथ राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने सुरक्षा परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापति सदस्य तथा रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव रहने संवैधानिक व्यवस्था छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताकोे संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण राख्ने विभिन्न जात, जाति, भाषा, धर्म, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र एक्यबद्धता कायम गर्ने सन्दर्भमा परिषद्को सल्लाह र सिफारिस महत्वपूर्ण हुने गरेको छ ।

नेपालको राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा, सेनाको परिचालन वा नियन्त्रण, प्राप्त सूचनाको आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन राष्ट्रिय सुरक्षा रणनीति तथा कार्ययोजना तयारी गरी सरकारलाई सिफारिस गर्ने परिषद्को मुख्य काम, कर्तव्य र अधिकार रहिआएको छ ।  

पछिल्ला वर्षमा सुरक्षा चुनौतीको स्वरुप बदलिन गई राष्ट्रिय सुरक्षा बहुआयामिक र जटिल विषय बन्न पुगेसँगै परिषद्को जिम्मेवारी थप क्रियाशील र सशक्त बनाउन पर्ने आवाज उठ्दै आएको थियो । परिषद्को बैठक आवश्यकताअनुसार, अध्यक्षले तोकेअनुसार बस्ने र वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने प्रावधान छ ।

परिषद्को कार्यसम्पादनमा सहजीकरण गर्न र भएका निर्णयलाई कार्यान्वयनमा सहयोग पु¥याउन राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले काम गर्दैआएको छ । सचिवालयले मुलुकको आन्तरिक सुरक्षा, प्रतिरक्षा नीतिलाई उच्च महत्व र प्राथमिकता राखी समसामयिक परिस्थितिको गहन अध्ययन, मूल्याङ्कन गर्दै शान्ति सुरक्षाससम्बन्धी समस्या र चुनौतीको दैनिकरुपमा विश्लेषण गर्छ ।

विश्वका कयौँ मुलुकमा समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न यस्तो परिषद्को व्यवस्था भएको पाइन्छ ।


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्