Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त
अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त
नेपालकागज
नेपालकागज शुक्रबार, मंसिर २४, २०७८

जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ । 

असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति गराउन नसकेको स्थानीयवासीको गुनासो छ । मध्यपहाड र तराई क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधैँ एकै नासको हुने गर्दछ । झन्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ । 

“पशुचौपायालाई उवाको जम्मा गरिराखेको पराल खुवाउने र सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ”, डोल्पोबुद्ध गाउँपालिका–१ धो मा बस्दै आएका पेमा गुरुङले भन्नुभयो, “छिमेकी गाउँहरुमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना  देखिँदैन । यहाँका सर्वसाधारण बिरामी भएमा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था छ ।” 

चिसोका कारण उपल्लो डोल्पाका सातवटा प्रहरी चौकीसमेत सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाबिला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहीन अवस्थामा रहेको पेमाले बताउनुभयोे । “हुने खानेहरु सदरमुकाम दुनैसहित देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरु मात्र हिउँको खालमा बस्न बाध्य भएका छन् ।”

गर्भवती, सुत्केरी र बालबालिकालाई चिसोले भारी समस्या बनाउने गरेको छ । सञ्चार सम्पर्कसमेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा चार महिना नियमित लगाउने खोप सेवासमेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमख सिंहराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप लिन सक्ने हाम्रो क्षमता छैन । कम्तीमा चार महिना त पूरै खोप बन्द हुने गर्दछ ।” चिसो मौसममा पुग्ने गरी खाना जम्मा गरेर यहाँका स्थानीयवासी राख्ने गर्दछ । उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारीसमेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् । 

उपल्लो डोल्पाका तीन पालिकालाई छुट्टै क्षेत्र बनाएर राज्यले सेवासुविधा दिनुपर्ने त्यहाँका नागरिकले केही दिनअघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । त्यो वेला अध्यक्ष प्रचण्डले यसमा आफूले गर्ने आश्वासन दिनुभएको थियो । 

उपल्लो डोल्पा सधैँ चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पामा मध्य खालको मौसम हुनेगर्दछ भने तल्लो डोल्पाको  मौसम जाजरकोटसँग मिल्दोजुल्दो रहेको छ । यहाँको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरुसमेत चिसोले प्रभावित हुने गरेका छन् । सुरक्षाका कारण देखाउँदै सुलिगाडमा झारिएको कार्यालय अहिलेसम्म उपल्लो डोल्पामा सार्न नसकिएको निकुञ्जले जनाएको छ । 

चिसो मौसमका कारण स्वास्थ्य संस्थासम्म बिरामी जान नसक्दा स्थानीय आम्चीद्वारा उपचार कार्य हुने गरेको स्थानीयवासी बताएका छन् । स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवालगायत संरक्षित जनावरहरु उपल्लो डोल्पामै पाइन्छ । 

हिउँका कारण विकास निर्माणमा बाधा

उपल्लो डोल्पामा हिमपातका कारण विद्यालयसमेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्नेछन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्षसमेत बदल्नुपर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्