Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • शिविरमा झोपडी बनाएर बस्दै भूमिहीन : कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी
शिविरमा झोपडी बनाएर बस्दै भूमिहीन : कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी
नेपालकागज
नेपालकागज शनिबार, फागुन १४, २०७८

कञ्चनपुर । डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरामा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । 

पहिरामा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन् । बोहरासँगै पहिरामा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन् । सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन् । “मजदुरी गरेको पैसाले साँझ, बिहानको छाक टार्न नै पुग्दैन”, मानबहादुर बोहराले भन्नुभयो, “कहिलेकाहीँ दातृ निकायले दिएको राहतले जीविका चलाउनुपर्छ ।” शिविरमा बस्दै आएको झोपडीमा राखिएको प्लाष्टिकको त्रिपालमा निकै गर्मी हुँदा सुत्नै नसकिने अवस्था रहेको उहाँको भनाइ छ । 

“वर्षा हुँदा झोपडी नै चुहिने भएपछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेका छौँ”, शिविरका अर्का स्थानीवासी तुलाराम बोहराले भन्नुभयो, “गर्मी सुरु भएसँगै लामखुट्टेका कारण राति सुत्नसमेत सकिने अवस्था छैन ।” पुनःस्थापनको आशमा सुकुम्बासी परिवार वर्षौंदेखि शिविर बनाएर बस्दै आएका हुन् । केही परिवार वनहरा नदीको पुल मुनि बस्दै आएका छन् ।

बैतडीको तत्कालिन सिगास गाविस ढुङ्गाड क्षेत्रबाट वर्षअघि कामको खोजीमा तराई झरेका मानध्व लुहारसमेत सोही शिविरमा बस्दै आएका छन् । पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर लुहारले काम गर्दै आएका थिए । उहाँका बुबालेसमेत सोही बिडोलाई थामे । उहाँलेसमेत केही समय हलिया बसेरै कार्य गरे । सरकारले हलियामुक्त घोषणा गरेपछि मालिकको घरबाट उनी बिदा भए, खाली हात परिवार बालबालिकासहित । उहाँले भन्नुभयो, “केही समय भारतमा होटलमा भाँडा माँझ्ने कार्य गरे ।” साथीभाई सँगै स्वदेशमै फर्केपछि घरबास नहुँदा नदीको बगरलाई बासस्थान बनाएर बस्नुपरेको उहाँले बताउनुभयो ।

देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा भएको सम्झनासमेत उहाँलाई छैन । उहाँले भन्नुभयो, “बिहान छ बजेदेखि मजदुरी गरेर साँझको झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ ।” मजदुरीको पैसाले राम्ररी खानसमेत पुग्दैन । वर्षमा एकपटक खरिद गरिएका लुगाले वर्षै धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।  मालिकले साँझ ज्याला नदिए नजिकैको नदीको पानी पिएर बालबालिकासँगै भोकै कैँयाँै रात सुतेको पीडा उहाँको छ । 

शिविरमा वर्षौंदेखि बस्दै आउनुभएका मथुरा दमाईंले पुर्खौंदेखिका हामी सुकुम्बासी रहेको बताउनुभयो । “डडेल्धुरामा गुठीको जग्गाामा बस्थ्यौँ । गुठीको जग्गाबाट हटाइएपछि दुई दशकदेखि शिविरमा बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखिको कार्य गर्दै आएका छौँ ।” ओत लाग्ने घरजग्गा नभएपछि बाध्य भएर शिविरमा बस्नुपरेको उहाँको भनाइ छ । “गुठीको जग्गाबाट बेदखल गरिएपछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “सुकुम्बासीलाई पुनःस्थापन गरी घरजग्गाको व्यवस्था गर्नका लागि आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेका छौँ । फाराम भरेपछि जग्गा पाउने आश जागेको छ । कहिले जग्गा पाइन्छ । त्यसकै पर्खाइमा छौँ ।” 

शिविरमा बस्दै आउनुभएका कलावती दमाईंले गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आउनुभएको छ । श्रीमान्का दुवै आँखामा आएको खराबीका कारण उहाँको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उहाँले बताउनुभयो । “कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको दशक बढी भइसक्यो”, उहाँले भन्नुभयो, “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर भएपनि एक छाकको खाना खर्च जुटाउने गरिएको छ ।” 

शिविरमै आश्रय लिएका मोहन सुनार खुट्टाका अपाङ्ग छन् । उहाँकी श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काँधमा आएको छ । दिनभरि गाउँगाउँ लठ्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको उहाँले बताउनुभयो । “बालबालिकाकै लागि बाँच्नुपरेको छ”, उहाँले भन्नुभयो, “घरजग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ ।” 

शिविरमा झोपडी बनाएर बस्दै आएका एक दर्जन बढी भूमिहीनका ४० बढी बालबालिकासमेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका शिविरमा बस्दै आएका परिवारले भारतमा दरवारन र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । युवा सबै भारतमा काम गर्छन् । बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् ।

थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत यहाँ बस्दै आएका परिवारलाई हम्मेहम्मे छ । शिविरमा बस्दै आएकासँग आफ्नो जमिन भएको सम्झनासमेत छैन । बाजेभन्दा अगाडिको पुस्तादेखि नै उनीहरु अरुको घरमा काम गरेर जीवन चलाउँदै आएका हुन् । शिविरमा बस्दै आएकाहरुले भन्नुभयो, “ओत लाग्नका लागि घर, अन्न उब्जाउ गर्नका लागि जग्गा र घरखर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था भए जीवन सहज हुन्थ्यो ।” शिविरमा २४ परिवारको बसोबास छ । 


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्