Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • महोत्तरीमा गुठीको जग्गामा नगरपालिकाको रजाइँ: करोडौँ मूल्यका जग्गामा मटिहानी नगरपालिकाको अतिक्रमण
महोत्तरीमा गुठीको जग्गामा नगरपालिकाको रजाइँ: करोडौँ मूल्यका जग्गामा मटिहानी नगरपालिकाको अतिक्रमण
नेपालकागज
नेपालकागज बुधबार, मंसिर २९, २०७८

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाले गुठी संस्थानका जग्गामा संरचनाहरू निर्माण गरिरहेको पाइएको छ ।  नगरपालिकाले मटिहानीमा अवस्थित नेपालकै जेठो लक्ष्मीनारायण मठअन्तर्गत स्थानीयस्तरमा रहेका गुठीका करोडौँ मूल्यका जग्गामा गरेको निर्माणले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक संरचना अतिक्रमणमा परेका छन् । 

त्रेता युगमा रामले जानकीसँग विवाह गर्दा मटिहानीमै अवस्थित लक्ष्मीसागरबाट माटो खनेर यज्ञवेदी बनाइएको धर्मग्रन्थमा उल्लेख छ । त्यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदा गुठी संस्थानको अधीन एवं संरक्षणमा छन् । मटिहानी मठसँग राजधानी काठमाडौंँसहित देशका विभिन्न शहर र स्थानमा एक हजार ३०० बिघा जग्गा रहेकामा ७०० बिघा  रैतानमा परिणत भएको तथा बाँकी ६०० बिघा अतिक्रमणको चपेटामा परेको छ । यसका जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा गुठीसँग सहमति लिनुपर्ने, जानकारी दिनुपर्ने र समन्वय गरेर जानुपर्ने कानूनी व्यवस्था भए पनि नगरपालिकाले गुठी, मठ तथा त्यसका संरक्षकसँग स्वीकृति लिएको पाइएको छैन । 

नगरपालिकाले मटिहानी मठको ठीक प्रवेशद्वारमै मठ परिसरभित्रै शौचालय बनाउन लागेको छ । त्यस्तै मिथिला क्षेत्रको महाकुम्भ ‘१५ दिने माध्यमिकी परिक्रमा’का बेला परिक्रमाबासीको तेस्रो दिनको बासस्थानका रूपमा रहेको मटिहानी नगरपालिका–७ परिक्रमा गाछीमा अवस्थित गुठीकै २५÷३० बिघा खाली जग्गामा जनप्रतिनिधि र कर्मचारीले अहिले कसैसँग कुनै इजाजत वा सरसल्लाह नै नगरी रङ्गशाला बनाएको बताइएको छ । घेराबेरा र पर्खाल लगाएर १० बिघा बढी जग्गा अतिक्रमण गरिएको बताइएको । यसले अबका दिनमा परिक्रमाबासीलाई बस्न स्थानको कमी हुने निश्चित छ ।

गुठीकै जग्गामा रहेको झुला घरको छेउमा बिनाइजाजत अर्को विशाल दुर्गा मन्दिर पनि बनाइएको छ । यसले सदियौंँदेखि चलिआएको रामसीता झुला महोत्सवको आकर्षणलाई ओझेलमा पार्ने काम भएको स्थानीयवासीको भनाइ छ । त्यसैगरी मटिहानी बजार (हटिया) नजिकै रहेको गुठीको बहुमूल्य जग्गामा गुठीसँग कुनै समन्वय नै नगरी जनताका लागि भनेर सार्वजनिक शौचालय बनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले गुठीको जग्गा आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने जनाउँदै अतिक्रमणको रोकथामको जिम्मेवारी आफ्नो नरहेकाले यसमा गुठीले नै आवश्यक पहल गर्नुपर्ने स्पष्ट गर्नुभयो । गुठी संस्थान कार्यालय जलेश्वरका निमित्त कार्यालय प्रमुख मीना भट्टराईले भने आफूहरुले कार्यालयबाट पटकपटक त्यस्ता कामकाज रोक्न नगरपालिका र नगर प्रमुखसहित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको र महोत्तरी जिल्ला अदालतमा मुद्दासमेत हालिसकेको जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकाले विभिन्न स्थानमा विभिन्न योजना निर्माण गरिसकेकाले भिन्दाभिन्दै मुद्दा लगाउने तयारीसमेत भइरहेको छ । उहाँले भन्नुभयो, ‘हामी कर्मचारी हौँ,  पत्रबाट समस्या समाधानका लागि प्रयास गर्छाैँ, बल प्रयोग गर्न सक्दैनौँ ।” 

