Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बाँकेको चिसापानीमा महिला इन्चार्ज खटाईयो, अब्बल कार्य गर्दै सबिता
बाँकेको चिसापानीमा महिला इन्चार्ज खटाईयो, अब्बल कार्य गर्दै सबिता
नेपालकागज
नेपालकागज शनिबार, कात्तिक २७, २०७८

नेपालगन्ज । बाँकेमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपुर्ण मानिन्छ । तराईको जिल्ला अनि सीमा नाका भएर पनि होला बाँकेको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि बाँके ट्राफिक प्रहरीले दिनरात खटिएर ट्राफिक व्यवस्थापनलाई मजबुत बनाउने पर्यत्न गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमदेखि बेलाबेलामा चालकहरुको स्वास्थ्य जाँच समेत गराउँदै आएको छ ।

सवारी चापको हिसाबले भन्ने हो भने ट्राफिक व्यवस्थापनमा कठिन नेपालगन्ज हो भने त्यसपछि कोहलपुर र राजमार्गका शम्शेरगन्ज, चिसापानी र सम्झनामा पनि कठिन छ । बाँकेमा अहिले एक दर्जन ट्राफिक पोष्टहरु छन् । सबै ट्राफिक पोष्टले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका छन् । 

बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवल्दार सबिता रावल । 

महिलाले चाहे पुरुष सरह काम गर्न सक्छन् भन्ने कुरा ती महिला ट्राफिक रावलले चिसापानीमा अब्बल कार्य गरेर साबित गरिदिएकी छिन् । संगठनप्रतिको कार्य इमानदारीसाथ गर्ने निडर स्वाभावकी प्रहरी हवल्दार रावल चिसापानी गएको १७ दिन जति पुगेको छ । गएको १७ दिनको अन्तरालमा उनले ९० हजार रुपैयाँ  बढी राजश्व समेत संकलन गरिसकेकी छिन् । सहीलाई सही र गलतलाई गलत नै हो भन्ने महिला ट्राफिक  प्रहरी रावलले राजश्व संकलन गर्ने मात्र होइन, सवारी चालकहरुलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धि ज्ञान समेत दिँदै आएकी छिन् ।

"संगठनप्रतिको जिम्मेवारी पूरा गर्न म यहाँ आएको छु, इमान्दारीताका साथ काम गरेकी छु । मेरो कार्य गर्ने शैलीले गर्दा मलाई बिश्वास गरेर बाँके ट्राफिक प्रमुखले चिसापानीको जिम्मेवारी दिनुभएको छ, यहाँको ट्राफिक व्यवस्थापन मजबुत बनाउने त्यो जिम्मेवारी पूरा गर्नु मेरो कर्तब्य हो," प्रहरी हवल्दार रावलले बताइन् ।

महिलाहरू अनुशासित पनि हुन्छन्, काममा उनीहरू लगनशील भएर लाग्छन् । ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्न सक्ने क्षमता महिला प्रहरीसँग धेरै हुने जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।

"अहिलेसम्म ट्राफिक पोष्टमा महिला ट्राफिक इन्चार्ज थिएनन्, यसपटक मैले ती महिला प्रहरीको मेहनत, संगठनप्रतिको उत्कृष्ट कार्य गर्ने शैली देखेर महिला ट्राफिकलाई इन्चार्जको जिम्मेवारी दिएको छु । गएदेखि अहिलेसम्म उनले ट्राफिक व्यवस्थापनमा राम्रो कार्य गरेकी छिन्, राजश्व संकलन पनि चित्तबुझ्दो गरेको पाएको छु," प्रहरी निरीक्षक मल्लले भने । 

गल्ती भेटे ठाउँको ठाउँ कारबाही गर्ने शैलीले पनि ट्राफिक प्रहरी हवलदार रावलसँग चिसापानीमा सवारी चालकहरु तर्सिने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् ।  ट्राफिक व्यवस्थापन चुस्त राख्ने, दुर्घटना हुन नदिन सवारी चालकहरुलाई नियम कानुन सिकाउने उनको दिनचर्या नै भएको छ।

उनलाई चिसापानी मात्रै होइन, कुनै दुर्घटना भएमा देउराली डाँडा र बबईसम्म नै पुग्नुपर्ने बाध्यता छ । संगठनको जिम्मेवारी पूरा गर्न पहिलोपटक चिसापानी पोष्टको  कमाण्ड सम्हालेकी प्रहरी हवल्दार रावलले सकेसम्म सुर्खेत हुँदै उच्च हिमाली भेगमा जाने सवारसाधनमा यात्रु सिट क्षमता भन्दा बढी यात्रु राखिएको पाएमा जरिवाना तिराउँदै ट्राफिक नियमबारे क्लास दिन भने छुटाउँदिनन् ।

रावल भन्छिन्-"महिलाले पनि उत्कृष्ट कार्य गर्न सक्छन् भन्ने कुरा देखाउनु र आफ्नो कमाण्डरले आफूप्रति गरेको बिश्वास र भरोसा जित्नु नै मेरो लक्ष्य हो ।" ट्राफिक व्यवस्थापनमा कुनै सम्झौता आफूले नगर्ने रावल बताउँछिन्।


प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्