Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक, एक महिनामा तीनवटा हात्तीका छावा जन्मिए 
वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक, एक महिनामा तीनवटा हात्तीका छावा जन्मिए 
नेपालकागज
नेपालकागज बुधबार, फागुन १८, २०७८

चितवन । वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो । 
 
नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाईगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका नेतृत्वमा यहाँका टोलि र वाल्मीकि टाईगर रिजर्ब फिल्ड डाईरेक्टर डा के नेशमनिले भारतको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।
 
बैठकमा सहभागी संरक्षण अधिकृत आचार्यका अनुसार वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीकाबीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत छलफल भएको उहाँले जानकारी दिनुभयो ।
 
उहाँले भन्नुभयो,“संरक्षणका क्रममा  समस्या भएमा तत्काल समाधानका विषयमा छलफल भएको छ ।” दुई देशका अधिकारीकाबीचमा नियमित भौतिक उपस्थितिमा बैठक हुने गरेकोमा कोभिडका कारण दुई वर्षदेखि जुममार्फत् मात्रै हुने गरेको थियो । यस प्रकारका बैठक विगतमा वर्षमा तीन पटकसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो ।
 
बैठकमा नेपालका तर्फबाट पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० का डिभिजन वन कार्यालय प्रमुख, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, जेडएसएल लगायतका संस्थाका प्रमुख एवं प्रतिनिधि बैठकमा सहभागी हुनुभएको थियो । भारततर्फका वाल्मीकि टाईगर रिर्जबका डाईरेक्टर डा नेशमनिल, विश्व वन्यजन्तु कोष भारतका रेन्ज अफिसर लगायतको उपस्थिति रहेको थियो ।

एक महिनामा तीन छावा जन्मिए 

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा गएका एक महिनामा तीन छावा जन्मिएका छन् । गत माघ १९ गतेदेखि यही फागुन १७ गतेसम्म तीन हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या चार पुगेको छ । 

केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलिले जन्माएको बच्चालाई रामसार कली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामाकरण गरिएको छ । 

यस्तै फागुन १७ गते डम्बर कलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यस अघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन चार महिनाभित्रमा लोकतन्त्र कली र ऐश्वर्यकलीले बच्चा जन्माउने प्रमुख चौधरीले बताउनुभयो । 

प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको उहाँको भनाइ छ । यद्यपि, ध्रुवे र गोविन्दे पनि समय समयमा संसर्गका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।  निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये ६ कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् ।


 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १३:१६
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्