Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • भारी बोकेरै परिवारको खर्च जोहो
भारी बोकेरै परिवारको खर्च जोहो
नेपालकागज
नेपालकागज शुक्रबार, फागुन ६, २०७८

दार्चुला । अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुहुन्छ । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उहाँले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गर्नुभएको छ ।

गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर उहाँ दिनहुँ यहाँ पुग्ने गर्नुहुन्छ । त्यसबाहेक उहाँले स्थानीयदेखि व्यापारिक सामान बोकेर दिनहुँ गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पुग्ने गरेको बताउनुभयो । 

श्रीमान् धीरेन्द्रसिंह धामी पनि उहाँसँगै भारी बोक्ने काम गर्नुहुन्छ । “श्रीमान्–श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौँ, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ”, उहाँ भन्नुहुन्छ । स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो । विटुले–पारिबगर हुँदै खण्डेश्वरी जोड्ने गरी निर्माण भइरहेको यो सडक अहिले गाउँपालिकाको वडा नं ५ मकरीगाड पुगेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन् । पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन् । गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन्। अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो रु ३० सम्म भाडा लिने गर्छन् । माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन्। जोखिमपूर्ण काममा अधिकांश वडा नं ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन् ।  

“भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु ?”, धामीले भन्नुभयो, “दैनिक रु दुई÷तीन हजार भारीबाट कमाइ हुन्छ ।” सिमेन्ट, खाद्यान्नलगायतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ । स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पु¥याउने गरेको बताउनुभयो ।

“कहिलेकाहीँ दुधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन÷चार घण्टामा फर्किहाल्छौँ”, उहाँले भन्नुभयो, “भारी नबोके परिवार चलाउन सकिँदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यान्नको जोहो गर्न भए पनि भारी बोक्नैपर्छ ।”

भारी नबोके परिवार पाल्न समस्या हुने गम्फा ठगुन्ना भन्नुहुन्छ । खेतमा लगाएको अन्न बालीले वर्षभरि खान नपुग्ने र गाउँमा अन्य काम नभएको उहाँले बताउनुभयो । अपिहिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्