Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध
युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध
नेपालकागज
नेपालकागज बुधबार, फागुन १८, २०७८

वाशिङ्गटन डिसी । गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन नेपालले आग्रह गरेको हो । 

संयुक्त राष्ट्रसङ्घको आपत्कालीन विशेष साधारणसभालाई मुख्यालय न्युयोर्कमा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले हिंसात्मक आक्रमणले थप हिंसात्मक अवस्था मात्र सिर्जना गर्ने उल्लेख गर्दै कूटनीतिक पहल र शान्तिपूर्ण संवाद मात्र शान्ति स्थापनाको मार्ग रहेको बताउनुभएको हो ।

उहाँले मङ्गलबार मात्र सरोकारवाला पक्षका बीचमा सुरु भएको शान्ति वार्ताको स्वागत पनि गर्नुभयो । त्यस सम्बोधनका क्रममा उहाँले वार्ताको प्रक्रियालाई निरन्तरता दिन र पुनः कूटनीतिक माध्यमबाट वार्ताको टेबलमा बस्न र हिंसात्मक आक्रमणलाई तत्कालै रोकेर शान्ति स्थापनाका लागि गम्भीर र प्रतिबद्ध हुन अपिल गर्नुभयो । 

नियोग प्रमुख राईले युक्रेनमा मानवीय क्षति र मानवीय दुःखका बारेमा नेपालको गम्भीर चासो रहेको उल्लेख गर्दै हाल रुस र युक्रेनका बीचमा जारी रहेको तनावपूर्ण अवस्थालाई अधिकतम लचकताका साथ लाग्न र यसका लागि प्रभावकारी कदम चाल्न अपिलसमेत गर्नुभयो ।  

उहाँले सो सम्बोधनमा भन्नुभएको छ, “हामी रुस र युक्रेनमा जारी रहेको तनावमा संलग्न पक्षहरुलाई अन्तर्राष्ट्रिय मानवतासम्बन्धी कानुनको पालना गर्दै नागरिकको रक्षा गर्न अनुरोध गर्दछौँ र सबै सरोकारवाला पक्षहरुलाई मानवीय कानुनको दायित्वबोध गर्न पनि विशेष रुपमा अपिल गर्दछौँ ।” 

राजदूत राईले युक्रेनमा रहेका नेपालीहरुको सुरक्षामा गम्भीर चासो रहेको बताउँदै उनीहरुलाई सुरक्षित तरिकाले गन्तव्यतर्फ जाने कार्यमा समन्वय गर्न पनि सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो । 

उहाँले नेपाल सदैव संयुक्त राष्ट्रसङ्घको वडापत्रअनुसार कुनै पनि देशको स्वायत्तता, सार्वभौमसत्ताको सदस्य राष्ट्रहरुले पूर्णरुपमा सम्मान गर्नुपर्ने सिद्धान्तमा अडिग रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी कुनै पनि देशको क्षेत्र, अधिकारमा कुनै पनि बहानामा धावा बोल्न या शक्तिको प्रयोग गर्दै राजनीतिक स्वतन्त्रताको हनन गर्ने विषयको सदैव विपक्षमा उभिन्छौँ ।” 

राईले अन्तर्राष्ट्रिय तनावहरुको कूटनीति र संवादबाट मात्र समाधान भएको स्मरण गराउँदै  शान्तिको मार्ग पहिल्याउन कहिल्यै ढिलो गर्न नहुने कुरालाई नेपालले सदैव दोहो¥याउने र यसमा आफ्नो विश्वास रहेको बताउनुभयो । 

गएको शुक्रबारदेखि रुसले युक्रेनमा गरेको सैन्य कारबाहीबाट कैयौँ सैनिक तथा सर्वसाधारण, महिला र बालबालिकाको दुःखद निधन भएको छ । यसको समाधानको बाटो खोज्नका लागि राष्ट्रसङ्घले न्युयोर्कमा विशेष साधारणसभाको आह्वान गरेको छ । यस रुस र युक्रेनका विषयमा राष्ट्रसङ्घीय यस विशेष साधारणसभाले एक विशेष निर्णय गर्दैछ र यस विषयमा बुधबार नै मतदान गर्ने तय गरिएको छ । 
 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्