Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री देउवा
मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री देउवा
नेपालकागज
नेपालकागज बिहीबार, फागुन ५, २०७८

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को आज प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उहाँले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील कांग्रेसका बारेमा गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्दछ भन्नुभयो । 

प्रधानमन्त्री देउवाले नेपालमा पटक पटकका प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरी मुुलुकमा लोकतन्त्रको स्थापनादेखि देशको विकास र नागरिकको उत्थानमा नेपाली कांग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै कांग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । 
    
प्रधानमन्त्री देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको कांग्रेसले यसपटक पनि अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गर्नुभयो । 

“एमसिसीका बारेमा नेपाली कांग्रेसको धारणा एउटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ”, उहाँले भन्नुभयो । सभापति देउवाले नेपालमा   प्रजातन्त्र स्थापनामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, सूर्यनाथ उपाध्यायको ठूलो योगदान रहेको भन्दै उहाँहरुलाई कांग्रेसले सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । 
    
उहाँले नेता केसीले लेखेको उक्त पुस्तक नेपाली कांग्रेसको इतिहास थाहा पाउन चाहने जो कोहीलाई पनि मार्गदर्शक हुने बताउँदै सम्पूर्ण नागरिकलाई पुस्तक पढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
    
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले राष्ट्रिय हितका पक्षमा खुट्टा कमाउन नहुने बताउनुभयो । “कांग्रेस बोली फेरिरहने पार्टी होइन, कांग्रेसले आफ्नो दृढ अडान कायम राख्छ”, उहाँले भन्नुभयो । कांग्रेसभित्र आबद्ध व्यक्तिले कांग्रेस बुझ्नु जरुरी रहेको बताउँदै उक्त पुस्तक कांग्रेस बुझ्न चाहनेका लागि प्रेरणाको स्रोत बन्ने उहाँको भनाइ थियो ।
    
कांग्रेस नेता एवं पुस्तकका लेखक अर्जुननरसिंह केसीले झण्डै तीन दशक आफू कांग्रेस केन्द्रीय तहमा रहँदा विभिन्न पार्टीका कार्यक्रम र प्रशिक्षणका क्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नका लागि आफूले उक्त पुस्तक तयार गरेको बताउनुभयो । 

स्थानीय तहमा रहेका कांग्रेसका हजारौँ कार्यकर्तालाई कांग्रेसको सकारात्मक पक्षका बारेमा चिनाउनका लागि उक्त पुस्तक तयार गरेको नेता केसीको भनाइ थियोे ।    पुस्तकका बारेमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले एउटा किताबमा पार्टीको सिङ्गो इतिहास अटाउन नसक्ने बताउँदै पार्टीको शीर्ष नेताबाट कांग्रेसको इतिहासका बारेमा पुस्तक लेख्न सुरु गर्नु सकारात्मक भएको बताउनुभयो । 

उहाँले पुस्तकले विसं २००७ को क्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइराला, २०४६ सालको जनआन्दोलनको कमाण्डर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र २०६२÷०६३ को आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालाई जुन हिसाबले चिनाउनुपर्ने हो त्यो चिनाउन नसकेको टिप्पणी गर्नुभयो । 
    
अर्का टिप्पणीकार राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मुलुकका लागि कांग्रेस किन र कसरी बन्यो भन्ने आम नागरिकको अलमललाई पुस्तकले मेटाउने प्रयास गरेको बताउनुभयो । पुस्तकमा भाषागत त्रुटि भए पनि पुस्तक पठनीय मात्र नभई सङ्ग्रहणीय भएको उहाँको भनाइ छ ।
    
अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्राली प्रकाशक रहेको ४८४ पृष्ठको यस पुस्तकमा भूमिका पूर्वराष्ट्रपति डा रामवरण यादव र प्रा डा लोकराज बरालले लेख्नुभएको छ । पुस्तकमा नेपाली कांग्रेसका बारेमा इतिहास, संरचनागत सङ्गठन, इतिहास निर्माता नेताको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिह्नलगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेका लागि उपयोगी देखिन्छ । पुस्तकमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना, दुवै कांग्रेसको एकीकरण, कांग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, कांग्रेसले उनीहरूको योगदानलाई विरासतका रुपमा ग्रहण गर्नुका कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति गरिएको छ । 
    
इतिहासका विभिन्न कालखण्डमा परिवर्तनका निम्ति सहभागी, त्याग, योगदान र जीवन उत्सर्ग गरेका, हराएका तथा ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीलाई चिनाउने जमर्काे यस पुस्तकले गरेको छ । साथै २००७ सालको क्रान्ति, २००७ सालपछि २०१५ सालसम्म कांग्रेसको अवस्था, २०१५ सालमा आम निर्वाचनपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न कांग्रेसले गर्नुपरेको सङ्घर्ष तथा २०१७ सालपछि पार्टीले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा कांग्रेसको गतिविधिबारेमा खोजमूलक जानकारी दिइएको छ । 
    
पुस्तकमा २०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत सङ्ग्रह र देशव्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनआन्दोलन अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्ने बेलासम्म कांग्रेसको भूमिका के कस्तो रह्यो भन्ने विषयहरुको विवरण यस पुस्तकमा विस्तार गरिएको छ । 

यसैगरी २००३ सालदेखि २०७८ सम्मका कांग्रेसका ऐतिहासिक गतिविधि वा घटनाको तिथिमितिका साथै पार्टीका वरिष्ठ नेताहरूको निधनको जानकारी पनि समेटिएको छ । 
 


प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्