Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना, जग्गा आफ्नो भएको स्थानीयको दाबी
पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना, जग्गा आफ्नो भएको स्थानीयको दाबी
नेपालकागज
नेपालकागज बिहीबार, माघ २०, २०७८

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थान भन्दा माथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ शुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्नुहुन्छ । 

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पैसा कटाउँदै आएको उहाँ बताउनुहुन्छ । तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँको दुप्चेश्वरमा गोसाइँकुण्ड गुठीका नाममा १७ रोपनी जग्गा छ । 

श्रेष्ठले आफ्नै जग्गा भनी आफूलाई राखेको तामाङ दाबी गर्नुहुन्छ । श्रेष्ठ  २०७४ सालको स्थानीय तह निर्वाचनमा सो वडाको सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ । वडा सदस्य श्रेष्ठ भने तामाङ बसेको जग्गा आफ्नो नभई पर्ति जग्गा भएको बताउनुहुन्छ । पर्ति जग्गा सरकारले कोषलाई भोगाधिकार मात्र दिएको वडा सदस्य श्रेष्ठको दाबी छ ।

“त्यहाँ मेरा नाममा सात टहरा छन्, मोही र तल्सिङ दुवै गरी १४ रोपनी जग्गा थियो, त्यसमध्ये केही जग्गा सेलिब्रेसन को–एड स्कूललाई पनि बेचेका छौँ”, उहाँले भन्नुभयो । कोषका नाममा स्रेस्ता पूर्जा कायम रहेको जग्गा अतिक्रमण हुने क्रम बढ्न थालेपछि सार्वजनिक सूचना जारी गरी घर टहरा भत्काउन १५ दिने सूचनासहित आह्वान गरिएको छ ।

कोषले बुधबार सार्वजनिक सूचना जारी गरी जग्गा अतिक्रमण गरेर निर्माण भएका साविक गोठाटार गाविस–३ (क) कित्ता नं. ५९, ८४, साविकको गोठाटार गाविस–४ (क) कित्ता नं. ८० का जग्गा केही व्यक्तिले अतिक्रमण गरी छाप्रा बनाएर बसेको सूचनामा उल्लेख छ । कोषले यसअघि पनि पटकपटक अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना प्रकाशन गरेपनि अतिक्रमणकारीले टेरेका छैनन् । 

अतिक्रमणकारीलाई आफैँ अतिक्रमित जग्गामा बनेका टहरा भत्काउन कोषले बुधबारदेखि १५ दिनको म्याद दिएको छ । पन्ध्र दिनभित्र अतिक्रमणकारी स्वयंले नभत्काएमा कानुनअनुसार कोषले नै टहरा भत्काउने भएको छ । कोषले नै टहरा भत्काउँदा सामानको क्षति हुन गएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

संरक्षण गरिएन गोठाटारको ५३४ रोपनी जग्गा

कोषको नाममा कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा रहेको ५३४ रोपनी जग्गाको लामो समयदेखि संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्वासीका नाममा वरिपरिबाट मिच्ने क्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको उक्त जग्गा कोषले संरक्षण नगर्दा अतिक्रमण गर्ने क्रम रोकिएको छैन । बस्तीको बीचमा धेरै जग्गा खाली भएपछि सुकुम्वासीका नाममा मिच्ने क्रम बढेको हो । यस वर्ष पनि सुकुम्वासीका नाममा करिब १० टहरा थप्न खोजिएको थियो । कोरोनाबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेका बेला सुकुम्वासीका नाममा जग्गा हडप्न खोजेपछि कोषले हटाएको थियो । 

कोषको जग्गासँगै जोडिएको द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराई सात महिनाअघि केही मानिस सुकुम्वासीका नाममा कोषको जग्गासँगै जोडिएको विद्यालयको जग्गा हडप्न आएको बताउनुहुन्छ । कोषको जग्गा भने पटकपटक मिचिने गरेको देखिएको उहाँले सुनाउनुभयो । कोषको जग्गाको बीचमा खहरे बग्ने गरेको छ । वर्षाद्मा खहरे बढेर आउँदा वरिपरिको बस्तीमा समस्या हुन्छ । कोषले जग्गा व्यवस्थापन नगर्दा यस वरपरका स्थानीयवासीलाई समेत समस्या हुने गरेको छ ।

दुई वर्षअघि पनि निकालेको थियो कोषले जग्गा खाली गर्ने सूचना 

कोषका उपनिर्देशक गौरीशङ्कर पराजुली २०७६ चैत ११ गतेअघि नै कोषले गोठाटारको जग्गामा सुकुम्वासीका नाममा बसोबास गर्नेलाई हटाउन गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको बताउनुहुन्छ । सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगत रुपमै कोषले माइकिङ गरेको थियो । उनीहरुलाई छोडेर जान भनिएको थियो । कोरोनाको अवधि भएकाले मानवीय संवेदनालाई ध्यानमा राखेर हट्नलाई समय दिइएको दुई वर्ष भएपनि अतिक्रमणकारीले नछोडेको उपनिर्देशक पराजुलीले बताउनुभयो । 

पछिल्लो समयमा बस्न आउनेलाई हटाउने गरे पनि रातारात फेरि बस्न आउने गर्दा समस्या भएको छ । प्रहरी प्रशासनको सहयोग लिएर कोषले हटाउने क्रम भने जारी राखेको छ । कतिपटक जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै लगेर सुकुम्वासी हटाउन खोजिएको थियो । कोषले सो जग्गालाई हाल साविक गरी प्रस्तावित गुरुयोजनामा विभिन्न संरचना निर्माणको योजना अघि सारेको छ । गुरुयोजनामा पशुपति हिन्दू विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यानजस्ता संरचना गोठाटारको जग्गामा बनाउने सोच अघि सारिएको छ । 

