Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • ‘तपाइँको मास्क खै’
‘तपाइँको मास्क खै’
नेपालकागज
नेपालकागज शुक्रबार, माघ १४, २०७८

काठमाडौँ । पछिल्ला दिनमा  बढ्दै गरेको ओमिक्रोन कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजद्वारा संयुक्त रुपमा  आयोजित ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत थानकोट, चेकपोष्ट, बलम्बु गुर्जुधारा, सतुङ्गल, तीनथाना, नैकाप, दहचोक जस्ता नगरका मुख्य क्षेत्रमा मास्क वितरण गरिएको थियो । 

कार्यक्रमको आज समापन गर्दै चन्द्रगिरि नगरपालिका  प्रमुख घनश्याम गिरीले कोरोना नियन्त्रणमा नगरपालिकाले उच्च प्राथमिता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो“ आफूलाई पायक पर्ने स्थानमा गई कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न  म नगरवासीलाई आग्रह गर्दछु ।”

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिको सहकार्यमा आयोजित सो कार्यक्रममा  चन्द्रागिरि–१ का वडाध्यक्ष राजेन्द्र केसीले समाज रुपान्तरणमा जेसिज अभियान महत्वपूर्ण  रहेको जनाउँदै कोरोना महामारी रोकथाम र न्यूनीकरणमा सामूहिक प्रयत्नको खाँचो औल्याउनुभयो ।  चन्द्रागिरि–१३ का वडाध्यक्ष बालमुकुन्द विडारीले कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाइँको मास्क खै’ अभियान फलदायक रहेको विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक दिल्लीनारायण पाण्डेले जनचेतना कार्यक्रमले आम नागरिकको स्वास्थ्य सुरक्षामा प्रभावकारी भूमिका खेलेको जनाउँदै  सङ्क्रमणवाट बच्न र बचाउन मास्क अहिलेका लागि प्रभावकारी माध्यम रहेको बताउनुभयो । उहाँले भन्नुभयो “ चेतना फैलाउने काम प्रहरीले निरन्तर जारी राख्छ  ।”  सो अभियानलाई समाजसेवी रामनारायण घिमिरेले मास्क सहयोग गर्नुभएको थियो । चन्द्रागिरि– १२ गुर्जुधारा स्थित  भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहनुभएका उहाँले कारोनाबाट बच्न र बचाउन सामूहिक जनचेतनाको आवश्यकता औल्याउनुभयो । 

थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीले कोरोना महामारी नियन्त्रण, रोकथामका लागि थप जनचेनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सामाजिक कामका लागि जेसिज सबैसँग सहकार्य तयार छ । ” संस्थापक अध्यक्ष नन्ददास अमात्यले बजारक्षेत्रमा सर्वसाधारण र सवारी चालकलाई मास्क वितरण अभियानका क्रममा  मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुन सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । 

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि  अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो । गत शनिबार माघदेखि सुरु भएको सो अभियान अन्तर्गत आजसम्म करिब १३ हजार जनालाई मास्क लगाउन प्रेरित गर्दै निःशुल्क मास्कसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा थानकोट जेसिजका पूर्वअध्यक्ष सलिम श्रेष्ठले थानकोट जेसिजको साताव्यापी कार्यक्रमलाई साथ सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै समुदायमा पर्ने हरेक समस्यामा थानकोट जेसिजले गर्नुपर्ने हरेक दायित्व लिन तयार रहेको बताउनुभयो । कार्यक्रममा सस्थाका पूर्वअध्यक्षहरु सलिम श्रेष्ठ, पेशलकुमार खतिवडा, मनोज श्रेष्ठलगायत बोर्डका पदाधिकारीको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्