नगरपालिकाले मटिहानीमा गुठीका जग्गामा गरिरहेको मनोमानी रोक्न तथा  ऐतिहासिक एवं धार्मिक सम्पदाको संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षणका लागि स्थानीय सरोकार पक्षले आग्रह गरेको छ । लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथदास वैष्णवले नगरपालिकाका कामकारवाही रोक्न आफूसँग कुनै अधिकार नरहेको जनाउँदै अहिलेका अवस्थामा कतै केही गर्न नसक्ने अवस्थामा रहेको स्पष्ट गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता राजकिशोर मण्डलले गुठीका बहुमूल्य सम्पदा नगरपालिकाद्वारा अतिक्रमण गर्ने मटिहानीका जनप्रतिनिधिमाथि नेपाल सरकार र गुठी संस्थानले आवश्यक कारबाही गर्नुपर्ने माग गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय अगुवा सुनिलकुमार कर्णले पनि विकासका नाउँमा जथाभाबी रुपमा गुठीका ऐतिहासिक सम्पदाको अतिक्रमण गर्नु निन्दनीय भएको जनाउँदै नगरपालिकाको मनोमानी रोक्न केन्द्रीय गुठी संस्थानले तुरुन्त कारवाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नागरिक समाजका अमितकुमार साहले विकासको नाममा विनाश गर्नु राम्रो नभएको जनाउँदै गुठीको ऐतिहासिक सम्पदामाथि प्रहार भएकामा रोष प्रकट गर्नुभयो । समाजसेवी राजेशकुमार कर्ण पनि नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले मटिहानीमा रहेको वषौँ पुरानो गुठीका ऐतिहासिक जग्गामा धमाधम अनधिकृत रूपमा भौतिक संरचना बनाएर सम्पदाको विनाश गरिरहेको आरोप लगाउनुभयो ।

उपप्रमुख शिवोदेवी साहले नगरपालिकाले गुठीकै जग्गामा मन्दिर, मस्जिद, धर्मशाला, स्वास्थ्यचौकी, अतिथिगृह, वडा कार्यालयलगायत दर्जनौँ योजना बनाएको स्वीकार गर्दै यसमा आपत्ति भएमा गुठी कार्यालय  वा सम्बन्धित निकायले  समयमै रोक्नुपर्ने  बताउनुभयो । अहिले दर्जनौँ योजना निर्माण भइसकेका अवस्थामा गुठी वा अन्य निकायले यसको कुरा उठाउनु ठीक नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गुठीको जग्गा यदि सरकारको हो भने नगरपालिकाले निर्माण गरेको संरचना पनि त सरकारकै हो, यसमा गुठी संस्थानको अहिलेसम्म आपत्ति आएको छैन ।” 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्माले सबै निर्माण उपभोक्ता समितिमार्फत भएको तथा गुठीसँग सहमति र समन्वय भएको बताउँदै गुठीलाई आपत्ति भए निर्माण भइरहेकै बेला रोक्न सक्ने स्पष्ट गर्नुभयो । “त्यतिबेला नरोकेर अहिले गुठी संस्थान वा मान महन्थले सहमति दिएका छैनन् वा समन्वय भएको छैन भन्नुको कुनै अर्थ छैन”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्