Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास
सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास
नेपालकागज
नेपालकागज बिहीबार, माघ २०, २०७८

काठमाडौँ । संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको छ ।
 
राष्ट्रियसभाको विधायन  व्यवस्थापन समितिले पछिल्ला दिनमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञसहितको सहभागितामा निरन्तर दफावार छलफल गरिरहेको छ ।
समिति सभापति परशुराम मेघी गुरुङले स्वदेशमै सुक्षित मुद्रणसँग सम्वन्धित काम गर्न सकियोस् भन्ने उद्देश्यले कानुन निर्माणलाई प्राथमिकता दिएर समितिमा भइरहेको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैक नोट, राहदानी, राष्ट्रिय परिचयपत्र, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र(लाइसेन्स)लगायतका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश गइरहेको छ, अब यो काम नेपालमै गरौँ भनेर सरकारले ल्याएको सुरक्षित मुद्रण सम्बन्धित कानुनलाई समृद्ध तुल्याउन निरन्तर छलफल भइरहेको छ ।”

सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण(प्रिन्ट) हुन सकेको छैन । ती काजगात छपाइका लागि विदेश गइरहेको रकम नेपालजस्तो मुलुकका लागि ठुलो परिमाण हो । उक्त रकम विदेश जानबाट रोक्न मुलुकमै सुरक्षित मुद्रणको व्यवस्था गर्नुपर्छ भनी कानून निर्माण शुरु गरिएको हो । यसअघि विकास सम्बन्धी  ऐनमा  टेकेर मुद्रणको काम हुँदै आएको छ । राष्ट्रियसभामा उत्पति भएकोे उक्त विधेयकमाथिको छलफल अन्तिम चरणमा पुगेकाले केही दिनमै प्रतिवेदन तयार हुने जानकारी दिइएको छ ।

सरकारले जति पनि सुरक्षण मुद्रण सम्बन्धी काम गर्छ ती सबै यही कानुनकै आधारमै गर्न  सकियोस् अरुको नक्कल नहोस् भन्ने उद्देश्य राखेर ऐन ल्याउन लागिएको सभापति गुरुङले बताउनुभयो । सरकारले सुरक्षण मुद्रणका लागि काभ्रेको बनेपामा  दुई मेसिन राखेर काम गर्न खोजेको छ । सुरक्षण मुद्रणका लागि कानुनलगायतका भौतिकपूर्वाधार दुई वर्षभित्रै सम्पन्न गरी तीन वर्षमा पूर्णरुपमा सञ्चालनमा ल्याउने सरकारले अठोट गरेको छ । समितिले विधेयकमाथिको पहिलो चरणको छलफल केही दिनमै पुरा हुने जानकारी दिएको छ ।
सङघीय संसद् : खर्च र जनशक्ति बढी
सुरक्षण मुद्रण राज्यका लागि निकै महत्वपूर्ण र प्राथमिकताको विषय भएकाले छलफल सकिए लगतै चालु हिउँदे अधिवेशनमै सदनमा टेबल गर्नुपर्नेमा सदनको बैठक भने प्रमुख प्रतिपक्षको अवरोधका कारण प्रभावित हुँदै आएको छ।

नेपालमा विधायकी कार्यका लागि सङ्घीय संसद(प्रतिनिधिसभा र राष्ट्रियसभा)मा  मात्रै पनि सभामुख र अध्यक्षसहित ३३४ सांसद् हुनुहुन्छ भने करिब सोही सङ्ख्याका संसद् सचिवालयमा कर्मचारी कार्यरत छन् । पछिल्लो समय प्रमुख राजनीतिक दलबीच विभिन्न एजेण्डमा मतभिन्नता रहेका कारण  सिङगो संसद्का काम प्रभावित हुँदै आएकामा कोभिड–१९ को सङ्क्रमण जोखिमले पनि थप बल पु¥याएको छ ।

सभापति गुरुङ भन्नुहुन्छ, “यो सबै जनशक्ति ऐन बनाउनका लागि हो, व्यवस्थापन गर्न सचिव छ, खर्च ठूलो छ, सङघीय संसद्बाट समयमै कानुन बनाउन नसकेका कारण प्रदेशसमेत प्रभावित हुँदै आएको छ, सरकार र राजनीतिक दलले यो पक्षलाई हेक्का राखेर कानुन बनाउने कार्यलाई निरन्तर बनाउनुपर्छ ।”

सुरक्षण मुद्रणसहित महत्वपूर्ण १० वटा विधेयक समितिले छलफल गरेर टुङ्ग्याए पनि सदनमा पेश हुन सकेका छैनन् । मुलुक र जनताका आवश्यकतालाई सम्बोधन गर्न नयाँ कानुन निर्माण गर्ने तथा  बनेका पुराना कानुनको परीक्षण(अडिट) गर्न पर्ने जिम्मवारीलाई  आफनो मुख्य कर्तव्य सोचेर काम गर्न र वातावरण बनाउन उहाँले सरकार र सबै राजनीतिक दललाई सुझावसमेत दिनुभएको छ । 
 


प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्