Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ‘ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी हुन्’ 
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ‘ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी हुन्’ 
नेपालकागज
नेपालकागज आइतबार, पुस ११, २०७८

तस्वीर: प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार सिंहदरबारमा प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई दुबोको मालाले सम्मान गर्दै । 

काठमाडौँ । नेपाल सरकारले आज विभिन्न कार्यक्रम गरी प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज ‘सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ दिवस मनाएको हो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विभिन्न मन्त्री, सङ्घसंस्थाका प्रतिनिधि, ज्येष्ठ नगारिकलगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमका वक्ताले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएको भन्दै उहाँहरूको सामाजिक सुरक्षा, स्वाथ्य हेरचाह र सम्मानमा राज्य, विभिन्न सङ्घसंस्थाका साथै प्रत्येक घरपरिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा,  हेरचाह राज्यको दायित्व भएको र त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउनुभयो ।

साथै उहाँले सभ्य समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र हेरचाह अपरिहार्य रहेकामा जोड दिँदै यसमा सबै निकाय र घरपरिवारको पनि उत्तिकै जिम्मेदवारी रहेको बताउनुभयो । मन्त्री खाणले आधुनिक, सभ्य र समृद्ध समाज निर्माणका लागि ज्येष्ठ नागरिकको अनुभव, शिक्षा र ज्ञानको आवश्यकता औँल्याउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानअनुसार समाजिक सुरक्षाको हक र ज्येष्ठ नागरिकको हक कार्यान्वयन गर्नु समाजवादको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकारले जनताका मौलिक हक कार्यान्वयनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाएको बताउनुभयो ।

उहाँले ९० वर्ष उमेर पुगेका र थला परेका ज्येष्ठ नागरिकलाईसामाजिक सुरक्षा भत्ता घरमै गएर उपलब्ध गराउन सरकारले आवश्यक व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले केन्द्रीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकका लागि जमघट हुने, छलफल गर्ने र भजनकिर्तन गर्ने विभिन्न केन्द्र तथा पार्कको निर्माण गरिरहेको बताउँदै सरकारले ज्येष्ठ नागरिक उपचारका लागि छुट्टै अस्पताल बनाउने बारेमा छलफल गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकलाई बृदाश्रम राखेर समस्या समाधान नहुने बताउँदै उहाँहरुलाई माया, स्नेह र सम्मान आवश्यक पर्ने भएकाले यसमा सरकारसँगै सबै घर परिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको सम्मान र उचित हेरचाह बिना सुसस्कृत सभ्य समाजको निर्माण हुन नसक्ने बताउँदै सरकारले कानूनअनुसार ज्येष्ठ नागरिकलाई प्राप्त सेवा सुविधा कार्यान्वयनमा पहलकदमी लिएको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँको गोठाटारमा ५० बेडसहितको ज्येष्ठ नागरिक अस्पताल र १७० जना क्षमताको बृदाश्रम बनाउने कार्यको थालनी यही आर्थिक वर्षबाट आरम्भ भएको समेत जानकारी गराउनुभयो ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडा, शताब्दी पुरुष डा सत्यमोहन जोशी, ज्येष्ठ नागरिक राष्ट्रिय महासङ्घका अध्यक्ष छत्र प्रधानलगायतले ज्येष्ठ नागरिकले राज्य र समाजका लागि गरेको योगदानको कदर गर्दै ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य उपचार र सम्मानमा सबैको योगदान आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको शुभकामना सन्देश सचिव खतिवडाले बाचन गरेर सुनाउनुभएको थियो । यसैगरी प्रधानमन्त्री देउवाले डा जोशीलाई माला र खादालगाई सम्मान गर्नुभएको थियो भने अन्य ज्येष्ठ नागरिकलाई मन्त्री रेग्मीले सम्मान गर्नुभएको थियो । 
 


प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्