Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • ‘राजद्रोही राजनेता’ वृत्तचित्र हेर्दै वरिष्ठ नेता खनालले भने - राष्ट्रिय मेलमिलापको नीति बिर्सन नसकिने अध्याय हो
‘राजद्रोही राजनेता’ वृत्तचित्र हेर्दै वरिष्ठ नेता खनालले भने - राष्ट्रिय मेलमिलापको नीति बिर्सन नसकिने अध्याय हो
नेपालकागज
नेपालकागज सोमबार, फागुन ३०, २०७८

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

उक्त वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर विपीले लिनुभएको राष्ट्रिय मेलमिलापको नीति, सहासिक निर्णय, राजनीतिक जीवन र त्यसबेलाका घटनाक्रम समेटिएका छन् ।

सुन्दरीजल बन्दीगृहमा रहेका बेला तत्कालीन राजासँग भएको भेटवार्ता, भारत निर्वासनमा रहँदा प्रजातन्त्रका लागि अघि सारिएका कदम, आन्दोलन, भारतीय नेतासँगका छलफल र सामीप्यतासम्बन्धी विषय पनि वृत्तचित्रमा समावेश छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानका सम्बन्धमा  नेपाली कांग्रेसका नेतात्रय कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट,  कोइराला र गणेशमानसिंह परिवार, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डे, पेट रोगसम्बन्धी विशेषज्ञ मधु घिमिरे लगायतका स्मरण पनि सो वृत्तचित्रमा राखिएको छ ।

वृत्तचित्रमा विपीलाई लागेको ‘राजद्रोह’ मुद्दाको निर्णय सुनाउने न्यायाधीशका विचारसहितको अन्तरकथा पनि छाँयाङ्कन गरिएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र हेरेपछि सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियतामा खतरा बढिरहेका बेला नेपालका  लोकतान्त्रिक राजनीतिक शक्तिबीच एकताको बोध गरी विपीले लिनुभएको निर्णय लोकतन्त्रका लागि साहसिक कदम  भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको त्यसबेलाको राजनीतिक सेरोफेरोमा रही वृत्तचित्र बनेको छ । नेपालमा त्यसबेला विपीले लिनुभएको कदम इतिहासमा बिर्सन नसकिने अध्याय हो ।”

सुशील कोइराला मेमोरियल फाउन्डेशनका सदस्य सचिव अतुल कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिई विसं २०३३ मा स्वदेश फर्किएपछि विसं २०३७ को जनमत सङ्ग्रहसम्मका मूलभूत राजनीतिक घटनाक्रमसहितका विषयवस्तु वृत्तचित्रमा समेटिएको जानकारी दिनुभयो । 

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । वृत्तचित्र हेर्न नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम फाउण्डेशनका अध्यक्ष सशाङ्क कोइराला, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडू, विभिन्न पार्टीका नेता, सांसद तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्