Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • मनकारी जनप्रतिनिधि, जो पारिश्रमिक नलिएर निस्वार्थ सेवाभावमा समर्पित छन
मनकारी जनप्रतिनिधि, जो पारिश्रमिक नलिएर निस्वार्थ सेवाभावमा समर्पित छन
नेपालकागज
नेपालकागज बुधबार, फागुन ४, २०७८

महेन्द्रनगर । मनकारी जनप्रतिनिधी जसले आफुले पाउने सेवा सुबिधा नलिएर जनताको सेवा गरिरहेका छन । भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) जनताका ति प्रतिनिधि हुन जसले निस्वार्थ सेवाभाव सहित काम गरिरहेका छन ।

जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले चार वर्षसम्म आफूले पाउने पारिश्रमिक लिनु भएन । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफुले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिनुभयो । 

वडाध्यक्ष कुँवरले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको मनमात्रै जितेनन्, पारिश्रमिक बस्तीमै गएर वितरण गरेपछि उहाँको चर्चा चुलियो । वडाध्यक्ष हुनुअघि नै चुनावी घोषणाका क्रममा आर्थिक मुनाफालाई बेवास्ता गर्ने घोषणा गरेका कुँवरले चार वर्षसम्म पारिश्रमिकवापत पाएको रु १२ लाख वडामै वितरण गरेका छन् ।

“यो पाँचौ वर्षको रकम पनि वितरण गर्छु”, कुँवरले भन्नुभयो, “मैले चर्चामा आउनलाई पारिश्रमिक नलिएको होइन ।” हरेक वर्ष उहाँले वडाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई आफूले पाउने पारिश्रमिक हस्तान्तरण गर्दै आउनुभएको छ । वडाध्यक्ष कुँवरले वडामा समस्या लिएर आउनेलाई कहिल्यै निराश बनाएर फिर्ता गर्नुभएन । 

“जनप्रतिनिधि भएर तलब सुविधा पाउँला भनेर निर्वाचनमा होमिएको होइन”, कुँवरले भन्नुभयो, “निःस्वार्थ भावनाले जनताको सेवा गर्नु आफ्नो कर्तव्य ठानेँ ।” उहाँले सेवासुविधा गाउँमै वितरण गर्नुका साथै सडक, तटबन्ध, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानीलगायत  क्षेत्रमा पनि काम गर्नुभएको छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडा सदस्य लक्ष्मी शाहले पनि सामाजिक कार्यमा आफ्नो सक्रियता देखाउँदै आउनुभएको छ । गत वर्षदेखि चिसो मौसममा भत्तालगायत आफूले पाउने रकमबाट न्यायो लुगा वितरण गर्दै आएकी शाहले यस वर्ष पनि ६० एकल महिला र असाहयलाई कम्बल वितरण गर्नुभएको छ ।

“वडामा वडा सदस्य निर्वाचित भएयता मैले पालिकाबाट कुनै आर्थिक लाभ लिने सोचसम्म गरिनँ”, उहाँले भन्नुभयो, “सुरुआतमै मैले आफूले पाउने सेवा सुविधावापतको रकम जनताकै हितका खर्च गर्न अठोट लिएकी हुँ ।” उहाँले मानवअधिकार एकल महिला समूह शुक्लाफाँटा नगरस्तरीय कमिटीका अध्यक्ष शान्ति धामीलाई सो सामान हस्तान्तरण गर्नुभएको छ ।

आफू जनप्रतिनिधि नरहे पनि समाजसेवामा सक्रिय रहने शाह बताउनुहुन्छ । “स्थानीय तहमा बढी भ्रष्टाचार भयो भनेर खबरहरु धेरै आउँछन्”, उहाँले भन्नुभयो, “समाजका लागि निःस्वार्थ भावना बोकेर जनताको सेवामा समर्पितहरूले पनि टाउको निहुराउनुपर्ने स्थिति छ ।” वडा सदस्य शाहले गत वर्ष पनि वडाका ९६ असाहय तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्नुभएको थियो । 

“झलारीको बर्थिङ सेन्टरमा पुग्दा त्यहाँ सुत्केरी र बच्चाको जाडोले बेजोग देखेपछि कम्बल वितरण गरेँ” उहाँले भन्नुभयो, “यहाँका सडक छेउमा बस्नेदेखि साधुसन्तलाई पनि न्यायो लुगा वितरण गरे ।” वडामा महिला तथा पुरुषका लागि विभिन्न आयमूलक लक्षित कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । “शुक्लाफाँटा नगरपालिकाबाट पनि सामाजिक जिम्मेवारीलाई बोध गरे नगरको बजेटबाट विपन्न समुदायलाई सहयोग गरिएको छ”, उहाँले भन्नुभयो, “सकेजति राम्रो गर्दै जाने हो ।”


प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्