Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सर्वसाधारणका लागि गद्दी बैठक खुला गरिँदै, इन्टरनेटबाटै गर्नुस् वसन्तपुरको अवलोकन...
सर्वसाधारणका लागि गद्दी बैठक खुला गरिँदै, इन्टरनेटबाटै गर्नुस् वसन्तपुरको अवलोकन...
नेपालकागज
नेपालकागज आइतबार, पुस ११, २०७८

काठमाडौँ । यही पुस १६ गतेदेखि सर्वसाधारणका लागि वसन्तपुरमा रहेको ऐतिहासिक गद्दी बैठक खुला हुने भएको छ । भूकम्पका कारण आंशिक क्षति भएको गद्दी बैठक जिर्णोद्धार सम्पन्न भइसकेको छ । मर्मतपछि ऐतिहासिक उक्त बैठक ग्यालरीसहित सञ्चालन गर्न लागिएको हो । 

ग्यालरीमा पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि हालसम्म आइपुग्दा राजनीतिक परिवर्तका विषय समेटेर विभिन्न कालखण्डका लिखित दस्तावेज राखिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी गराएको छ । यस अवधिका प्राप्त गर्ने सके जतिका फोटो पनि अवलोकनका लागि ग्यालरीमा राख्ने तयारी भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।     

उक्त ऐतिहासिक कागजात विद्यार्थी, अवलोकनकर्ता र अनुसनधानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुने विश्वास अड्डाको रहेको छ । जिर्णोद्धारपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले केही समय लागेको बताइएको हो । ‘सांस्कृतिक धरोहर’समेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्ने आशा गरिएको छ । भूकम्पबाट क्षति भएको गद्दी बैठकको तीन वर्षअगावै जीर्णोद्धार सकिएको सम्पन्न भएको थियो । 

गद्दी बैठक काठमाडौँ दरबार क्षेत्रमा अवस्थित छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरबार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक छन् । त्यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत महत्वपूर्ण स्मारक रहेका छन् ।  

मेरिकी दूतावास र संस्कृति सम्पदा कोषले जिर्णोद्धार गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो । तत्कालीन समयमा विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो । 

सुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । हाल यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ । सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणले यसअघि अवलोकन गर्न पाएका थिएनन् । 

भ्रमण वर्ष, २०२० लाई लक्षित गरेर खुला गरिए पनि विश्वभरि फैलिएको कारोनाका कारण  अवलोकन गर्न नपाई पुनः बन्द गरियो । मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ । 

वसन्तपुर क्षेत्रमा हुने गरको जात्रा पर्वको बारेमा पनि उक्त स्थानमा जानकारी राखिने छ । त्यसैगरी “५० वर्ष अघिको अनुमान ढोका” भन्ने शीर्षकमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ५० वर्ष अघिको उक्त स्थानका फोटो प्रदर्शन गर्न लागिएको छ । 

इन्टरनेटबाटै गर्नुस् वसन्तपुरको अवलोकन

कुनै पनि स्थानको अवलोकन गर्नका लागि उक्त स्थानमा नै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै हनुमान ढोका दरबार क्षेत्रले विश्वको जुनसुकै स्थानबाट पनि उक्त ऐतिहासिक स्थानको अवलोकन गर्न सक्ने व्यवस्थाको तयारी थालेको छ ।  

आमनागरिकले उक्त व्यवस्थाको प्रयोग यही पुस १२ गतेबाट गर्न सक्नेछन् । पहिलो पटक अभ्यास गर्न लागिएको उक्त व्यवस्थाको सुरुमा अनलाइन अवलोकन गरेवापत कुनै पनि शुल्क लाग्ने छैन । 

कोरोनाका कारण राम्रोसँग विगत दुई वर्षदेखि अवलोकनकर्ताले वसन्तपुर क्षेत्रको अवलोकन गर्न पाएका छ्रैनन् । यसरी लामो समयसम्म महत्वपूर्ण र ऐतिहासिक सम्पदाको अवलोकन गर्न नपाउँदा जनगुनासो बढेपछि अड्डाले भर्चुअल आध्ययमबाट हेर्न सकिने व्यवस्था गर्न लागेको हो । 

त्यति मात्रै होइन यही पुस १ गतेदेखि अवलोकनकर्ताको सहजताका लागि भन्दै अड्डाले यस क्षेत्रको अवलोकनका लागि अनलाइन टिकटको पनि व्यवस्था गरेको छ । पहिलो पटक यसरी अभ्यास गरिएकाले अनलाइनबाट टिकट काट्नेको सङ्ख्या भने अत्यन्तै कम रहेको बताइएको छ । 
 


प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्