Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • शिक्षामन्त्री पौडेलले भने, ‘शहीदका विषयमा विवाद नगरौँ, दलका नेता भन्दा शहीदहरूको स्थान उच्च’
शिक्षामन्त्री पौडेलले भने, ‘शहीदका विषयमा विवाद नगरौँ, दलका नेता भन्दा शहीदहरूको स्थान उच्च’
नेपालकागज
नेपालकागज मंगलबार, कात्तिक ९, २०७८

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिनुभएको छ । 

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको अवसर पारेर यहाँस्थित इजरायली राजदूतावासको सहयोगमा इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लब नेपालले आज गोकर्णेश्वर नगरपालिका–४ जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा आयोजना गरेको वृक्षरोपणको शुभारम्भ गर्दै उहाँले देशका निम्ति आफ्नो प्राण वलिदान गरेका शहीदहरूलाई यो वा त्यो राजनीतिक दलसँग आबद्ध थिए भन्नु न्यायसङ्गत नहुने बताउनुभयो । 

सात राजनीतिक दलको सक्रियतामा नेपालमा गणतन्त्र स्थापना भएको तथा राष्ट्रिय शहीद तथा शान्ति उद्यान पनि ती दलको अगुवाइमा नै बनेको भन्ने भ्रामक भनाइको खण्डन गर्दै मन्त्री पौडेलले शहीदका विषयमा विवाद नगरौँ भन्नुभएको हो । 

उद्यानमा भौतिक संरचनालगायत आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय र व्यक्तिगत रुपमा हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पौडेलले राष्ट्रिय शहीद तथा शान्ति उद्यानलाई अझ व्यवस्थित तुल्याउन सम्बद्ध पक्षसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“नेपाल भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई देखाउने उद्यानको रुपमा यसलाई व्यवस्थापन र विकास गरौँ ।”

नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले उद्यान निर्माणमा सबै राजनीतिक दलको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै भावी पुस्ताका निम्ति पुर्खाको धरोहररुपी जगडोल उद्यानको संरक्षण अपरिहार्य भएको बताउनुभयो । 

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले पर्यावरणीय स्वच्छता कायम गर्ने तथा वातावरण संरक्षणको दायित्व विश्वका हरेक नागरिकको कर्तव्य भएको विचार व्यक्त गर्दै शिक्षाको माध्यमबाटै हरेक नागरिकमा आफू बस्ने पृथ्वी र यसको पर्यावरण जोगाउन अभिप्रेरित गर्न सकिने बताउनुभयो । 

क्लबका अध्यक्ष भीमप्रसाद श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जिल्ला वन कार्यालय काठमाडौँका अधिकृत अनिल रेग्मी र उद्यानका अध्यक्ष सुदर्शन सिग्देलले उद्यानको विकास, त्यसको संरक्षण एवम् व्यवस्थापनमा झेल्नु परेका कठिनाईबारे जानकारी दिनुभएको थियो । 

नेपाल–इजरायल दौँत्य सम्बन्ध स्थापनाको ६१ औँ वर्षको सन्दर्भ पारेर आजै सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरियो । नेत्री कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सङ्ग्रहालयका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले ठूलो जोखिम मोलेर बिपी कोइरालाले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।  

“राजा महेन्द्र र छिमेकी देशका प्रधानमन्त्रीलाई चकित तुल्याउने साहसिक निर्णय बिपीले गर्नुभएको हो,” प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भर्खरै अस्तित्वमा आएको इजरायललाई मान्यता दिएर कूटनीतिक सम्बन्ध कायम गर्नु तत्कालीन समयमा अनपेक्षित रहेको स्मरण गर्दै उहाँले बताउनुभयो । 

राजदूत गोडेरले इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेन्गुरिएन र नेपालका प्रथम प्रधानमन्त्री बिपी कोइरालालाई दूरदृष्टि भएका राजनेताका रुपमा चित्रित गर्दै नेपाल र नेपालीप्रति इजरायल सधैँ कृतज्ञ रहेको बताउनुभयो । 
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्