Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • महिला दिवस : श्रमिक महिला भन्छन् - दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, छाक टर्देन
महिला दिवस : श्रमिक महिला भन्छन् - दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, छाक टर्देन
नेपालकागज
नेपालकागज मंगलबार, फागुन २४, २०७८

महेन्द्रनगर । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै यहाँ सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त हुनुहुन्थ्यो ।

चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक रु पाँच सय मा मजदूरी गर्ने चौधरीले महिला दिवसको चर्चा सुनेपनि आफूलाई भने हर्ष न विस्मात भएको बताउनुभयो । “दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु ?”, उहाँले भन्नुभयो, “दिवसमा हकहित र महिलामाथिको विभेद्का नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सँधै उस्तै हो ।”

उहाँले महिला पनि श्रमिकको रुपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनुपर्ने बताउनुभयो । यहाँ मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका–७ चान्देउकी स्थानीयवासी हुन् । श्रीमान् सुरज चौधरीसित महेन्द्रनगर मजुदूरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदूरीका लागि आएको दुःखेसो पोख्नुभयो । 

उहाँले महिलालाई विभिन्न आयमूलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भएपनि त्यो आफूहरुको पहुँचबाट टाढै रहेको बताउनुभयो । “श्रीमान् सवारी चालक, म मजदूरीमा छौं”, उहाँले भन्नुभयो, “दुई जनाको मजदूरीले चामल किनमेलदेखि घरको अन्य खर्चटर्छ ।” 

त्यसैगरी मङ्गलबार बिहान घर बनाउने काममा मजदूरी गर्न जानअघि भगतपुरमै बसोबास गर्दै आउनुभएकी कृष्णपु्र नगरपालिका–२ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाउनुभयो । तर उहाँलाई दिवसको दिन मजदूरीमा जानु बाध्यता रहेको सुनाउनुभयो । “हामीलाई पनि नारी दिवसको दिन घरमा बसेर मनाउन पाउँदा राम्रै हुने थियो”, श्रीमान् विक्रम चौधरीसित मजदूरी गरिरहेकी पुष्पाले रासससँग भन्नुभयो, “नाबालिक छोरी गाउँमा छाडेर जीविका चलाउनकै लागि हामी दम्पती यहाँ आएका छौं ।”

बाणी मुक्त कमैया शिविरमा सरकारले दिएको पाँच कठ्ठा जमिन मछेली नदीको किनारमा रहेकाले अन्न फल्न मुस्किल हुने गरेको उहाँको भनाइ छ । “बलौटे खेतमा उब्जनी नभएपछि घर छाडेर हामी लामो समयदेखि ज्याला मजदूरी गरेर खर्च चलाइरहेका छौं”,  उहाँले भन्नुभयो, “हामीलाई के दिवस, के बिदा सधैँ यस्तै हो ।” एक महिनाअघि मात्रै महेन्द्रनगरमा ज्याला मजदूरीका लागि आएकी पुष्पा अहिले यहाँको सालघारीस्थित आफन्तको घरमा डेरागरी बसिरहेको बताउनुभयो । “तीन वर्षजति दार्चुलास्थित महाकाली नदीको तटबन्धमा मजदूरी गरें”, उहाँले भन्नुभयो, “घरबाट टाढा भएकाले अब यति मजदूरी गर्ने निर्णयानुसार श्रीमान् मिस्त्री र म मजदूरी काम गर्छु ।”

त्यसैगरी यहाँको महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर जीविका चलाउँदै गरेकी भीमदत्त नगरपालिका–१३ का सुनादेवी सुनारले भने बगरको सङ्घर्ष मात्रै आफूलाई थाहा हुने गरेको बताउनुभयो । “सहरमा महिला हकहित र दिवसका कुरा हुँदा हुन, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं”, उहाँले भन्नुभयो, “हुनेखानेलाई पो दिवस आउँलान हामी त महिला भए पनि मजदूर न हौं ।” दैनिक रुपमा आउने ज्यालाले आफू घरको खाद्यान्न र छोराछोरीको लालनपालनको खर्च जुटाउने गरेको उहाँको भनाइ छ । 


प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्