Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आँखाको ज्योतिले दियो खुसी
आँखाको ज्योतिले दियो खुसी
नेपालकागज
नेपालकागज शनिबार, पुस २४, २०७८

महोत्तरी । “लगैछल जे आब जिनाइके कोनो अर्थ नई, बुढापा जहन्नम होगेल, लेकिन आँखके शल्यक्रियाके वाद मिलल रोशनी आओर जियके चाह बढादेलक” । (लाग्दथ्यो, बाँच्नुको अब कुनै अर्थ छैन, बुढ्यौली उमेर नर्क बन्यो, तर आँखाले ज्योति पाएपछि अब भने अझ धेरै बाँच्ने चाहना बढ्योे) । 

केही दिनअघि  देब्रे आँखाको शल्यक्रियापछि ज्योति फेरि पाउनुभएका महोत्तरी सुदूरदक्षिण पश्चिमवर्ती सम्सी गाउँपालिका–६ पर्सादेवाडका ८० वर्षीय मोहम्मद जमिलले खुसी हुँदै सो भावना पोख्नुभयो । उहाँले भन्नुभयो, “आब दो महिनावाद दहिना आँखके सेहो शल्यक्रिया करायब” (अब दुई महिनापछि दाहिने आँखाको पनि शल्यक्रिया गराउँछु) ।

आँखामा मोतीबिन्दु भएर पछिल्ला पाँच÷छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न घरपरिवारका सदस्यको सहारा चाहिने जमिल अब आफैँ हिँडडुल गर्नसक्ने हनुभएको छ । “नई सोचल सुुख हमरा बुढारी में भेटल (मैंले नसोचेको खुशी यो बुढ्यौलीमा पाँए)”, जमिलले भन्नुभयो । जमिलको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया बर्दिबास आँखा अस्पतालमा अघिल्लो महिना भएको हो । 

जमिलजस्तै सोही बस्तीका ९० वर्षीय मोहम्मद मजिबुलको आँखामा मासु बढेको शल्यक्रिया भएको छ । शल्यक्रियापछि सामान्य हिँडडुल र खान, बस्न निकै सहज भएको मजिबुलको भनाइ छ । यसपालि गएको महिना आँखाको शल्यक्रियापछि ज्योति पाउनेमा सम्सीबजारकै ८० वर्षीया गोदावरीदेवी पनि हुनुहुन्छ । “कति वर्षदेखि अँध्यारै÷अँध्यारो थियो, जिन्दगी नै ग¥हुङ्गो लाग्थ्यो”, गोदावरीदेवीले भन्नुभयो, “अब भने बाँची रहन पाउँभन्ने इच्छा जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो ।”

बर्दिबास नगरपालिका–८ हाथीलेटका ८८ वर्षीय रघुवर साह, ८० वर्षीय बद्री महतो, रामगोपालपुर–१ मोहनपुरका ६० वर्षीय मोहम्मद कादिर हुसैन र भङ्गाहा नगरपालिका–९ हरिनमरीकी ६० वर्षीया गुलावदेवी साहले आँखाको शल्यक्रियापछि ज्योति पाउँदा बिछट्ट खुशी लागेको प्रतिक्रिया दिनुभयो । बर्दिबास आँखा अस्पतालबाट सन् २०२१ भित्र एक हजार ७५० को शल्यक्रिया गरिएको छ । जसमा मोतीबिन्दु, जलबिन्दु  र आँखामा मासु बढेका समस्या भएको अस्पताल सञ्चालक समितिका  अध्यक्ष मुकुन्दप्रसाद पौडेल बताउनुहुन्छ । 

हिमालयन आई केयर फाउण्डेशन भक्तपुरको सहकार्यमा बर्दिबास आँखा अस्पताल बर्दिवास (महोत्तरी)ले प्रदेश–२ का महोत्तरीसहितका छिमेकी जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचार प्रबन्धले अहिलेसम्म तीन हजार ५८१ ले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका छन् । यसमध्ये सन् २०२१ मा एक हजार ७५०, २०२० मा एक हजार र २०१९ मा ८३१ को शल्यक्रिया भएको छ ।

“आँइख नई देखै छली त कत्त छि ? कि खाइछि ? कोनो सुधी नई छल” (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु , केही भेउ पाउँदैनथे), धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिकाको पिडारी बस्तीका १०५ वर्षीय रामलखन राम भन्नुहुन्छ, “बर्दिबासको आँखा अस्पतालले आँखाको जालो हटाइ दियो, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो ।” रामजस्तै धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैया भवाडी बस्तीका ८० वर्षीय रामभरत साहलाई पनि मोतीबिन्दुको शल्यक्रिया गरेपछि नयाँजीवन पाइएको महसुस भएको छ ।

सो अस्पतालमा सेवा लिनेमा महोत्तरी, धनुषा र सर्लाहीका बढी छन् । पहिलो वर्ष (सन् २०१९) मा रौतहटसम्मका बिरामी आए पनि त्यसयता भने तीन जिल्लाका बढी आएका अस्पतालले जनाएको छ । सन् २०२१ मा बिरामीको पहिचान गर्न अक्टोबरयता विभिन्न ३७ ठाउँमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । 

शिविरमा जम्मा सात हजार जनाको आँखा जाँच गरिएमध्ये दुई हजार ८०० जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको अध्यक्ष पौडेलको भनाइ छ । जसमध्ये एक हजार ७५० को मात्र शल्यक्रिया सम्पन्न गरिएको छ । शल्यक्रिया गरिनपर्नेमा  मोतीबिन्दु, आँखामा मासु पलाएका र जलबिन्दुका बिरामी पाइएको अस्पतालले जनाएको छ । शल्यक्रिया गरिन पर्ने ठहर गरिएका एक हजार ५० अस्पताल नआउनुभएको अध्यक्ष पौडेलले बताउनुभयो । शल्यक्रिया वरिष्ठ आँखा चिकित्सक सर्जन डा लिलाराज पुरी, डा अर्जुन श्रेष्ठ र  डा दीपक खड्काले बर्दिबास आँखा अस्पतालमा गर्दै आउनुभएको छ ।

सन् २०२१ को अक्टोबरयता आयोजना गरिएका शिबिरमा सामान्य प्रकृतिका बिरामीलाई औषधि वितरणमा स्थानीय सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तित्वको  सहयोग प्राप्त भएको छ । 

बितेका तीन महिनाबीच सम्पन्न शिबिरमा अस्पतालले एक हजार ९०० जनालाई एडिसिनल पावरको रिडिङ्ग्लास (चश्मा) वितरण गरेको छ । आँखाको देख्ने शक्ति कम हुँदै गएर सियोमा धागो उन्न नसक्ने, हराएका ससाना बस्तु नदेखिने र पढ्न नसक्नेलाई यस्तो चश्माले तत्काल राहत दिएको छ ।


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्