Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • जनगणनामा तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायका नागरिकलाई नसमेटेकोमा बिरोध
जनगणनामा तेस्रो लिङ्गी तथा समलिङ्गी समुदायका नागरिकलाई नसमेटेकोमा बिरोध
नेपालकागज
नेपालकागज शनिबार, फागुन ७, २०७८

सुरुङ्गा । राष्ट्रिय जनगणना २०७८ ले आफूहरुलाई नसमेटेको भन्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी तथा समलिङ्गी) समुदायका नागरिकले बिरोध तथा आपत्ति जनाएका छन् । 

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको भए पनि आफूहरु नसमेटिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । सरकारले सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई नागरिक सरहको व्यवहार नगरेको भन्दै सरकारसँग उनीहरुले ११ बुँदे मागसमेत अघि सारेका छन् । 

सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक ९तेस्रो लिङ्गी तथा समलिङ्गी० समुदायका नागरिकले आफ्ना ११ बुँदे माग सम्बोधनका लागि सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । सम्वाद समूह झापाको संयोजनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था लीड नेपालकी नुमा सुब्बा चञ्चलाले आफ्नो समुदायका समस्या सम्बोधनका लागि तीनै तहका सरकार र राजनीतिक दललाई आग्रह गर्नुभयो । 

उहाँले समस्या समाधानमा पहल गरिदिन अधिकारकर्मी, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रको पनि ध्यानाकर्षण गराउनुभएको छ । सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकले अघि सारेका ११ बुँदे मागमा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने सबै खाले विभेदको अन्त्य गरी महिला, पुरुषसरह सम्मानजनक रुपमा बाँच्न पाउने संवैधानिक अधिकार व्यवहारमा सुनिश्चित गरिनु पर्ने, लुकेर बसेका सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई आफ्नो अस्तित्व र पहिचान दिलाएर स्वतन्त्र जीवन जीउन सक्ने वातावरण सिर्जना गरिनुपर्ने रहेका छन् । 

विद्यालयमा हुने विभेद र अपमान अन्त्य गरी अन्य विद्यार्थी सरह सम्मानजनक रुपमा पठनपाठनका लागि व्यवस्था गरिनुपर्नेलगायत मागअघि सारिएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट गरिँदै आएको स्वास्थ्य बीमा कार्यक्रमबाट सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिक बञ्चित रहँदै आएकाले तत्काल स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने व्यवस्था मिलाउन सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संस्था उहाँले माग गर्नुभयो । 

झापामा मात्रै करिब १८ देखि २० हजारको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेको लीड नेपालकी कार्यक्रम संयोजक चञ्चलाले बताउनुभयो । देशभर आठ लाखको सङ्ख्यामा सिमान्तकृत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सम्पर्कमा रहेको र यो सङ्ख्या कैयौँ गुणा बढी रहेको नीलहिरा समाजकी आनिक राना मगर बताउनुहुन्छ । “यतिका सङ्ख्यामा हाम्रो उपस्थिति रहँदारहँदै पनि सरकारले हामीलाई जनगणनामा समावेश गर्न नसक्नु हाम्रो दुर्भाग्य हो”, मगरले भन्नुभयो । 

पत्रकार सम्मेलनमा केही समय अघि समलिङ्गी विवाह गरेका झापा बुद्धशान्तिका अनिल कोइराला र मेचीनगरका सुरज खत्रीले उमेर पुगेर मन मिलेर विवाह गरे पनि आफूहरुलाई परिवार र समाजले साथ नदिएको दुःखेसो पोख्नुभयो । 

नव विवाहित समलिङ्गी जोडीले आफ्नो जोडीलाई परिवार र समाजले साथ दिनुपर्ने बताउनुभएको थियो । हाल आफूहरु विभेद र हिंसाको शिकार भएको उहाँहरुको भनाइ थियो । 
 


प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:०१
#संरक्षण
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्