काठमाडौँ उपत्यकामा खाली जग्गा कम हुँदै जान थालेपछि सुकुम्वासीका नाममा सङ्गठित रुपमा हडप्ने प्रयास भइरहेको छ । यो जग्गामा रहेको बालुवा पनि रातारात चोरी हुने गरेको छ । नजिकै सुरक्षा चौकी नहुँदा सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । कोषको जग्गामा बस्न खोज्ने र बालुवा चोरी गर्नेसँग पटकपटक लुकामारी हुने गरेको छ । 

धेरै जग्गा खाली भएपछि तेज विनायक माध्यमिक विद्यालयले पनि कोषकै जग्गामा विद्यालय भवन बनाएको छ । कोषका सदस्य सचिव डा मिलनकुमार थापा कोषका तर्फबाट दुई वर्ष अघि जग्गा सम्पत्ति छानबिन गर्ने क्रममा गोठाटारको जग्गामा ११ पक्की घर र ४० टहरा निर्माण भएको भेटिएको बताउनुहुन्छ । थापा कोषाध्यक्ष रहनुभएका बेला उहाँकै संयोजकत्वमा सम्पत्ति एवं जग्गाको विवरण छानबिन गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

“कोषले प्रस्ताव गरेको गुरुयोजना कार्यान्वयन गरेर जग्गा मिच्ने क्रम रोक्न सकिन्छ, गुरुयोजना लागू गर्नुअघि नापजाँच गरेर घेर पर्खाल लगाउनुपर्छ, गत आर्थिक वर्षमा घेर पर्खाल लगाउन बजेट विनियोजन गरिएको भए पनि कोरोना महामारीले सम्भव भएन, यस वर्ष आन्तरिक बजेट व्यवस्थापन गरी घेर पर्खालको काम गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

छानबिन समितिले प्रतिवेदन दिएपछि पनि गोठाटारको जग्गा अतिक्रमण रोकिएको छैन । कोषका प्रवक्ता रेवतीरमण अधिकारी त्यसपछि पनि सयौँले सुकुम्वासीका नाममा पशुपतिको जग्गा अतिक्रमण गरेको बताउनुहुन्छ । नौ महिनाअघि जग्गा अतिक्रमण गर्न आउनेलाई जिल्ला प्रशासन कार्यालयको सहयोगमा कोषले हटाएको थियो ।

लामो समयदेखि जग्गामा केही नगरिएकाले कोषको जग्गा हालसाविक पनि गर्न लागिएको प्रवक्ता अधिकारीले बताउनुभयो । पशुपतिको जग्गा संरक्षणका लागि स्थानीय सरकारले सहयोग नगरेको कोषका अधिकारीहरुको गुनासो छ । पटकपटक छलफल गर्न खोज्दा पनि नगर प्रमुख कृष्णहरि थापाले समय नदिनुभएको भन्दै गुनासो गरिएको हो । 

जग्गाको संरक्षणका लागि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले स्थलगत रुपमा अवलोकन गर्नुभएको थियो । संरक्षणमा ठोस काम नगरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । 

कोषको जग्गाबाट माटो र बालुवा चोरी नियन्त्रण गर्न पनि घेर पर्खाल आवश्यक देखिन्छ । सडकमा छोडिएका गाईबाच्छा संरक्षणका लागि कोषसँगको सहकार्यमा १०० रोपनी जग्गा लिएर गौशाला चलाउँदै आउनुभएका मानव अधिकारकर्मी उत्तम पुडासैनी राजनीतिक दलका नाममा २०६२÷६३ को जनआन्दोलनपछि सुकुम्वासी ल्याएर राख्न खोजिएको स्मरण गर्नुहुन्छ । 

कोषको जग्गामा सुकुम्वासीका नाममा मानिस राखेर समस्या बनाइनुहुन्न भन्नेको त्यसबेला घरसमेत जलाइएको उहाँले सुनाउनुभयो । विसं २०५४ को स्थानीय तह निर्वाचनमा साविकको गोठाटार–३ बाट वडाध्यक्ष निर्वाचित सानोबाबु चापागाइँको घरमा त्यसबेला रातिको समय पारेर आगो लगाइएको थियो ।

कागेश्वरी मनोहरा–८ का वडाध्यक्ष श्रीप्रसाद चापागाइँ कोषको जग्गामा तीव्र रुपमा घर टहरा बन्न थालेपछि वडा कार्यालयले कोषलाई पत्र लेखी जग्गा संरक्षण गर्न अनुरोध गरेको सुनाउनुहुन्छ । कोषले बालुवा निकालेर बाँकी रहेको स्थानमा पाँगो माटो रहेकाले वर्षामा भेल आएर ढल व्यवस्थापनमा समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ । भेल व्यवस्थापनका लागि वडाले कोषको ध्यानाकर्षण गराउँदै आएको छ ।

देशमा सशस्त्र माओवादी द्वन्द्व शुरु भएदेखि नै पशुपतिको यो जग्गामा अतिक्रमण शुरु भएको वडाध्यक्ष चापागाइँले बताउनुभयो । कोषको पछिल्लो सूचनामा छाप्रामात्र भत्काइने उल्लेख भएकाले पक्की घरलाई छुट दिन लागेको हो कि भन्ने स्थानीयवासीमा परेको छ । कोषका सदस्य सचिव थापा भने कोषको जग्गामा बनेका सबै संरचना भत्काएर खाली गरिने बताउनुहुन्छ । 


प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्