Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आयआर्जन गर्दै दाङका पूर्वकमलरी: आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै
आयआर्जन गर्दै दाङका पूर्वकमलरी: आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै
शिव राज खनाल
शिव राज खनाल शुक्रबार, पुस ९, २०७८

दाङ (देउखुरी) । पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी हुनुहुन्छ । 

उहाँ कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको छ । अहिले उहाँको खोरमा  ३० बङ्गुर छन् । उहाँले भन्नुभयो “आफ्नै गाँउघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा औधी खुशी छु ।” मुक्तकमलरी विकास मञ्च र आइएम नेपालका सहयोगमा २७ महिलालाई  समूहमा आबद्ध गराइ तालिम समेत प्रदान गरिएको थियो ।  

घोराही–२ रामपुर पलासेका तुलसा चौधरी जागरण महिला समुहका अध्यक्ष हुनुहुन्छ । उहाँ पनि पूर्वकमलरी हुनुहुन्छ । उहाँले अहिले समूहमा मासिक रु ३०० बचत गर्नुहुन्छ । समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । 

उहाँले ती सस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिनुभएको थियो  । उहाँले घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक तरकारी खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जमिनमा टमाटर, लसुन, काउली र बन्दा लगाउनुभएको छ । उहाँले भन्नुभयो “तरकारी बेचेर मासिक ३० देखि ३५ हजार आम्दानी गर्दछु ।”

मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताउनुभयो । महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्न र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उहाँले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताउनुभयो ।  उहाँले महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।

आइएम कार्यक्रमका प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाको उत्थानका लागि परियोजनामार्फत आयआर्जन र सचेतनामूलक कार्यक्रम भएको बताउनुभयो । 

मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा  कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेकोछ । जिल्लामा मुक्तकमलरीको सङ्ख्या तीन हजार ६५८ जना रहेको मञ्चले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १४:०२
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्