बर्दिया : स्वर्गीय सहिद दल बहादुर गुरुङ्गको शालिक अनावरण गरिएको छ। नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क्षेत्र नं.- २ (क) बर्दिया लुम्बिनी प्रदेशको आयोजनामा बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ६ वि.पी.प्रतिष्ठानमा स्वर्गीय सहिद गुरुङको शालिक सोमबार एक कार्यक्रमकाबीच अनावरण गरिएको हो।
तत्कालीन बिद्रोही समुह नेकपा माओवादीको संघातिक आक्रमणबाट २०६७ कार्तिक २९ गते उहाँको हत्या गरिएको थियो। उहाँ तत्कालीन नेपाली कांग्रेस क्षेत्र नं.-३ बर्दियाका कोषाध्यक्ष र तत्कालीन सानोश्री तरुण दलका अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँ जहिले पनि पार्टी प्रति ईमानदार, कर्तव्यनिष्ठा, लगलशिलका साथै पार्टीको विश्वाशिलो सिपाही हुनुहुन्थ्यो र हक्की स्वभावले गर्दा अल्पआयुमा ज्यान गुमाउनु परेको थियो। संघातिक आक्रमणबाट ज्यान गुमाएको ११ बर्ष पछि उहाँको शालिक अनावरण गरिएको हो।

उक्त शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय किशोर सिङ्ग राठौर, विशेष अतिथिका रुपमा द्वय नेपाली कांग्रेस पुर्व जिल्ला सभापति तथा महासमिति सदस्य अरुण सिङ्ग राठौर, नेपाली कांग्रेस महासमिति सदस्य तथा संगठन विभाग सदस्य जन्म जय तिमिल्सिना रहनुभएको थियो।
त्यस्तै, अतिथिको रूपमा घरपरिवार आमा तुल्सिदेवि गुरुङ्ग, श्रीमती ललिता गुरुङ्ग, छोरा याम बहादुर गुरुङ्ग, छोरीहरु मनिषा गुरुङ्ग, मेघा गुरुङ्ग र तारा गुरुङ्ग लगायत महासमिति सदस्य, संघीय क्षेत्रीय सभापति दिपक जंङ्ग शाह, तरुण विभाग सदस्य सरस्वती शाह, मधुवन नगरपालिका नगरसभापति टेक बहादुर वली, सह-सभापति द्वय वलिराम चौधरी, मिन बहादुर थापा, बर्दिया काठमाडौ सम्पर्क मन्त्र अध्यक्ष लक्ष्मण पाण्डे, ठाकुरबाबा नगरपालिका नगर सभापति पदम बहादुर खड्का, ठाकुरबाबा नगरपालिका पुर्व नगर सभापति दिपक तिमिल्सिना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यमनाथ घिमिरे लगायत नेता कार्यकर्ताहरु रहेका थिए।

शालिक अनावरण कार्यक्रममा अतिथिहरुले आफ-आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि किशोर सिंङ राठौरले स्वर्गीय दल बहादुर गुरुङ्गलाई तत्कालीन विद्रोही समुह माओवादीले संघातिक आक्रमण गरि हत्या गर्दा आफू संगै रहेको र आज पनि संगै रहेको बताउनुभयो।
राठौरले भन्नुभयो, "तपाईंहरु कहिले पनि एक्लो महसुस नगर्नु होला। स्वर्गीय दल बहादुर गुरुङ्गलाई राज्यले सहिद घोषणा नगरे पनि नेपाली कांग्रेसले सहिद घोषण गरेको अवस्था छ भने तपाईंको साथमा सिङ्गो नेपाली कांग्रेस पार्टि छ । सबै नेता कार्यकर्ता मिलेर अगामी निर्वाचनलाई कांग्रेसमय बनाउने कुरामा जोड दिदै नेतृत्व पंक्तिले राजनीति गर्नेहरुलाई राजनैतिक संरक्षण र सामाजिक संरक्षण गर्नु नेताको जिम्मेवारी हो। जो मैले हिजोका दिनहरुमा गरेको छु । त्यस्तै, भोलिका दिनहरुमा राजनैतिक संरक्षण र सामाजिक संरक्षण गर्ने कुरामा म प्रतिबद्धता व्यक्त गर्द्छु । स्वर्गीय दल बहादुर गुरुङ्ग प्रति हार्दिक श्रद्धा सुमन छ।"

त्यसै गरि नेपाली कांग्रेस महासमिति सदस्य तथा संगठन विभाग सदस्य जन्म जय तिमिल्सिनाले पनि आफ्नो भनाई राख्नुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो, "स्वर्गीय दल बहादुर गुरुङ्गको हत्या किन गरियो भने उहाँ समाजमा भएका विकृति विसंगतिका विरुद्धमा आवाज उठाउने नेपाली कांग्रेस तरुण दलका सच्चा वफादार सिपाही हुनुहुन्थ्यो । एउटा विचारको लडाइले गर्दा आफ्नो आवाजलाई समाजमा सूचीकरण गर्ने विकृति विसंगति अन्त्य गर्नाको लागि लड्न जहिले पनि तत्पर रहने एउटा नेताको रूपमा स्थापित हुनुभएको थियो। हामी उहाँलाई क्रान्तिकारी युवाका रूपमा पहिचान गरेका थियौं । तत्कालीन विद्रोही माओवादीले जुन अराजकता अपनाउनु भएको थियो । २०६२/०६३ को आन्दोलन प्राप्त गरिसकेपछि वाईसीएलको नाममा जुन सर्वसत्तावाद हो, त्यसको परिणाममा सहिद हुन पुग्नुभएको हो। स्वर्गीय दल बहादुर गुरुङ्ग प्रति हार्दिक श्रद्धा श्रद्धाञ्जली अर्पण गर्दछु।"
शालिक अनावरण कार्यक्रम नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क्षेत्र नं.-२ (क) बर्दियाका सभापति रामचन्द्र थापा ज्युको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन डम्बर केसीले गर्नुभएको थियो।




