Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस
होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस
नेपालकागज
नेपालकागज शनिबार, माघ २२, २०७८

गण्डकी । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । 

निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले)  पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गर्नुभएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाउनुभएको छ । अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३.५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थाल्नुभएको छ । उहाँले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । 

फरक क्षमता भएर पनि मनोबल उच्च राखे जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफ्नो अभियानको लक्ष्य भएको उहाँले बताउनुभयो । उहाँको शरीरभन्दा टाउको ठूलो छ भने खुट्टाका पाइताला बाङ्गिएका छन् । 

“सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ”, सुनारले भन्नुभयो, “होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु ।”

आरोहणको पूर्वतयारीका साथ दोलखा जिल्लास्थित पाँच हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल सकुशल आरोहण गरिसक्नुभएका सुनारले यतिखेर आर्थिक सहयोग गरिदिनुहुन सबैसँग हार्दिक अपिल गर्नुभएको छ । 

बाबु दुर्गाबहादुर र आमा कमला सुनारका पाँच भाइमध्येका कान्छा छोरा सुनारले भने दिदी उर्मिला सुनारको साथी कान्छीमाया तामाङ अभियानको प्रेरणाका स्रोत भएको बताउनुभयो । तामाङ २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमानी कायम गर्ने पेम्मादोर्जे शेर्पाका श्रीमती हुनुहुन्छ ।

गाउँको सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेको सुनारले ठट्यौली पारामा भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्केपछि विवाह गर्ने सोचमा छु ।” सुनारको आरोहण टोलीमा कीर्तिमानी पेम्मादोर्जे शेर्पासहित रहनुहुने तयारी गरिएको छ । 

आरोहणका लागि एक करोडभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ । आरोहण अभियानमा जुटेका उनका माइला दाइ सुरेश सुनारका अनुसार भाइले दृढ इच्छाशक्ति देखाएको हुँदा  सफल हुने विश्वास व्यक्त गर्दै विभिन्न खाले तयारीका लागि हालसम्म रु १० लाखभन्दा बढी खर्च भईसकेको छ । भाइ जन्मँदा स्वस्थ थियो तर पछिल्लो समय नबढेको र खुट्टा समेतमा समस्या देखिएको उहाँको भनाइ छ ।

आरोहणका लागि अझै पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने सुन व्यवसायमा संलग्न उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सागरका जेठा दाजु सुभास काठमाडौँस्थित म्यानपावर सञ्चालक हुन् भने साइलो दाजु सुदर्शन सुनारसहित आमाबुबा अमेरिका  र साइलोे दाइ शुक्रराज सुनार पनि दाइकै म्यानपावर कम्पनीमा कार्यरत हुनुहुन्छ ।

सुनारको अभियानमा गाउँपालिकाको साथ  

विश्वको उच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेका सागर सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग रहने भएको छ । गाउँपालिकाको पहिचान भएको भन्दै सुनारको आरोहणमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो ।

नेपालमात्र नभई विश्व कीर्तिमानमा जुटेका सुनारको सहयोगका लागि गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा मादीका सम्पूर्ण जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख, माछापुच्छ्रे, रुपा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, कास्की जिल्लाबाट निर्वाचित सङ्घीय एवम् प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसभामुख, मादी गाउँपालिकामा जन्म भई पोखरामा बसोबास गर्दै आएका विभिन्न १८ वटा तमु समाजका प्रतिनिधि सम्मिलित ३०० को सहयोग समिति गठन गरेको छ ।

भेलामा कीर्तिमानी आरोही पेम्मादोर्जे शेर्पा, विभिन्न राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधि, तमुसमाज, उद्योगी तथा व्यवसायी, आमा समूह लगायतले मादीको मात्र नभई नेपालकै गौरव यो अभियानलाई आ–आफ्नो स्थानबाट नैतिक, भौतिक तथा आर्थिकरुपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भेलामा गाउँपालिकाका अध्यक्ष गुरुङले सबैको साथ सहयोग रह्यो भने आवश्यक रकम सङ्कलन गर्न सफल हुने विश्वास व्यक्त गर्दै सुनारले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्