Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • महाकाली नदीलाई स्वच्छ राख्न आग्रह
महाकाली नदीलाई स्वच्छ राख्न आग्रह
नेपालकागज
नेपालकागज आइतबार, पुस १८, २०७८

दार्चुला । महाकाली नदीको स्वच्छताका लागि जिल्लाका अगुवाले सबैपक्षसँग आग्रह गरेका छन् । कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि उनीहरुले यस सम्बन्धी अभियान  नै सञ्चालन गरेका हुन् । अभियन्ता शङ्करसिह धामीले  पवित्र नदीको स्वच्छता र संरक्षणका लागि सबैले योगदान गरौँ भन्दै सामूहिक भेला भएर प्रतिज्ञा गरिएको बताउनुभयो । खासगरी सदरमुकाम क्षेत्रमा घरभित्र र बजारको ढल महाकाली नदीमा मिसाइएको छ । यसबाट नदी दूषित बनेको छ । “यो नदीको स्वच्छता कायम राख्नु मानव जगत्को कर्तव्य हुन जान्छ”, उहाँले  भन्नुभयो, “ नदीको पानी नै प्रयोग गर्नुपर्ने बाध्यता हुनसक्छ । यसका लागि नदीको स्वच्छता र सरसफाइमा ध्यान जानु आवश्यक छ ।”

सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वन नजिकै भएको जागरण भेलामा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । नदी दुर्गन्धित हुँदा नदीमा आश्रित जीवजन्तु पनि विस्तारै लोप हुँदै गएको अधिकारकर्मी नारायण जोशी बताउनुभयो । “हामीले नदीको स्वच्छता अभियान सञ्चालन गर्न बेला–बेलामा सचेतना अभियान चलायौँ”, उहाँले भन्नुभयो, “तर सदरमुकामवासीको व्यहोरा परिवर्तन हुन सकेन । ”

महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । जागरण भेलामा सहभागी विमल बोहराले भन्नुभयो, “बङ्गाबगडबाट किम्तडीसम्म हे¥यो भने जताततै फोहरैफोहर छ । यो हामी मानव जातिलाई सुहाउने काम होइन ।” खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्तडी नजिकैको छेउमा फोहरको थुप्रो छ ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट नमस्कार तलैसम्म नदी किनारमा फोहरमैला छ । बढ्दो सहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण बढेको छ । पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म ,क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो रहेको बताइएको छ । 
 
“तटबन्ध निर्माणका क्रममा हामीले केही व्यक्तिलाई तटबन्धभित्रै सेफ्टीट्याङ्की बनाउन भनेका छौँ”, महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामीले भन्नुभयो, “तर अझै पूर्णरूपमा सरसफाइमा ध्यान गएको छैन । मदिराका बोतल, फोहरजन्य वस्तु जथाभावी फालिएका अहिले पनि देखिन्छन् ।

सञ्चारकर्मी शङ्करसिंह धामीले सामाजिक सञ्जालमा पोष्ट गर्दै भन्नुभएको छ “सनतान धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि तन, मन, बचन र कर्मले सकारात्मक योगदानको प्रण गर्दछु, यसमन लागि निस्वार्थरूपमा क्रियाशील भइरहने र यो पुण्यकार्यमा सहभागिता बढाउन सिर्जनात्मक रूपमा सक्रिय भइरहने सङ्कल्प गर्दछु ।” 
 


प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्