Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बाँकेमा ‘६८ प्रतिशत’ युवा लागुऔषधको कुलतमा
बाँकेमा ‘६८ प्रतिशत’ युवा लागुऔषधको कुलतमा
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख ३, २०७८

नेपालगन्ज ३ वैशाख : बाँकेमा ठूलो मात्रामा युवा लागुऔषधको कुलतमा फसेको तथ्यांक बाहिरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषधसहित पक्राउ पर्नेहरुको तथ्यांकलाई हेर्दा जिल्लाका १५ देखि ३० वर्षसम्मका किशोर तथा युवाको ठूलो संख्या लागुऔषधको कुलतमा फसेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधसहित पक्राउ पर्नेमा १५ देखि ३० वर्ष उमेरका ६८ प्रतिशत रहेका छन् । बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले चालु आर्थिक वर्षमा लागुऔषधका ८३ वटा मुद्दा रहेकोमा एक सय २२ जना पक्राउ परेको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा चार महिला छन् भने बाँकी पुरुष । जसमा १३ जना भारतीय समेत रहेका छन् । प्रहरीको तथ्यांकले अध्ययनरत र केही गर्ने उमेर समूह नै लागुऔषधमा फँसेको देखाएको छ । बाँकेमा आर्थिक वर्ष २०७४/७५ मा एक सय ४७ वटा, ०७५/७६ मा २ सय ४९ वटा र ०७६/७७ मा १ सय ५६ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका थिए । प्रहरी प्रमुख एसपी रानाले सम्पूर्ण अपराधको आधा बढी लागुऔषध प्रयोगकर्ता रहेको बताए ।

लागुऔषधको असर चोरी, लुटपाट, कर्तब्य ज्यान, आत्महत्या, सवारी दुर्घटनामा पनि देखिने गरेको प्रहरीको भनाईछ । सीमावर्ती जिल्ला भएकाले बाँकेबाट लागुऔषध अन्यत्र जिल्लामा समेत कारोबार भएको पाइएकोछ । लागुऔषध नियन्त्रण गर्न लागुऔषध नियन्त्रण ब्यूरो नै खटाइएको छ ।

यद्यपी बाँकेमा चालु आर्थिक वर्षमा तीन सय पाँच ग्राम ९ सय ४५ मिलिग्राम ब्राउनसुगर, ७ किलो ३० ग्राम चरेश, ३४ किलो ५ सय ७४ ग्राम अफिम, ५३ किलो गाजा, २२ लिटर कोरेक्स र एक हजार एक सय ५ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको छ । प्रहरीका अनुसार नेपालमा अहिले एक लाख ३० हजार ४ सय २४ जना हार्ड ड्रग्स युजर रहेका छन् । नेपालका कारागारमा २४ हजारभन्दा बढी बन्दी रहेकोमा २१ प्रतिशत लागुऔषधका रहेका छन् ।

बाँकेलाई लागुऔषधको ट्रान्जिट प्वाइन्ट मानिन्छ । ६५ किलोमिटर खुल्ला सीमाना रहेको बाँकेमा भारतीय नै यहाँ लागुऔषध पु¥याउन आउँछन् । नेपालगन्ज हुँदै छिमेकी जिल्लाहरु दाङ, सुर्खेत, दैलेख तथा पोखरा र काठमाण्डौंसम्म लागुऔषधको कारोबार हुन्छ ।

कर्णाली प्रदेशको जाजरकोट, रोल्पा, रुकुमका माथिल्लो भेगमा उत्पादन हुने अफिम, चरेश नेपालगन्ज हुँदै भारत पुग्ने गरेको प्रहरीको भनाइ छ । उता (भारत)बाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम लगायतका लागुऔषध विभिन्न नाका भएर नेपाल भित्रिने गर्छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्