Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस: मन्त्री रेग्मीले भनिन, 'अपाङ्गता अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ'
तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस: मन्त्री रेग्मीले भनिन, 'अपाङ्गता अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ'
नेपालकागज
नेपालकागज शुक्रबार, मंसिर १७, २०७८

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता संरक्षण नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले निःशुल्क शिक्षा, स्वास्थ्य र यातायातमा भाडा छुटलगायत ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन नगर्ने सम्बन्धित निकायका पदाधिकारीलाई कारबाही गरिने जानकारी दिनुभयो । 

मन्त्री रेग्मीले भन्नुभयो, “ऐनमा व्यवस्था भए बमोजिम अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा भाडामा ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, त्यसबारे सचेतनासँगै कार्यान्वयन नगर्ने व्यक्तिलाई कारबाही हुन्छ ।”

उहाँले मन्त्रालयको नामाकरणमा अपाङ्गतालाई समेट्दै पूर्णरुपमा अपाङ्गमैत्री संरचनाका लागि सक्दो चाँडो पहल गरिने आश्वासन दिनुभयो । मन्त्री रेग्मीले दृष्टिविहीन व्यक्तिका लागि सहयोगीको व्यवस्था गरिने  पनि बताउनुभयो । 

उक्त ऐनले  अपाङ्गता भएका व्यक्तिको निःशुल्क शिक्षा, स्वास्थ्यसँगै सवारी साधनको धनी वा चालकले तोकिएबमोजिका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाजजस्ता सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भाडामा ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । 

ऐनअनुसार सरकारले ल्याएको अपाङ्ग अधिकार नियमावलीले पनि  अपाङ्ग भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिनु भनेको छ तर त्यसको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । उक्त अधिकार उल्लङ्घन गरे वा दायित्व पूरा नगर्ने व्यक्तिलाई रु ५०  हजारसम्म जरिवाना हुनेछ भनिएको छ ।

कार्यक्रममा संरक्षण नेपालको पहलमा ६० दृष्टिविहीनलाई सेतो छडी (सहायक सामग्री) प्रदान गरिएको थियो । अध्यक्ष विरोध खतिवडाले अपाङ्गता भएका व्यक्तिभित्र पनि दृष्टिविहीन सबैभन्दा बढी समस्यामा पर्ने पर्ने भएकाले उनीहरुका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकारको पक्षमा काम गर्न कानून, नीति र निर्देशिकामा भएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ । 

संयुक्त राष्ट्रसङ्घको पहलमा विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ देखि हरेक डिसेम्बरको ३ मा मनाउन थालिएको हो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन र अवसर समानीकरणप्रति विश्व समुदायको ध्यानाकर्षित गर्न र अपाङ्गता भएका व्यक्तिप्रति हुने सबै प्रकारका भेदभाव, हिंसा र दुव्र्यवहारविरूद्ध लड्न सबैलाई पे्ररित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । 

विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको जिकिरअनुसार विश्वको कूल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिस अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् र अधिकांश अपाङ्गता भएका व्यक्ति विकासशील वा अल्पविकसित देशमा छन्  ।

हालसम्म नेपालमा कति अपाङ्गता भएका व्यक्ति, कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने विस्तृत तथ्याङ्क हामीसँग छैन । जनगणना २०६८ को प्रतिवेदनमा उल्लेख भएअनुसार कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत मात्र अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्